Washington DC, US : February 22, 2025, Saturday 01:05 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

अमेरिकाको नेपाली समुदायको सांगीतिक यात्रामा अर्को एउटा कोशेली “अजम्बरी माया” सार्वजनिक

  NepalMother.com | ६ माघ २०८१, आईतवार ०८:११


भर्जिनिया / अमेरिकाको नेपाली समुदायको सांगीतिक यात्रामा अर्को एउटा कोशेली थपिएको छ। सुनिलमणि दाहालद्वारा लिखित उनको नयाँ गीत “अजम्बरी माया” शनिवार भर्जिनियामा गीत भण्डार अमेरिकाले एक विशेष समारोहबीच औपचारिक रूपमा सार्वजनिक गरेको छ। गीतमा गायक बिराज गौतमको सुमधुर आवाज र संगीत रहेको छ।

 

कार्यक्रममा करिब २०० जनाको उपस्थिति थियो। नेपाली समुदायका कलाकार, संगीतप्रेमी र स्थानीय व्यक्तित्वहरूले कार्यक्रममा सहभागिता जनाउँदै गीतको प्रशंसा गरे। “अजम्बरी माया” ले गहिरो प्रेम र भावनालाई जीवन्त पार्ने प्रयास गरेको छ। यस गीतका लय, शब्द र संगीतले प्रेमिल मनहरूलाई छुने विश्वास गरिएको छ।

गीत सार्वजनिक कार्यक्रममा संगीतप्रेमीहरूले गीतको रचनाको स्तरीयता र प्रस्तुतिलाई प्रशंसा गरे। कार्यक्रममा बोल्दै गीतका रचनाकार तथा संगीतकार सुनिल मणि दाहालले भने, “अजम्बरी माया केवल एउटा गीत मात्र होइन, यो प्रेम र जीवनको गहिरो भावनाको अभिव्यक्ति हो।”

गायक तथा संगीतकार बिराज गौतमले यो गीत गाउन पाउँदा गर्व महसुस भएको बताए। उनले थपे, “ प्रिय सुनिललमणि दाहालको उत्कृष्ट रचनामा गीत गाउन पाउदा मलाई यो गीतमा नयाँ ऊर्जाको अनुभव गराएको छ।”

गीत सार्वजनिकसँगै उपस्थित व्यक्तिहरूले गीत सुनेर प्रशंसा व्यक्त गरे। गीत अब विभिन्न डिजिटल प्लेटफर्ममा उपलब्ध हुनेछ। “अजम्बरी माया” ले नेपाली संगीतप्रेमीहरूका बीचमा नयाँ उचाइ कायम गर्ने सर्जक दाहालको अपेक्षा छ।

कार्यक्रमको समापनमा आयोजकले सबै सहभागीलाई धन्यवाद दिएका थिए। “अजम्बरी माया” को सफलता र यसले पाएको उत्साहले नेपाली संगीतमा नयाँ प्रेरणा दिने विश्वास गरिएको छ।

“अजम्बरी माया” लाई गीत भण्डारको युट्युव च्यानलमा हेर्न सकिने छ ।

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।