Washington DC, US : July 30, 2025, Wednesday 02:05 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|रूसमा ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प, अमेरिकाको पश्चिमी तटदेखि जापान, हवाई, फिलिपिन्स, मेक्सिकोसम्मका सुनामीको असर|Breaking News : बेलायतमा नेपाली विद्यार्थीहरूको आत्महत्या र असामयिक मृत्युदर बढ्दै, साबधान अभिभाबकहरु !|तेस्रो बच्चा जन्माउनेलाई विशेष अनुदान, थप बच्चा जन्माउन प्रेरित गर्ने|प्रधानमन्त्री ओली रवि लामिछानेप्रति कडा : ‘ठगी गरेपछि त अदालतले थुन्छ, सरकारले के गर्ने ?’|अमेरिकामा बन्दुक हिंसा नियन्त्रण बाहिर, सातो जाने तथ्याङ्क|पुस्ता – टेलिसिरियलको Trailer सार्बजनिक|युक्रेनको जेलमा रुसी हवाई आक्रमण, १७ बन्दीको मृत्यु, ४२ घाइते|Breaking News : न्युयोर्कको गगनचुम्बी भवनमा आक्रमण, चार जनाको ज्यान गयो, बंगलादेशी मूलका प्रहरी अधिकारी समेत मारिए|अमेरिकाको नेभाडा क्यासिनोमा गोलीकाण्ड, थुप्रै घाइते, एक पक्राउ|सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा सकुशल फेला !

राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं उत्रिँदा चर्को नाराबाजी गर्दै स्वागत

  NepalMother.com | २६ फाल्गुन २०८१, सोमबार ००:१७

पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं उत्रिँदा त्रिभुवन विमानस्थलबाहिर हजारौँ समर्थकले चर्को नाराबाजी गर्दै उहाँको भव्य स्वागत गरेका थिए । शाह पोखराबाट काठमाडौंका लागि समीट एयरको ‘९एन-एकेजेड कलसाइन चार्टर्ड’ विमानमार्फत आइतबार अपराहृन त्रिभुवन विमानस्थल उत्रिनुभएको थियो । पोखरामा राजावादीले उहाँलाई पञ्चेबाजासहित बिदाइ गरेका थिए । विमानस्थल अगाडि समर्थक जम्मा भई राजसंस्थाको पक्षमा र सरकारविरुद्ध प्रदर्शन गरेका थिए । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नोे समर्थकको अभिनन्दनको स्वीकार गर्नुभएको थियो । राजसंस्था समर्थकहरूले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘राजा आऊ देश बचाऊ’जस्ता नारा लगाएका थिए ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थल उत्रिएपछि पूर्वराजालाई विमानस्थलको अति विशिष्ट कक्षमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूले भेट गरेका थिए । पूर्वराजा शाहको स्वागतका लागि विमानस्थलबाहिर हजारौँको संख्यामा उहाँका समर्थकहरू भेला भएका थिए । उहाँको पक्षमा जनलहर नै देखिएको थियो । उनीहरूले पूर्वराजा शाहलाई र्‍याली, झाँकी र बाजागाजासहित निर्मल निवाससम्म पु¥याएका थिए । आइतबार बिहानैदेखि राजसंस्थाका समर्थकहरू विमानस्थल वरपर जम्मा भएका थिए । उहाँको स्वागत गर्नका विमानस्थलवरिपरि पुग्न राप्रपा र अन्य राजा समर्थकहरूले पनि सर्वसाधारणहरूलाई आहृवान गरेका थिए । विमानस्थलबाहिर राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले समर्थकलाई सम्बोधन गर्दै राजतन्त्रको पक्षमा अभूतपूर्व जनसमर्थन सडकमा देखिएको बताउनुभएको थियो ।

पूर्वराजाको स्वागतका लागि काठमाडौं उपत्यका आसपासका जिल्लाबाट समेत शुभचिन्तकहरू आएका थिए । उनीहरू राष्ट्रय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर एवं पम्प्लेटसहित उपस्थित भएका थिए । राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पिडिएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाजलगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिएका थिए । यस्तै, विभिन्न स्वतन्त्र व्यक्तित्वहरू, नागरिक समाजका अगुवाहरू र कलाक्षेत्रका व्यक्तित्वहरू पनि शाहको स्वागतमा पुगेका थिए ।

काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन तर्फबाट आउनेहरूको ¥याली तीनकुनेमा जम्मा भएर विमानस्थलतर्फ अगाडि बढेको थियो । यसैगरी, गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोटबाट आउनेहरू महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला भएर विमानस्थलतर्फ अगाडि बढेको थियो । विमानस्थलको मुख्य गेट (गोल्डेन गेट) अगाडि ज्ञानेन्द्र शाहका समर्थकहरूको भिड जम्मा भएको थियो । उनीहरूलाई रोक्न सडकको दुवैतर्फ सुरक्षाकर्मीहरू तैनाथ गरिएका थिए । नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका सुरक्षाकर्मीहरू खटाइएको थियो । पूर्वराजा शाहको स्वागतमा विभिन्न दल र समूहहरू सडकमा उत्रिएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको थियो । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरूलाई हाई अलर्टमा राखिएको थियो ।

औपचारिक अन्त्यपछि आइतबार पहिलोपटक राजतन्त्रको पक्षमा सबैभन्दा धेरै मानिस सडकमै उत्रेर पुनःस्थापनाको पक्षमा आवाज बलियो बनाएका छन् । राजतन्त्र पुनःस्थापनाको पक्षमा आवाज बलियो बन्दै जानुका पछाडि गणतन्त्र स्थापनापछि दल र उनीहरूले नेतृत्वको सरकार बढी जिम्मेवार रहेको बताइन्छ । राजावादीको आन्दोलनलाई लिएर प्रमुख दलहरूले चिन्ता व्यक्त गरेका छन् ।

राजावादीको र्‍यालीमा आदित्यनाथको तस्वीर
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल तथा संगठनको ¥यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्वीर प्रयोग भएको पाइएको छ । प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्वीर प्रयोग भएको देखिएको हो । योगी आदित्यनाथ सहितको ब्यानरमा ‘राजसंस्था पुनःस्थापना गरौँ’ नारा प्रयोग गरिएको छ । राजावादीको र्‍यालीमा योगी आदित्यनाथको तस्बिर प्रयोग भएकोबारे आलोचना पनि भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले यस विषयमा अनभिज्ञता देखाउनुभयो । उहाँले भन्नुभयोे, ‘कसले प्रयोग गरे केही थाहा छैन ।’ गत माघ १७ गते पूर्वराजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुग्नुभएको थियो । त्यहाँ उहाँले उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट्नुभएको थियो उहाँ गोरखपुरबाट फर्केसँगै वर्तमान व्यवस्थाविरुद्ध कटाक्षसहित प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देशमार्फत अब चुप लागेर नबस्ने बताउनुभएको थियो । त्यसलगत्तै उत्साहित भएका राजावादीहरूले पूर्वराजाको पक्षमा प्रदर्शनहरू गर्दै आएका छन् ।

