Washington DC, US : May 9, 2026, Saturday 07:32 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|इरानी नौसैनिक साधनहरूमा “ठूलो क्षति” पुगेको दाबी, नयाँ सम्झौता स्वीकार गर्न आग्रह|अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा फेरि ठूलो भ्रष्टाचार मुद्दा दर्ता|ललिता निवास सरकारी नाममा फिर्ता गर्ने कि बुल डोजर लाउने ?|संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेपछि कानुनी वृत्तमा नयाँ बहस सुरु|Beaking News : अमेरिका र इरानबीच जारी तनावपूर्ण अवस्थाबीच युद्ध अन्त्य गर्ने सहमतितर्फ उल्लेखनीय प्रगति भएको संकेत|न्यायालयको साख जोगाउन संवैधानिक परिषदको गम्भीर ध्यानाकर्षण होस|तेलको मूल्य घट्दा विश्वभरका शेयर बजार उकालो लागे|नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ|सरकारद्वारा १२ वटा राष्ट्रियस्तरका ट्रेड युनियन खारेज, कर्मचारी संगठन आक्रोशित|निजामती सेवा ऐन संशोधन अध्यादेशविरुद्ध कर्मचारी संगठनहरूको कडा विरोध, आन्दोलनको चेतावनी

“पत्रकार तथा सञ्चार जगत” शीर्षकमा उल्लेख गरिएको एक अंशले अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको गम्भीर ध्यानाकर्षण

  NepalMother.com | १२ चैत्र २०८२, बिहीबार १०:४९

काठमाडौं / नेपालमा गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमाथि भएको दमन सम्बन्धी घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदनलाई लिएर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका ले गम्भीर आपत्ति जनाएको छ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त प्रतिवेदनको दफा १४.१० अन्तर्गत “पत्रकार तथा सञ्चार जगत” शीर्षकमा उल्लेख गरिएको एक अंशले महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रतिवेदनमा ३२ जना प्रदर्शनकारीहरू बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा फेला परेको भनी प्रचार गरिएको र त्यसमा केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरू संलग्न रहेको उल्लेख गरिएको छ।

तर महासंघका अनुसार प्रतिवेदनमा उल्लेख गरिएको नाम र विवरण त्रुटिपूर्ण तथा तथ्यविहीन रहेको दाबी गरिएको छ। विशेष गरी नामको गलत प्रयोग गर्दै महासंघका महासचिव टंक दाहाललाई लक्षित गरिएको देखिएकाले यसप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ।

महासंघले बानेश्वरस्थित संसद भवनमा उक्त दिन ३३ जनालाई बन्धक बनाइएको घटना सत्य रहेको र यसको पुष्टि अन्तर्राष्ट्रिय मानवअधिकार संस्था Human Rights Watch ले सार्वजनिक गरेको प्रतिवेदनबाट भइसकेको जनाएको छ।

विज्ञप्तिमा महासचिव टंक दाहालले “संसद भवनमा कोही मृत अवस्थामा भेटिएको” भन्ने आशयको कुनै पनि समाचार, अभिव्यक्ति वा टिप्पणी कहिल्यै नदिएको स्पष्ट पारिएको छ। उनले यसअघि नै प्रमाणसहित स्पष्टीकरण दिइसकेको पनि महासंघले उल्लेख गरेको छ।

महासंघले पत्रकारिताको धर्मअनुसार त्यतिबेला सार्वजनिक भएको मृत्युको समाचार र त्यसपछिको अवस्थालाई आधार मानेर राज्यलाई जवाफदेही बनाउन सूचना सम्प्रेषण गरिएको दाबी गरेको छ। तर ती तथ्यलाई विकृत पार्दै नामसमेत गलत उल्लेख गरी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति महासंघले आपत्ति जनाएको छ।

साथै, सत्यतथ्यका आधारमा छानबिन गरी दोषी प्रमाणित भए कानुनी कारबाहीमा कुनै आपत्ति नरहेको उल्लेख गर्दै, नगरेको कार्यमा आरोप लगाएर व्यक्तिको चरित्रहत्या गर्ने कार्य अस्वीकार्य भएको जनाएको छ।

महासंघले यस्ता गैरजिम्मेवार गतिविधिको घोर भर्त्सना गर्दै सम्बन्धित निकाय र सञ्चार माध्यमलाई जिम्मेवार बन्न आग्रह गरेको छ। साथै, आफ्नो संस्थामा आबद्ध पत्रकारहरूलाई पत्रकारिताको मूल्य, मान्यता र नैतिकताप्रति प्रतिबद्ध राख्ने पनि स्पष्ट पारेको छ।

