Washington DC, US : March 28, 2026, Saturday 05:57 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकाभर व्यापक विरोध प्रदर्शन, लाखौं नागरिक सडकमा उत्रिए|भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र विवादित घटनाको सत्यतथ्य उजागर गर्ने उद्देश्यसहित महत्वाकांक्षी शासकीय सुधार योजना सार्वजनिक|Breaking News : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ, पक्राउ परेका ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने|Breaking News : पूर्वगृहमन्त्री रमेश लेखक उनको निवासबाट पक्राउ|बिशेष सम्पादकीय : नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषद्का अवसर, चुनौती र जिम्मेवारी|Breaking News : नेपालमा नयाँ सरकार गठन, प्रधानमन्त्री बालेन्द्र शाह र १४ जना मन्त्री, सबैले गरे आफ्नो आफ्नो मन्त्रालयमा पदभार ग्रहण|अमेरिकामा सरकारी बन्दले विमानस्थल अस्तव्यस्त, “राष्ट्रिय आपतकालीन अवस्था”, TSA कर्मचारीलाई तुरुन्त पारिश्रमिक दिन आदेश जारी|“पत्रकार तथा सञ्चार जगत” शीर्षकमा उल्लेख गरिएको एक अंशले अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको गम्भीर ध्यानाकर्षण|इरान “असामान्य” र “अझै पनि गम्भीर नभएका” भन्दै आलोचना गरे ट्रम्पले, गम्भीर हुन चेतावनी, ढिलो गरे परिणाम झन् गम्भीर हुने|इरानको नौसेना प्रमुख अलिरेजा तंगसिरी आक्रमणमा मारिए

भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र विवादित घटनाको सत्यतथ्य उजागर गर्ने उद्देश्यसहित महत्वाकांक्षी शासकीय सुधार योजना सार्वजनिक

  NepalMother.com | १४ चैत्र २०८२, शनिबार १३:३६

सरकारले भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र विवादित घटनाको सत्यतथ्य उजागर गर्ने उद्देश्यसहित महत्वाकांक्षी शासकीय सुधार योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत छिट्टै उच्चस्तरीय छानबिन संयन्त्रहरू गठन गरी राज्य प्रणालीलाई थप पारदर्शी र उत्तरदायी बनाउने तयारी गरिएको छ।

सबैभन्दा पहिले, सरकार मन्त्रिपरिषद् कार्यालय मातहत रहनेगरी १५ दिनभित्र शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन गर्ने प्रक्रियामा अघि बढेको छ। यस आयोगमा कानुन, अर्थतन्त्र, राजस्व तथा अनुसन्धान क्षेत्रका अनुभवी विज्ञहरू समावेश गरिनेछ। आयोगलाई प्रभावकारी बनाउन आवश्यक कानुनी आधार र प्राविधिक संरचना समेत निर्माण गरिने जनाइएको छ।

छानबिन प्रक्रिया दुई चरणमा सञ्चालन हुनेछ। प्रारम्भिक चरणमा २०६२/०६३ पछि हालसम्म सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति परीक्षण गरिनेछ भने दोस्रो चरणमा २०४८ देखि २०६३ सम्मका पदाधिकारीहरूलाई समेटिनेछ। सम्पूर्ण अनुसन्धान प्रमाण र कानुनी मापदण्डमा आधारित, निष्पक्ष र पारदर्शी ढंगले सञ्चालन गरिने तथा त्यसबाट प्राप्त प्रतिवेदनलाई कार्यान्वयन गर्ने स्पष्ट व्यवस्था गरिने सरकारले जनाएको छ।

यससँगै, प्रशासनिक संरचनामा राजनीतिक हस्तक्षेप घटाउने दिशामा सरकार कडा कदम चाल्न लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी निकायभित्र रहेका दलीय ट्रेड युनियनहरू खारेज गर्ने योजना अघि सारेको छ। यस कदमले सार्वजनिक प्रशासनलाई निष्पक्ष, व्यावसायिक र नागरिकमुखी बनाउने लक्ष्य राखिएको छ।

सरकारले ४५ दिनभित्र संघीय निजामती सेवा सम्बन्धी नयाँ विधेयक ल्याउने तयारी पनि गरेको छ। यसमा सरकारी कर्मचारी, शिक्षक, प्राध्यापक लगायत सबै राष्ट्रसेवकलाई कुनै पनि राजनीतिक दल वा स्वार्थ समूहसँगको सम्बन्धबाट टाढा राख्ने प्रावधान समावेश गरिनेछ। उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट संकेत गरिएको छ।

सेवा प्रवाह सुधारका लागि पनि ठोस पहलहरू अघि सारिएका छन्। अनावश्यक प्रक्रिया, दोहोरो काम र जटिल व्यवस्थाका कारण हुने ढिलासुस्ती अन्त्य गर्न सेवा प्रणाली पुनर्संरचना गरिनेछ। साथै, अनावश्यक आर्थिक भार सिर्जना गर्ने बोर्ड, समिति तथा संस्थागत संरचनाहरूको समीक्षा गरी खारेज गर्ने प्रक्रिया समेत अघि बढाइनेछ। यस्ता संरचनाहरूको पहिचानका लागि एक महिनाभित्र प्रतिवेदन दिने गरी छुट्टै समिति गठन गरिने योजना छ।

शिक्षा क्षेत्रतर्फ, शिक्षकहरूको सिटरोल व्यवस्थापन र अवकासपछिका सेवा सुविधाको जिम्मेवारी प्रदेशस्तरमा हस्तान्तरण गरिने भएको छ। कर्मचारीको कार्यसम्पादन मूल्यांकन प्रणालीलाई पनि परिमार्जन गर्दै राम्रो र कमजोर कामबीच स्पष्ट भिन्नता देखिने गरी ९० दिनभित्र नयाँ मूल्यांकन प्रणाली विकास गरिनेछ।

यसैबीच, जेनजी आन्दोलनसँग सम्बन्धित भदौ २४ को घटनाबारे पर्याप्त अनुसन्धान नभएको भन्दै सरकारले त्यसको छुट्टै उच्चस्तरीय छानबिन समिति गठन गर्ने घोषणा गरेको छ। एक साताभित्र समिति गठन गरी घटनाको सम्पूर्ण विवरण संकलन, विश्लेषण र जिम्मेवार पक्षको पहिचान गरिनेछ। समितिको प्रतिवेदनका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाइने सरकारको योजना छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।