Washington DC, US : October 26, 2026, Monday 02:19 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|गुल्मीमा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु, ३ घाइते|बङ्गालको खाडीबाट नेपालतर्फ बढ्दै चक्रवात ‘अर्णव’को प्रभाव, पाँच प्रदेशमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको चेतावनी|पहिलो चरणमा अगाडि रहेका बोल्सोनारो दोस्रो चरणमा पराजित, चुनावी परिणाम अस्वीकार गर्दै निर्वाचन रद्द गर्न माग|युरोपेली मुलुक सर्बियामा करिब १४ वर्षदेखिको राजनीतिक सत्ता उल्टाईदिए विद्यार्थीले !|लाज, शरम, नैतिकता र मानवता हराएको राजनीति|‘दीपक–दीपाको फिल्मले दशैँ नै रमाइलो पार्छ’ भन्छन् दर्शक|‘गौँथली’को ऐतिहासिक सय दिनको यात्रा, निर्देशक डा. कपिल रिजालद्वारा आभार व्यक्त|मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पलाई ग्रामीण अमेरिकाबाट राहत, राष्ट्रिय जनमतमा ठूलो धक्का, डेमोक्र्याटहरू अगाडि|युद्धको खतरा बढ्यो, वेस्ट बैंकमा इजरायली सैन्य कारबाही तीव्र, इरानमाथि दबाबसँगै विश्व बजारमा तेलको मूल्य उकालो|ट्रम्पको दोस्रो कार्यकालमा झन्डै १० लाख आप्रवासी देश निकाला, धरपकड तीव्र तर वार्षिक लक्ष्य पूरा हुन सकेन

गीतकार संघ नेपालको १७औँ वार्षिकोत्सव सम्पन्न नीर शाहलाई डेढ लाखभन्दा बढी राशिसहित राष्ट्रिय स्रष्टा सम्मान, वरिष्ठ पत्रकार तथा हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’ बाट सम्मानित

  NepalMother.com | १४ आश्विन २०८३, बुधबार २२:११

काठमाडौं, असोज ११ । गीतकार संघ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित सम्मान, पुरस्कार वितरण तथा सांगीतिक समारोह काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा नेपाली गीत–संगीत, साहित्य र सञ्चार क्षेत्रमा योगदान पुर्‍याउँदै आएका विभिन्न स्रष्टा तथा व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।

प्रतिष्ठित गीतकार किरण खरेलको प्रमुख आतिथ्य र संघका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्वमा सम्पन्न समारोहको मुख्य आकर्षण वरिष्ठ स्रष्टा नीर शाहलाई प्रदान गरिएको ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ रह्यो। नेपाली कला, साहित्य, चलचित्र तथा गीत लेखन क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि सक्रिय शाहलाई नगद १ लाख ५१ हजार रुपैयाँ, सम्मानपत्र, माला तथा दोसल्लासहित सम्मान गरिएको थियो।

शाहका ‘बादल बनाई देऊ आकार बदल्न सकूँ’, ‘गहिराइमा डुब्दै नडुब’, ‘पर्खी बसेँ आउला भनी’, ‘तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल’, ‘हिउँभन्दा चिसो’, ‘आगोभन्दा तातो’, ‘अर्को जुनी चाहिँदैन मलाई’ र ‘पसिनाको जलैले’ लगायत थुप्रै गीत नेपाली श्रोतामाझ लोकप्रिय छन्।

समारोहमा विदेशमा रहेर नेपाली गीत लेखनमा सक्रिय नीलम आङ्बुहाङ राईलाई ‘डायस्पोरा गीतकार सम्मान’ प्रदान गरिएको छ। उनलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो। त्यस्तै, लोहोरुङ राई भाषाका स्रष्टा नइन्द्र लोहोरुङ राईलाई ‘विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान’ अन्तर्गत नगद २५ हजार २५२ रुपैयाँ प्रदान गरिएको थियो।

यस वर्षको ‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान–२०८२’ बाट गीतकार सुशिला पौडेल र अरुण तिवारीलाई जनही १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ। नयाँ पुस्ताको गीत लेखनमा निरन्तर सक्रिय दुवै स्रष्टालाई सम्भावनाशील गीतकारका रूपमा संघले पुरस्कृत गरेको हो।

गीतकार संघ नेपालले यस वर्षदेखि सुरु गरेको ‘गीतकार संघ नेपाल पत्रकारिता सम्मान–२०८२’ वरिष्ठ पत्रकार तथा हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाललाई प्रदान गरिएको छ। उनलाई नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको थियो।

यसैगरी ‘जगतमर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार–२०८२’ कल्पना खरेलको कृति नन्दिनी र ज्ञानेन्द्र गदालनको कृति भोलिको आश उज्यालो प्रकाश लाई संयुक्त रूपमा प्रदान गरिएको छ। पुरस्कारको राशि ५७ हजार रुपैयाँ रहेको थियो।

‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार’ बाट डम्बर याक्सोको ‘म तिम्रो नजरमा’ र प्रवल विष्टको ‘भुल्न सकिनँ’ गीत पुरस्कृत भए। उक्त पुरस्कारको राशि पनि ५७ हजार रुपैयाँ रहेको संघले जनाएको छ।

सम्मान र पुरस्कार वितरणसँगै कार्यक्रमलाई विशेष बनाउने गरी विभिन्न अग्रज गीतकारका कालजयी गीत प्रत्यक्ष वाद्यवादनसहित प्रस्तुत गरिएको थियो। नीर शाहको ‘गहिराइमा डुब्दै नडुब’ गायक जगदिश समालले प्रस्तुत गर्दा दर्शकको उत्साह देखिएको थियो। डा. भोला रिजालको ‘मेरो पौवा पाटीलाई’ सञ्जय तुम्रोकले गाएका थिए।

