Washington DC, US : January 30, 2026, Friday 11:42 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

यूके, फ्रान्स र अन्य देशहरू पनि “इच्छुकहरूको गठबन्धन”मा सहभागी हुने र युक्रेनको समर्थनमा अमेरिकालाई समेत सहभागी गराउन प्रयास

  NepalMother.com | १८ फाल्गुन २०८१, आईतवार २२:५१

यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले युक्रेन युद्ध अन्त्य गर्न र उक्त युद्धग्रस्त देशलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना घोषणा गरेका छन्।

उनले यूके, फ्रान्स र अन्य देशहरू पनि “इच्छुकहरूको गठबन्धन”मा सहभागी हुने र युक्रेनको समर्थनमा अमेरिकालाई समेत सहभागी गराउन प्रयास गरिने बताएका छन्।

“हामी आज इतिहासको दोबाटोमा छौँ,” युरोपका १८ देशका नेताहरू सहभागी सम्मेलनपछि स्टार्मरले भने। उक्त सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी भएका थिए।

सम्मेलनपछि युक्रेनले “बलियो साथ” पाएको महसुस गरेको र “लामो समयदेखि नदेखिएको उच्च स्तरको युरोपेली एकता” देखिएको जेलेन्स्कीले बताए।
ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच चर्काचर्की भएको दुई दिनपछि लन्डनमा यो सम्मेलन आयोजना भएको थियो।

“साँच्चिकैको शान्ति र सुरक्षाको सुनिश्चितताका लागि युरोपमा हामी सबै मिलेर अमेरिकासँग पनि सहकार्यको आधार तयार गर्न काम गरिरहेका छौँ,” सम्मेलनपछि जेलेन्स्कीले भने।
चारबुँदे सहमतिमा के छ
सम्मेलनपछि पत्रकार सम्मेलनमा यूकेका प्रधानमन्त्री स्टार्मरले चारबुँदे सहमति भएको बताएका छन्।

युक्रेनमा सैन्य सहायताको आपूर्ति जारी राख्ने र रुसमाथि आर्थिक दबाव कायमै राख्ने
दिगो शान्ति कायम गर्दा युक्रेनको सार्वभौमसत्ता तथा सुरक्षा सुनिश्चित गर्ने र युक्रेनलाई सबै शान्ति वार्तामा उपस्थित गराउने
शान्ति सम्झौता भएको अवस्थामा भविष्यमा युक्रेनमाथि हुनसक्ने कुनै पनि आक्रमणलाई रोक्न उसको रक्षा क्षमता बढाउने
युक्रेनबारे सम्झौताको पक्ष लिन र त्यसपछि शान्तिको सुनिश्चितता गर्न “इच्छुकहरूको गठबन्धन” विकास गर्ने
स्टार्मरले थप १.६ अर्ब पाउन्ड सहयोगको घोषणा पनि गरेका छन्। यूकेको निर्यातबाट आर्जित रकमबाट दिइने उक्त सहयोग युक्रेनले हवाई प्रतिरक्षा क्षेप्यास्त्र खरिदमा खर्च गर्ने छ।

यो सहयोग यसअघि घोषणा गरिएको २.२६ अर्ब पाउन्ड स्टर्लिङको ऋण सहमतिभन्दा फरक हो। यसअघि स्टार्मरले रोक्का गरिएका रुसी सम्पत्तिको नाफाबाट युक्रेनी सैन्य सामग्रीका उक्त ऋण दिने घोषणा गरेका थिए।

“हामीले विगतका गल्तीहरूबाट सिक्नुपर्छ। हामी सहजै भङ्ग हुनसक्ने कमजोर सम्झौता स्वीकार गर्दैनौँ। कुनै पनि सम्झौता बलियो समर्थन आवश्यक छ,” उनले भने।

गठबन्धनमा कुन-कुन देश सहभागी हुँदै छन्
यूकेका प्रधानमन्त्रीले युक्रेनलाई सहयोग गर्न इच्छुक देशहरूको गठबन्धनमा सहभागी हुन सहमति जनाएका देशहरूबारे खुलाएका छैनन्।

उनले यसमा प्रतिबद्धता जनाएका देशहरूले वास्तविक तत्कालीन आवश्यकताका आधारमा योजनालाई तीव्र बनाउने बताए।

उनले यूकेले “जमिनमा बुटहरू र आकाशमा विमानहरू” सहित आफ्नो प्रतिबद्धता दर्शाउने बताएका छन्।

“युरोपले बोझ उठाउनुपर्छ,” उनले भने। उनका अनुसार यो सहमतिमा अमेरिकी समर्थन आवश्यक पर्छ र रुसलाई पनि यसमा सहभागी गराइने छ। तर मस्कोले यसका सर्तहरू हेरफेर गर्न पाउँदैन।

