Washington DC, US : April 1, 2025, Tuesday 03:26 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

चलचित्र कलाकार सङ्घले खनाललाई मानार्थ सदस्यता दिंदै गर्‍यो सम्मान

  NepalMother.com | १८ फाल्गुन २०८१, आईतवार ०१:२४

नेपाल चलचित्र कलाकार सङ्घले वरिष्ठ लोक तथा दोहोरी गायक, चलचित्रकर्मी एवम् पत्रकार रामप्रसाद खनाललाई मानार्थ सदस्यता सहित सम्मान गरेको छ ।
नेपाल चलचित्र कलाकार सङ्घको कार्यालयमा आयोजित एक विशेष कार्यक्रम मा सङ्घ अध्यक्ष एवम् वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाले खनाललाई उक्त मानार्थ सदस्यता सहित सम्मान गर्नुभएको हो । कार्यक्रममा नेपाल चलचित्र कलाकार सङ्घका पदाधिकारीहरू, कार्य समितिकाका सदस्य एवम् कलाकारहरू उपस्थित हुनुहुन्थ्यो ।
रवीन्द्र खड्का अध्यक्ष रहनुभएको बेला अर्थात् अघिल्लो कार्य समितिका पालामा नै खनाललाई मानार्थ सदस्यता सहित सम्मान गर्ने निर्णय भएकोमा खनाल देश बाहिर रहनुभएकोले प्रदान गर्न ढिलाइ भएको थियो । सोही निर्णय अनुसार अहिले खनाललाई मानार्थ सदस्यता सहित सम्मान गरिएको अध्यक्ष मोहन निरौलाले बताउनुभयो ।
निरौलाले खनाल गीत सङ्गीत, चलचित्र, साहित्य, लेखन देखी पत्रकारिता हुँदै संस्कृतिका क्षेत्रमा स्वदेश होस वा विदेश जहाँ हुँदा पनि ठुलो योगदान दिनुभएको र वहाँलाई मानार्थ सदस्यता सहित सम्मान गर्न पाउँदा आफू र चलचित्र कलाकार सङ्घ गौरवान्वित भएको बताउनुभयो ।

मानार्थ सदस्यता सहित सम्मान ग्रहण पछि बोल्दै खनालले नेपाल चलचित्र कलाकार सङ्घको पूर्व कार्यकारी समिति, अध्यक्ष रवीन्द्र खड्का सहित हालको कार्य समितिलाई पनि धन्यवाद र आभार प्रकट गर्दै आफू सक्दो योगदान जारी राख्ने बताउनुभयो ।

नेपाल चलचित्र कलाकार सङ्घका पूर्व अध्यक्ष एवम् चलचित्र नायक रवीन्द्र खड्काले विशेष कामले आफू कार्यक्रममा उपस्थित हुन नसके पनि खनाललाई बधाई तथा शुभकामना पठाउनुभएको थियो । खनाल अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष पनि हुनहुन्छ । हाल वहाँ अमेरिकामा बसोबास गर्दै आउनुभएको छ । -न्युज एजेन्सी नेपाल

 

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।