दिवंगत स्रष्टा गणेश रसिकको स्मृतिमा उनको चर्चित गीत ‘धेरै सम्झे धेरै हुन्छ’ अशोक मुकारुङले प्रस्तुत गरे। एसपी कोइरालाको ‘धडकनभित्र लुकाइदेऊ न’ रूपक चौधरी र बिनुषा राईले युगल रूपमा प्रस्तुत गरेका थिए।

अमर बान्तुको रचना ‘आमा’ निशा देसारले प्रस्तुत गर्दा समारोह भावुक बनेको थियो भने वसन्त चौधरीको ‘मेरो प्यारो मान्छे’ माण्डवी त्रिपाठीले गाएकी थिइन्। संघका संस्थापक अध्यक्ष डा. कृष्णहरि बरालको चर्चित गीत ‘मर्ने कसैलाई रहर हुँदैन’ बाल गायक प्रेम परियारले प्रस्तुत गर्दा दर्शकले लामो ताली बजाएका थिए।

योगेन्द्रमणि दाहालको ‘बादलहरू हो’ सञ्जय तुम्रोकले, चूडामणि देवकोटाको देशभक्तिपूर्ण गीत ‘तिम्रो पनि रगत’ सुमित खड्काले तथा पूर्वअध्यक्ष शुभ मुकारुङको ‘तिमीले मलाई छाडी गयौ’ गणेश पराजुलीले प्रस्तुत गरेका थिए।

वरिष्ठ संगीतकार अशोककुमार राईको संगीत संयोजनमा १५ जना वाद्यवादकको टोलीले प्रत्यक्ष संगीत दिएको थियो। कार्यक्रममा किबोर्ड, भ्वाइलिन, ढोलक, बाँसुरी, मादल, बेस गिटार, लिड गिटार, रिदम गिटार र प्याड ड्रमसहितको प्रत्यक्ष वाद्यवादनले समारोहलाई थप आकर्षक बनाएको थियो।

समारोहमा संघको आजीवन सदस्यता प्राप्त गीतकारहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै कार्यक्रम तथा संस्थालाई सहयोग गर्ने व्यक्ति र संस्थालाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष वसन्त बित्यासी थापाले प्रतिकूल राष्ट्रिय परिस्थिति र प्राकृतिक विपत्तिका कारण वार्षिकोत्सव कार्यक्रम केही ढिलो आयोजना गर्नुपरेको बताए। उनले विनाशकारी बाढीपहिरोपछि कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको रकममध्ये १ लाख १५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको जानकारी दिए।

थापाले नेपाली गीत, शब्द र स्रष्टाको गरिमा जोगाउन तथा गीतकारको अधिकार, सम्मान र पहिचानका पक्षमा गीतकार संघ नेपाल निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, सदस्य सचिव भुपेन्द्र रायमाझी, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, सांगीतिक संघ नेपालका अध्यक्ष मिलन मोक्तान, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायतको उपस्थिति थियो।

कार्यक्रममा डा. कृष्णहरि बराल, डा. भोला रिजाल, एसपी कोइराला, राजेन्द्र थापा, अमर बान्तु, अभिषेक रिजाल, मोहित मर्दन थापा, दिनेश अधिकारी, सुबासचन्द्र ढुंगेल, प्रमोद ढुंगाना, भुषण खरेल, योगेन्द्रमणि दाहाल, शुभ मुकारुङ, सुनिल मास्के, डा. राजुबाबु श्रेष्ठ, देवेन्द्र केसी, लाक्पा शेर्पा र दुर्गा रायमाझीलगायत गीत–संगीत तथा साहित्य क्षेत्रका स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान-२०८२’ बाट पत्रकार कृष्ण भुसाल सम्मानित

काठमाडौं । वरिष्ठ पत्रकार तथा हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’ बाट सम्मानित भएका छन्।

गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा नेपाली गीत–सङ्गीत, साहित्य तथा स्रष्टासम्बन्धी विषयलाई पत्रकारितामार्फत प्रवर्द्धन गर्न पुर्‍याएको योगदानको कदर गर्दै भुसाललाई सम्मान गरिएको हो।

सम्मान ग्रहणपछि भुसालले आफूलाई यस सम्मानका लागि योग्य सम्झिएकोमा निर्णायक समिति तथा गीतकार सङ्घ नेपालको सम्पूर्ण कार्यसमितिप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

उनले भने, “यो सम्मान मेरो मात्र होइन, मेरो कलममाथि विश्वास गर्ने सम्पूर्ण शुभेच्छुक, सहकर्मी र पाठकप्रतिको पनि सम्मान हो।”

भुसालले सम्मानले आफ्नो पत्रकारिता यात्रामा थप जिम्मेवारी र प्रेरणा थपेको उल्लेख गर्दै नेपाली गीत–सङ्गीत, साहित्य र स्रष्टाका विषयलाई अझ प्रभावकारी रूपमा उजागर गर्न निरन्तर सक्रिय रहने बताएका छन्।

उनले सोही अवसरमा विभिन्न विधामा सम्मानित तथा पुरस्कृत भएका गीत–सङ्गीत क्षेत्रका सम्पूर्ण स्रष्टा तथा सर्जकलाई हार्दिक बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन्।

गीतकार सङ्घ नेपालले आफ्नो वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा स्रष्टा, गीतकार तथा योगदानकर्तालाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो।

 

May be an image of one or more people and crowd

May be an image of one or more people, people studying and people smiling

May be an image of dais and textMay be an image of dais and text

May be an image of violin, speaker and text

May be an image of dais and text

May be an image of text

 

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।