Washington DC, US : July 29, 2026, Wednesday 05:25 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|४० दिनको मेहनतपछि पूरा भयो चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन|Cartoon|जापानमा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १३ पुग्यो, किनमेल केन्द्रमा अझै उद्धार जारी|सुनसरीको कप्तानगञ्जको धार्मिक झडप : किन भयो ? के हुँदै छ ?|Breaking News : जापानमा शक्तिशाली भूकम्प: सपिङ मल भत्किँदा दर्जनौँ फसे, उद्धार कार्य तीव्र|“कानूनको सम्मान गर्दै, शान्तिपूर्ण रूपमा, सत्य र न्यायको पक्षमा म मेरो संघर्ष जारी राख्नेछु”|डा. गोविन्द केसीले अनसन तोडे|सुनसरीको कप्तानगञ्ज हिंसा : मृतक संख्या दुई पुग्यो, सामुदायिक सद्भावमा गम्भीर चोट|अमेरिका : फुड फेस्टिभलमा तीनको मृत्यु, दुई वर्षीय बालकसहित चार घाइते, एक पक्राउ, अर्कोको खोजी जारी|प्रहरीको गोलीबाट युवाको मृत्यु, कर्फ्यु उल्लंघनपछि सेना परिचालन

४० दिनको मेहनतपछि पूरा भयो चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन

  NepalMother.com | १३ श्रावण २०८३, बुधबार ०५:०१

काठमाडौं। बहुप्रतीक्षित नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’ को सम्पूर्ण छायांकन औपचारिक रूपमा सम्पन्न भएको छ। पहिलो र दोस्रो चरणमा विभाजन गरी करिब ४० दिन सञ्चालन गरिएको छायांकन मंगलबार सम्पन्न भएको निर्माण टिमले जनाएको छ। अब चलचित्र पोस्ट–प्रोडक्सन अर्थात् सम्पादन, डबिङ, ध्वनि संयोजन, रङ्ग संयोजन (कलर ग्रेडिङ), पाश्र्वसंगीत तथा प्रचार–प्रसारको चरणमा प्रवेश गरेको छ।

निर्देशक सरोज पौडेल ले छायांकन सम्पन्न भएपछि सम्पूर्ण कलाकार, प्राविधिक तथा सहयोगीहरूलाई धन्यवाद दिँदै धैर्य, समर्पण र मेहनतका साथ गुणस्तरीय चलचित्र निर्माण गर्ने प्रयास गरिएको बताए। उनका अनुसार दर्शकले मङ्सिरमा नेपाली मौलिक परिवेश र भावनाले भरिएको उत्कृष्ट चलचित्र हेर्न पाउनेछन्।

पर्वतबाट सुरु, दुर्घटनाले केही समय रोकियो

चलचित्रको छायांकन २०८३ जेठ १ गते पर्वत जिल्लाको कुस्मा नगरपालिका–१४, आर्थर डाँडाखर्क को प्राकृतिक तथा रमणीय भू–भागबाट सुरु गरिएको थियो। सुरुवाती चरणमा करिब १५ दिनसम्म नियमित छायांकन चले पनि मुख्य अभिनेता विजय बराल घोडचढी दृश्यको छायांकनका क्रममा घाइते भएपछि निर्माण कार्य केही समयका लागि स्थगित गर्नुपरेको थियो। उनको दाहिने हातको नाडीमा फ्र्याक्चर भएपछि चिकित्सकले आराम गर्न सल्लाह दिएका कारण छायांकन रोकिएको थियो। उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै दोस्रो चरणको छायांकन पुनः सुरु गरी बाँकी काम सम्पन्न गरिएको हो।

‘पूर्णबहादुरको सारङ्गी’ टिम फेरि एकसाथ

‘सिन्दुरे जात्रा’ निर्देशक सरोज पौडेल, अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली को दोस्रो सहकार्य हो। यसअघि यही टोलीले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल चलचित्रमध्ये एक मानिएको ‘पूर्णबहादुरको सारङ्गी’ मा सहकार्य गरेको थियो। त्यस चलचित्रको व्यावसायिक तथा समीक्षात्मक सफलतापछि ‘सिन्दुरे जात्रा’प्रति पनि दर्शकमाझ ठूलो अपेक्षा देखिएको छ।