“मलाई प्रस्ट पार्न दिनुहोस्। स्थायी शान्तिको तत्कालीन आवश्यकतामा हामी ट्रम्पसँग सहमत छौँ। अब हामी सँगसँगै मिलेर त्यो स्थापित गर्नुपर्छ,” स्टार्मरले भने।

ट्रम्पको नेतृत्वमा अमेरिका विश्वासयोग्य सहयोगी देश भए नभएकोबारे सोधिएको प्रश्नमा उनले भने, “गत शुक्रवार जे भयो त्यो कसैले देख्न चाहेको थिएन। अमेरिका अविश्वसनीय सहयोगी भएको मलाई लाग्दैन।”

सम्मेलनमा फ्रान्स, पोल्यान्ड, स्वीडन, टर्की, नर्वे, चेक रिपब्लिक, डेनमार्क, जर्मनी, द नेदरल्यान्ड्स, रुमेनिआ, फिनल्यान्ड, इटली, स्पेन र क्यानडा सहभागी थिए।

युरोपेली आयोगकी प्रमुख उर्जुला फोन डेर लायनले “युरोपलाई पुन: अस्त्रयुक्त” बनाउनु अत्यावश्यक भएको बताइन्।

नेटो महासचिव मार्क रुटको पनि यस्तै भावनाको टिप्पणी छ। उनले युरोपेली देशहरू “लडाइँ जारी रहँदासम्म लड्न चाहिने कुराहरूको लागि” युरोपेली देशहरू “अघि सरेको” बैठकमा देखिएको बताए।
जेलेन्स्की खनिज सम्झौताको पक्षमै
सम्मेलनपछि जेलेन्स्कीले ब्रिटेनका राजा चार्ल्स तृतीयसँग भेट गरेका थिए।

त्यसपछि भएको अन्तिम पत्रकार सम्मेलनमा जेलेन्स्कीले अमेरिकासँग खनिजसम्बन्धी सम्झौता गर्न आफू तयार रहेको बताए।

अमेरिकालाई युक्रेनमा रहेका खनिज भण्डारणमा पहुँच दिने सम्झौता जेलेन्स्कीको अमेरिका भ्रमणका क्रममा हुने अपेक्षा गरिएको थियो। तर ओभल अफिसमा ट्रम्पसँग चर्काचर्की परेपछि युक्रेनी प्रतिनिधिमण्डल हस्ताक्षरका लागि निर्धारित कार्यक्रम अघि नै त्यहाँबाट फर्किएको थियो।

आइतवार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले रुससँग “शान्ति सम्झौता नभएसम्म” अमेरिका र युक्रेनबीच खनिजसम्बन्धी सम्झौता नहुने चेतावनी दिएका छन्।

सम्मेलनपछि सम्झौता के हुन्छ भन्ने बीबीसीको प्रश्नमा जेलेन्स्कीले उक्त सम्झौता हस्ताक्षरका लागि तयार रहेको प्रतिक्रिया दिए।

“टेबुलमा रहेको सम्झौता यसका पक्षहरू तयार रहेको अवस्थामा जुनसुकै बेला हस्ताक्षर हुनसक्छ,” उनले भने।

आइतवारको सम्मेलनसँगै कूटनीतिक क्षेत्रमा निकै व्यस्त साता समापन भएको छ। उक्त साता फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ, यूकेका प्रधानमन्त्री सर किअर स्टार्मर र युक्रेनी राष्ट्रपति जेलेन्स्की वाशिङ्गटन भ्रमणमा पुगेका थिए।

युक्रेनी राष्ट्रपति जेलेन्स्की र उनका अमेरिकी समकक्षी डोनल्ड ट्रम्प तथा उपराष्ट्रपति जेडी भान्सबीच ह्वाइट हाउसमा भनाभन भएको थियो। ट्रम्पले जेलेन्स्कीलाई “तृतीय विश्वयुद्ध निम्त्याउन चाहेको” आरोप लगाएपछि जेलेन्स्की चिढिएका थिए।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आफ्नो विश्वास देखाउँदै युक्रेनमा जारी युद्ध अन्त्य गर्न चाहेको बताएका छन्। तर उनको कुराले कैयौँ पश्चिमा सहयोगी देशहरूमा आशङ्का पैदा भएको छ।

अमेरिकाले युक्रेनलाई सहभागी नगराई रुससँग शान्ति वार्ता आरम्भ गरेको छ।

अमेरिकी नेताले एक बिन्दुमा युक्रेनमाथि युद्ध सुरु गरेको आरोप लगाएका थिए। यद्यपि सन् २०२२ को फेब्रुअरी २४ मा रुसले पूर्ण स्तरको आक्रमण गरेपछि युक्रेन युद्ध सुरु भएको थियो।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।