Washington DC, US : January 30, 2026, Friday 11:12 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

लगानीमैत्री वातावरण निर्माण तर्फ गम्भीर पहल गर्न आग्रह

  NepalMother.com | १६ पुष २०८२, बुधबार ०९:१६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नपुगेको बताएका छन्। बुधबार महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य तथा सामूहिक पहल’ कार्यक्रममा बोल्दै उनले लगानीमैत्री वातावरण निर्माण हुन नसकेको उल्लेख गर्दै सरकारलाई त्यसतर्फ गम्भीर पहल गर्न आग्रह गरे। समृद्धिको आधार निजी क्षेत्र भए पनि यसको संरक्षण र सम्मानका विषयहरू अझै ओझेलमा परेको उनको भनाइ थियो। निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरणको सुनिश्चितता नहुँदा लगानी विस्तार हुन नसकेको उनले बताए।

गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता बढ्दै जाने खतरा रहेको भन्दै ढकालले चिन्ता व्यक्त गरे। उनका अनुसार उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रप्रतिको सम्मान, पेशा–व्यवसाय निर्वाध सञ्चालनको प्रत्याभूति र सम्पत्तिको सुरक्षाको अनुभूति नभएसम्म देशमा लगानी सम्भव हुँदैन। लगानी बिना रोजगारी सिर्जना हुँदैन, रोजगारी नहुँदा आयस्तर सुधारिँदैन र आयस्तर नबढे मानव विकासमा अपेक्षित प्रगति सम्भव नहुने उनले स्पष्ट पारे।

उनले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन राजस्व वृद्धि आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि निजी क्षेत्रलाई काम गर्न पाउने वातावरण र प्रोत्साहनमुखी नीति अनिवार्य रहेको बताए। पछिल्लो डेढ वर्षदेखि सरकार करिब डेढ खर्ब रुपैयाँ घाटामा रहेको, बैंकहरू करिब ११ खर्ब रुपैयाँ लगानी गर्न तयार भए पनि निजी क्षेत्र उद्यममा अघि बढ्न नसकेको अवस्थाले राजस्व संकलनमा समस्या आएको उनले बताए। परिणामस्वरूप कर्मचारीको तलब–भत्ता धान्नसमेत कठिनाइ उत्पन्न भएको, पूर्वाधारमा पर्याप्त लगानी हुन नसकेको र निजी क्षेत्रले निर्माण गर्ने पूर्वाधारमा पनि विभिन्न बहानामा अवरोध हुने गरेको उनको भनाइ थियो।

उद्योग–कलकारखाना र पूर्वाधार विस्तार नभएसम्म रोजगारी सिर्जना सम्भव नहुने उल्लेख गर्दै उनले सरकारले वर्षमा सीमित संख्यामा मात्रै रोजगारी दिनसकिरहेको अवस्थाले युवाहरू विदेशिन बाध्य भएको बताए। विदेशमा निजी व्यवसायमा काम गर्न सक्ने नेपाली युवाले स्वदेशमै निजी उद्योग तथा प्रतिष्ठानमा काम गर्न नपाउने अवस्था हुनु दुःखद भएको उनको टिप्पणी थियो।

ढकालले राजनीतिक प्रतिबद्धता र स्थायित्व अपरिहार्य रहेको उल्लेख गर्दै निर्वाचनमार्फत लोकतन्त्र संस्थागत गर्नु आवश्यक भएको बताए। निजी क्षेत्र सुरक्षित र सम्मानित वातावरणमा काम गर्न नपाए समग्र अर्थतन्त्र असफल हुने र त्यसको असर भावी पुस्तासम्म पर्ने चेतावनी उनले दिए। निर्धारित समयमै निर्वाचन होस् र राजनीतिक स्थायित्व कायम होस् भन्ने निजी क्षेत्रको चाहना रहेकोसमेत उनले स्पष्ट पारे।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।