बलियो कलाकार र अनुभवी प्राविधिक टोली

सारङ्गी फिल्म्स को प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रमा विजय बराल र अञ्जना बराइलीसँगै विनोद न्यौपाने, रामप्रसाद खनाल, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्व मिस नेपाल उषा खड्गी, हिउँवाला गौतम, राकेश खड्का, रजनी गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको कथा निर्देशक सरोज पौडेल स्वयंको हो भने पटकथा तथा संवाद सबिन अधिकारीवसन्त न्यौपाने ले तयार पारेका छन्। दिनेश खड्का कार्यकारी निर्माता रहेका चलचित्रका सह–निर्मातामा आकाश, सुमन रञ्जितश्याम मगर छन्।

यसैगरी चलचित्रका डीओपी (छायाङ्कन निर्देशक) पदमबहादुर श्रेष्ठ (बाबु), सम्पादक नहकुल खड्का, तथा संगीतकार प्रशान्त सिवाकोटी, रिदम कँडेलनन्दु परियार रहेका छन्। चलचित्रको देशव्यापी वितरण आरआर फिल्म्स ले गर्नेछ।

मङ्सिरमा प्रदर्शनको तयारी

छायांकन सकिएसँगै निर्माण पक्ष अहिले पोस्ट–प्रोडक्सनलाई तीव्र बनाउने तयारीमा छ। निर्देशक पौडेलका अनुसार चलचित्रलाई प्राविधिक रूपमा उत्कृष्ट बनाउने उद्देश्यले सम्पादन, ध्वनि, संगीत र दृश्य संयोजनमा विशेष ध्यान दिइनेछ।

निर्माण पक्षले यसअघि चलचित्रलाई मङ्सिर ४ गते प्रदर्शन गर्ने घोषणा गरेको छ।

‘पूर्णबहादुरको सारङ्गी’पछि निर्देशक सरोज पौडेलको नयाँ प्रस्तुतिका रूपमा हेरिएको ‘सिन्दुरे जात्रा’ ले नेपाली समाज, संस्कृति र मौलिक जीवनशैलीलाई पर्दामा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। सफल निर्देशक, लोकप्रिय कलाकार र अनुभवी प्राविधिक टोलीको संयोजनले चलचित्रप्रति अहिले नै दर्शक र नेपाली चलचित्र वृत्तमा उल्लेखनीय उत्सुकता बढेको छ।

May be an image of ‎text that says '‎SARANGI FILMS PRESENTS ENDCLAP THIII AyO 山I生ロ ヨダL S0HT SENNE PROUEL ADDEPOREE SAARR הוצ 비모는법 当コ正上コ止5 SIBESETESAENEL KK PERESESS รผาง SASANET IN CINEMAS मंसिर ل I NOV 20 (हरिबोधिनी एकादशीको पावन अवसरमा) DISTRIBUTOR DIGITALPARTHER DIGITAL PARTHER PUBLICITYPARTNER PUBLICITY PARTNER 美代 ニマ AR ILM PROUDCTION OSRDigital Entertainang ง้่น Nalion TAUWA STUDIO‎'‎

May be an image of one or more people, people smiling and text

May be an image of one or more people, people smiling and text

May be an image of one or more people, people smiling and text

May be an image of one or more people and wedding

May be an image of one or more people

May be an image of mountain

No photo description available.

May be an image of one or more people

May be an image of one or more people and people smiling

May be an image of aircraft

May be an image of one or more people and temple

May be an image of one or more people, hat and text

May be an image of mountain

May be an image of one or more people and people smiling

No photo description available.

May be an image of one or more people

May be an image of one or more people and temple

May be an image of mountain

May be an image of mountain

No photo description available.

May be an image of text that says 'SARANGI FILMS SARANGIFILNSPRESENTS PRESENTS 23 सिन्दरेजात्रा जात्रा Day STORY/ CИMECToЙ सि्दुरे SAROJP 6ABИE SHRESTHA SCENENO. NO. SHOT NO. TAKE NO. 3 37 1 2083-03-28 1 ocTemиHa'

May be an image of one or more people, motorcycle and mountainNo photo description available.

May be an image of one or more people and motorcycle

 

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor