कहिले तिमी दुख्यौ
कहिले म दुखें,
कहिले तिमी झुक्यौ
कहिले म झुकें
यसरी नै बित्यो गत साल पनि
जसरी बित्यो अनगिन्ती सालहरु
जीवन त यसरी नै चल्ने रहेछ
कहिले आगो भएर
कहिले पानी भएर
कहिले भरिएर
कहिले रित्तिएर
कहिले होशमा
कहिले बेहोशीमा
कहिले हतासिएर,
कहिले बतासिएर
कहिले मायाका कुराहरु,
कहिले घातका छुराहरु,
अनेकौं कसम, स्विकृती र सम्झौताहरु
समयसंग पौँठाजोरी खेल्दै
सपनाको पछि कुद्धा कुद्धै
कहिले हॉसो, कहिले ऑशुका भेलहरु
नियतीले खेलेका अनौठा खेलहरु
उफ ! झरना जस्तै बगिरहेछ जीवन
चट्टानहरुमा ठोकिंदै
कुना कन्दरा छिचोल्दै
चाहे यात्रा कठोर नै किन नहोस्…….
~ नदिया
प्रतिक्रिया