ट्राफिक व्यवस्थापन अस्तव्यस्त
राजावादीहरूको प्रदर्शनका कारण आइतबार दिनभर काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित बन्यो । तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको थियो । राजावादीहरू तीनकुनेमा भेला भएर सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सडक खाली गराइएको थियो । नियमित रुटबाट गन्तव्यमा पुग्न नपाएपछि यात्रुहरू मर्कामा परेका थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडक प्रयोग गरेर गन्तव्यमा पठाएको थियो । यसअघि राप्रपाले बिजुलीबजारबाट नारायणहिटी दरबारसम्म मोटरसाइकल ¥याली निकाल्दा पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । राजावादीको प्रदर्शनका कारण त्रिभुवन विमानस्थल भएर आवातजावत गर्ने यात्रुलाई पनि सास्ती भयो । त्रिभुवन विमानस्थल भएर जाने र फर्कने यात्रु तीनकुने र चावहिलबाट सवारी डाइभर्ट भएकाले समयमा उडान भेट्न गा¥हो भएको बताएका छन् । यात्रुलाई बिदाई गर्न गएका र लिन गएका आफन्तलाई समेत प्रहरीले सडक छेउको गेटैमा रोकेको थियो । राजावादीको भिड बढेपछि ट्राफिक प्रहरीले तीनकुनेदेखि गौशाला क्षेत्रमा यातायात डाइभर्सन गरेको थियो भने अन्य स्थानमा ट्राफिक जाम भएको थियो । विमानस्थलमा पर्यटक र यात्रुहरूलाई सकस भएको थियो । उनीहरू आफैँ सामान बोकेर गेटबाट विमानस्थलसम्म पुग्नुपरेको थियो भने विमानबाट ओर्लिएका यात्रुहरू पनि आफैँ सामान बोकेर गेटसम्म आउनुपरेको थियो । अझ सो क्षेत्रको यातायात प्रभावित हुँदा उनीहरूलाई गन्तव्यसम्म जान थप सकस परेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा दिएको एउटा भिडियो सन्देशपछि राजतन्त्र पक्षधरहरू उत्साहित छन् । त्यसयता राजतन्त्रवादी दल र समूहहरूका गतिविधि तीव्र बनेका छन् । ‘राजा आऊ देश बचाऊ’ का नाराहरू पहिलेभन्दा बढी घन्किन थालेका छन् । काठमाडौंसहित पोखरा, वीरगञ्जजस्ता ठूला सहरमा प्रदर्शन र मोटरसाइकल र्‍याली निकालिरहेका छन् । त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राजा फर्काउने घोषणा गर्दै हिँडेका मेडिकल व्यवसायीसमेत रहनुभएका दुर्गा प्रसाईंका समर्थकहरू सहभागी छन् । पुनःस्थापना गर्ने भन्दै राजावादीहरू सलबलाएपछि गणतन्त्र पक्षधर राजनीतिक दल र नेताहरू प्रतिवादमा उत्रिएका छन् ।
प्रमुख दलका शीर्ष नेताहरूले पूर्वराजा शाहलाई पुनः गद्दीमा फर्कने सपना नदेख्न चेतावनी दिँदै सामन्ती राजतन्त्रको पक्षमा जनता कुनै हालतमा नलाग्ने दाबी गरिरहेका छन् । राजावादीहरूको चलखेल बढेको निष्कर्ष निकाल्दै माओवादी केन्द्रले पूर्वनिर्धारित मधेस केन्द्रित अभियान नै केही समयलाई स्थगन गरेको छ । पूर्वराजाको सन्देशपछि राजावादीले सक्रियता देखाइरहेका बेला गणतन्त्रवादी दलका नेताहरू आक्रामक देखिएका छन् ।

एकाएक राजतन्त्रको पक्षमा माहोल बनेको देखाउन राजावादी राप्रपा र राप्रपा नेपाल कम्मर कसेर लागेका छन् । तर, पूर्वराजा र राजावादीहरूको सक्रियताप्रति सत्ता र प्रतिपक्ष दलका नेताले भने आपत्ति जनाएका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेरै आपत्ति जनाइरहनु भएको छ । गणतन्त्र, संघीयता, समावेशिताजस्ता परिवर्तनका मुद्दामा आँखा लगाए पूर्वराजाको सुविधा खोस्नेसम्मको चेतावनी दलका शीर्ष नेताहरूले दिइरहेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकप्रिय ठानेको भए दल खोलेर चुनाव लड्न चुनौती दिँदै भन्नुभयो, ‘लोकप्रिय हुनुहुन्छ भने ठीक छ, चुनाव लड्न आउनुस्, तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदै छ नि, पार्टी खोल्नोस् । खोल्नुभएकै छ । त्यसलाई आफ्नो ठान्नोस् । अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो पनि गर्ने, अलि अप्ठ्यारो पर्‍यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने ?’ पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले राजाकै कारण गणतन्त्र आएकाले अहिले उनको कुनै स्थान नभएको प्रष्ट पार्दै भन्नुभयो, ‘राजा स्वयं नै कारक भएर गणतन्त्र आयो । राजाले सत्ता सम्हालेपछि नेताहरूलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे । ज्यादती गरेपछि गणतन्त्र आयो । गणतन्त्र स्थापना हुनुमा राजा स्वयं कारण हुन् ।’ माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजाले मूर्खता देखाए अहिले पाएको सेवासुविधा पनि खोस्ने चेतावनी दिँदै भन्नुभएको छ, ‘मैले पहिले पनि भेनेको थिएँ, ज्ञानेन्द्रले विगतमा पनि मूर्खता गरेका हुन् । फेरि पनि अर्को मूर्खता गरेर पाएको पनि सबै सखाप नपारून भन्ने चाहन्छु । कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएर हामी उदार बनेका थियौँ । जबरजस्ती गर्न खोजिए नेपाली जनतालाई मान्य हुँदैन ।’