प्रेस विज्ञप्ति

नेपालमा गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमाथि भएको दमन सम्बन्धी घटनाको छानबिन गर्न गठित आयोगले तयार पारेको प्रतिवेदनको दफा १४.१० अन्तर्गत “पत्रकार तथा सञ्चार जगत” शीर्षकमा उल्लेख गरिएको एक अंशप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

उक्त अंशमा “… ३२ जना हराइरहेका प्रदर्शनकारीहरू बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा फेला परेको भनी २४ गते प्रचार गरिएको थियो। यस्तो प्रचार गर्नेमा सोसल मिडिया इन्फ्लुएन्सर टंक ढकाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपानेलगायत संलग्न रहेको पाइन्छ…” भन्ने उल्लेख गरिएको छ।

उक्त विवरणमा थर गलत लेखिएको भए पनि यसले अन्तर्राष्ट्रिय पत्रकार महासंघ (अमेरिका) का महासचिव टंक दाहाललाई लक्षित गरेको देखिएकाले यस विषयप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।

बानेश्वरस्थित संसद भवनभित्र उक्त दिन ३३ जनालाई बन्धक बनाइएको घटना सत्य रहेको तथ्य अन्तर्राष्ट्रिय संस्था Human Rights Watch ले सार्वजनिक गरेको प्रतिवेदनबाट समेत स्पष्ट भइसकेको छ। सो सम्बन्धी प्रमाणस्वरूप स्क्रिनसट र लिंकसमेत यसैसाथ संलग्न गरिएको छ। साथै, यस विषयमा महासचिव टंक दाहालले यसअघि नै स्पष्टिकरण दिइसक्नुभएको तथ्य पनि सर्वविदित छ।

यस संस्थाका महासचिव तथा पत्रकार टंक दाहाल (ढकाल होइन) स्पष्ट रहेको र उहाँले “संसद भवनमा कोही मृत अवस्थामा भेटिएको” भन्ने आशयको कुनै समाचार, अभिव्यक्ति वा टिप्पणी कहिल्यै नदिएको, नलेखेको र नबोलेको कुरा उहाँले बारम्बार प्रमाणसहित स्पष्ट पार्दै आउनुभएको छ। उहाँको आधिकारिक पोस्टको वास्तविक स्क्रिनसट र लिंकसमेत यसैसाथ संलग्न गरिएको छ।

पत्रकारिताको धर्म र कर्तव्य निर्वाह गर्ने क्रममा, केही घण्टाभित्रै १९ जनाको मृत्यु भएको समाचार सार्वजनिक भई, पछि मृतक संख्या ७६ नाघेको गम्भीर परिस्थितिमा राज्य तथा सम्बन्धित पक्षलाई जवाफदेही बनाउन र थप मानवीय क्षति रोक्ने उद्देश्यले सत्यतथ्य सूचना सम्प्रेषण गरिएको उहाँले बारम्बार प्रमाणसहित स्पष्ट पार्दै आउनुभएको छ। तर, ती तथ्यलाई विकृत बनाउँदै, नामसमेत गलत उल्लेख गरी विभिन्न सञ्चार माध्यममा प्रतिवेदनको हवाला दिँदै प्रकाशित गरिएका प्रतिवेदन, समाचार प्रति महासंघको गम्भीर आपत्ति रहेको छ।

सत्यतथ्यका आधारमा छानबिन गरी दोषी प्रमाणित भएमा राज्यका निकायहरूले आवश्यक कानुनी कारबाही अघि बढाउनु उपयुक्त हुन्छ हाम्रो कुनै आपत्ति छैन। तर, नगरेको कार्यको आरोप लगाएर व्यक्तिलाई दोषी ठहर गर्ने, तथ्यविहीन ढंगले नाम मुछ्ने तथा त्यसकै आधारमा प्रकाशित समाचारहरू न्यायसंगत देखिँदैनन्। यस्तो गैरजिम्मेवार कार्यको महासंघ घोर भर्त्सना गर्दछ र सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्दछ।

साथै, महासंघ आफ्नो संस्थामा आबद्ध सम्पूर्ण पत्रकारहरूको गतिविधिमाथि सतत निगरानी राख्दै पत्रकारिताको मूल्य, मान्यता र नैतिकताप्रति सधैं प्रतिबद्ध रहने स्पष्ट पार्दछ।

टंक दाहालको पोष्टको लिङ्क : https://www.facebook.com/story.php?story_fbid=10166036516702166&id=539742165

Human Rights Watch को रिपोर्टको लिङ्क : https://www.hrw.org/news/2025/11/19/nepal-unlawful-use-of-force-during-gen-z-protest

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।