अमेरिकाको भर्जिनियामा फेरी दुई जना नेपालीको ज्यान गएको छ । कार चलाऊने क्रममा दुई नेपाली हिउँमा लर्किँदा उनीहरु सवार कार स्यान्टिली को एउटा विनगेट वैन्धाम होटल नजिकै पार्किङ लटबाट पोखरीमा डुब्न पुगेको थियो । मृत्यु हुनेमा ५० बर्षका कर्ण खड्का र २० बर्षका निश्चल भट्ट रहेको समाजसेवी युवा तथा NRNA भर्जिनिया च्याप्टरका अध्यक्ष बिशाल कार्कीले नेपाल मदरलाई बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । नेपाल हुने आफन्तजनहरुलाई खबर भैसकेको छ भने क्यानाडामा रहेका खड्काका आफन्तजन आउने क्रममा छन । पार्किङ् लटमा ब्रेक लगाउन खोज्दा एक्सिलेटर दबेर यस्तो दुर्घटना भयो कि भन्ने अनुमान गरिएको छ तर पुस्टि भएको छैन । अमेरिकामा नेपालीहरुको सँख्या बढे सङसंगै बिभिन्न घटनाहरु पनि बढेका छन र यो घटनाले नेपाली समुदायलाई आज फेरी एक पटक स्तब्ध बनाएको छ । स्मरण रहोस केही समय अगाडि यसै ठाउँँमा भएको अर्को कार दुर्घटनामा दुई नेपालीको ज्यान गएको थियो ।
प्रतिक्रिया