पूर्वराजा हौसिन आवश्यक छैन : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा पूर्वराजा ज्ञानेन्द्र शाह हौसिन आवश्यक नरहेको टिप्पणी गर्नुभएको छ । पछिल्लो समय गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर केही मानिसहरूले भ्रम फैलाइरहेको र त्यस्तो भ्रममा राजा हौसिन आवश्यक नरहेको जिकिर गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, ‘केही मानिसहरूले यो गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर जुन भ्रम फैलाइराखेका छन्, त्यो भ्रमले राजा हौसिन आवश्यक छैन । आन्दोलन र क्रान्तिबाट फालिएका राजसंस्थाका राजाहरू उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै छ । नेपाली जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन आग्रह छ । यसलाई कमजोरीका रूपमा लिए परिणाम राम्रो हुँदैन ।’

राजावादीहरूका गतिविधिप्रति सांसदहरूको आपत्ति
सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिप्रति आपत्ति जनाएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनीहरूले लोकतन्त्रविरोधी गतिविधि रोक्न आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सांसद उदयबहादुर बोहराले लोकतन्त्रमाथिको प्रहार सैहृय नहुने चेतावनी दिँदै भन्नुभयो, ‘केही समययता काठमाडौंलगायत मुलुकका केही सहरहरूमा नाराजुलुस भइरहेका छन् । उक्त जुलुसमा सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको छ । हाम्रो लोकतन्त्र यति संयमित, यति उदार, यति परिष्कृत छ कि जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिराखेका छन् । यसलाई लोकतन्त्रको कमजोरीका रूपमा कसैले पनि नलियोस् ।’ नेकपा एसकै सांसद जयन्तीदेवी राईले राजावादीहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गर्नुभयो । माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरेको आरोप लगाउँदै भन्नुभयो, ‘संविधानविरोधी गतिविधि हुँदा पनि सरकारले अराजकता नियन्त्रण किन गर्न सकिरहेको छैन ? अहिले प्रतिगामी शक्तिहरू अहिले राजा फर्काउने भन्दै छन् । जसले राजाको वंश विनाश गरेका हुन्, तिनैले राजा फर्काउने एउटा नाटक मञ्चन गरिरहेका छन् । जसले वंश विनाश गरे उनैले राजा फर्काउने नाटक मञ्चन गरिरेहका छन् ।’ माओवादी केन्द्रकै सांसद सुरेश आले मगरले विगतमा सेरेमोनियल र बेबी किङको पक्षमा रहेकाहरू सत्ताको नेतृत्वमा रहेका बेला राजावादीको भूत सल्बलाउन थालेको टिप्पणी गर्नुभयो । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मोहम्मद खालिदले सरकारलाई संविधानविरोधी गतिविधि हेरेर नबस्न आग्रह गर्दै भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँदैन भने के चाहिन्छ त ? प्रतिगमन चाहियो ? सरकारले आफ्नो दायित्व पूरा गरोस् ।’

गणतन्त्र पक्षधरहरूको गठबन्धन बनाउन राष्ट्रिय जनमोर्चाको प्रस्ताव
राष्ट्रिय जनमोर्चाले देशमा प्रतिगमनको खतरा बढेको बेलामा गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकता औँल्याएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरेर गठबन्धनका लागि जोड दिँदै भन्नुभएको छ, ‘राजावादीका साथै केपी शर्मा ओलीले अपनाएका प्रतिगामी नीतिका कारणले देश प्रतिगमन र अधिनायकवादतिर जाने खतरा बढेको बेलामा पनि पाँच दलीय गठबन्धन बनेको थियो । त्यो गठबन्धनका कारणले ओलीको प्रतिगमनलाई पराजित गर्न सम्भव भएको थियो । तर, प्रचण्डको अवसरवादी वा पदलोलुप क्रियाकलापका कारणले प्रतिगमनविरुद्ध बनेको गठबन्धन टुट्न गएको छ र त्यसबाट पनि राजावादीलाई बल पुगेको छ । त्यसैले हामीले सम्पूर्ण लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिहरू बीच ऐक्यबद्धता कायम हुनुपर्ने आवश्यकतामा जोड दिन्छौँ । त्यसरी लोकतन्त्रवादी र गणतान्त्रिक शक्तिहरू बीचको ऐक्यबद्धता र कार्यगत एकताबाट नै देशलाई पश्चगमन वा निरंकुश राजतन्त्रतर्फ धकेल्ने प्रतिगामीहरूको प्रयत्नलाई असफल पार्न वा पराजित गर्न सम्भव हुनेछ ।’

रास्वपाको धारणा के ?
पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय राजनीतिक सक्रियता बढाइरहेको बेला परम्परागत राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलहरूले कडा प्रतिक्रिया दिइरहेका छन् । देशमा गणतन्त्रवादीविरुद्ध राजतन्त्रवादीहरू सक्रिय भइरहेका बेला पछिल्लो चुनावबाट उदाएको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने मौन देखिएको छ । दलहरूले कित्ता ‘क्लियर’ गरिरहेका बेला लोकप्रियताकै नाराका आधारमा उदाएको कान्छो दल रास्वपा तत्काल कतै पनि खुलेको छैन । आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो गतिविधिप्रति मौन देखिएपछि अनेक आशंका उब्जिएका छन् । सभापति रवि लामिछाने सहकारी ठगी गरेको आरोपमा कास्की, काठमाडौं, चितवन र रूपन्देही अदालतमा मुद्दा खेपिरहनु भएको छ । उहाँले पछिल्लो राजनीतिक घटनाक्रमबारे कुनै प्रतिक्रिया दिनुभएको छैन । रास्वपाले पनि आधिकारिक रूपमा राजावादीको सक्रियताबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले आफ्नो पार्टी वर्तमान व्यवस्थाविरोधी नभएको स्पष्ट पार्दै भन्नुभयो, ‘यसको एउटा पोलिटिकल प्रोसेस हुन्छ । पोलिटिकल म्याण्डेट हुन्छ । २०८४ को निर्वाचनसम्मका लागि जुन दलले जसरी पाएको छ । त्यही मतअनुसार नै अगाडि बढ्ने हो । अहिलेका दलहरू फेलर नै भइसके, सक्दै सक्दैन, राजा आउनैपर्छ भन्ने हो भने ती समर्थित दलहरूले जनमत पाउलान् । उहाँ (ज्ञानेन्द्र)ले मौका नपाएको हो र ? ‘कू’ गरेर पुरै सिष्टम कन्ट्रोलमा लिनुभयो । खै त त्यतिबेला केही पनि डेलिभर गर्नुभएन ।’

पूर्वराजा शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लागेको बताउनुभएको छ । आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानअनुसार चुनाव लड्ने अधिकार सबै नेपाली नागरिकलाई भएका कारण पूर्वराजालाई नागरिक भएर जनतामाझ चुनाव लड्न चुनौती दिनुभयो । ओलीले संविधानविपरीत गतिविधि गर्ने छुट कसैलाई नरहेको पनि स्पष्ट पार्नुभयो । ‘फागुन ७ गते पूर्वराजा शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो,’ उहाँले भन्नुभयो, ‘पूर्वराजाले संविधानको कुरा गर्नुहुन्न, कानुनको पनि गर्नुहुन्न, लोकतन्त्र, प्रणाली र प्रक्रियाको पनि कुरा गर्नुहुन्न । मलाई साथ दिनुहोस् म आउँछु देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ ?’ पूर्वराजा शाहले देश सक्किनै लाग्यो अब मलाई सहयोग गर्नुस् भनेको अर्थ के हो ? भन्दै ओलीले प्रश्न गर्नुभयो । संविधानअनुसार ज्ञानेन्द्र शाह पूर्वराजा भएका कारण त्यही हैसियतमा बस्न उहाँले चुनौती दिनुभयो । पूर्वराजालाई केही व्यक्तिले नारायणहिटी छिराउन लागेको भन्दै प्रधानमन्त्री ओलीले कुनै व्यक्तिलाई कुर्सीमा राख्दैमा शासक नहुने बताउनुभयो । ‘अनि राष्ट्रपति रामचन्द्र पौडेललाई के गर्नुहुन्छ उहाँहरूले,’ उहाँले भन्नुभयो, ‘उहाँ त चुनेको राष्ट्रपति हो । प्रतिनिधि सभाले छानेको म प्रधानमन्त्री छु । यो केही थाहा पाउनुहुन्न कि उहाँहरू ।’ पूर्वराजा र उनीबाट परिचालित समूहले गर्दै आएको अराजक क्रियाकलापले देश अफ्ठेरोमा परेको प्रधानमन्त्री ओलीको तर्क थियो । ‘लोकतान्त्रिक विधिअनुसार सरकार चलाउनुपर्छ भनेर सिकाउनुको सट्टा उहाँले साथ माग्नु ठीक होइन,’ उहाँले भन्नुभयो, ‘म उहाँलाई सुझाव दिन चाहन्छु, राजनीतिमा आउने भए स्वागत छ । तर, के कुरामा साथ माग्नुभएको बुझिएन ।’ – हिटा

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !



May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।