Washington DC, US : January 30, 2026, Friday 04:02 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

भर्चुअल रूपमा सम्पन्न ‘शब्दानन्द-दुई ’ कार्यक्रम

  NepalMother.com | २७ कार्तिक २०८२, बुधबार १९:१९

जर्मनी/फ्रान्स । अनेसास जर्मनी र फ्रान्स च्याप्टरको संयुक्त आयोजनामा भर्चुअल रूपमा सम्पन्न ‘शब्दानन्द-दुई ’ कार्यक्रमले प्रवासमा नेपाली भाषाप्रेमीहरूका लागि भावनात्मक र सिर्जनात्मक अनुभव प्रदान गरेकाे थियाे।  कवि नवराज पराजुलीको विशेष उपस्थिति र अन्तरक्रियाले कार्यक्रमलाई अनौपचारिक, आत्मीय र विचारोत्तेजक बनाएकाे थियाे ।

कार्यक्रमको आरम्भमा अनेसास जर्मनीकी अध्यक्ष सुजाता घिमिरे राउतको स्वागत मन्तव्यबाट भएकाे थियाे ।मातृभाषाप्रतिको मोह, सांस्कृतिक उत्तरदायित्व र साहित्यको भूमिकाबारे उहाँले प्रकाश पार्दै कार्यक्रमको भावभूमि तयार पार्नुभएकाे थियाे । ‘शब्दानन्द -एक’ मा भएको बिबरण स्मरण गराउदै शब्दको गहिराई डुबुल्की मार्न तयार हुन् अनुरोध गर्नु भयो ।कार्यक्रममा अनेसास केन्द्रका बरिस्ठ  उपाध्यक्ष तथा बरिस्ठ साहित्यकार लाल गोपाल सुबेदीले शब्दको चेतना स्थर ,लालित्य ,शब्द छनौटमा विशेष ध्यान दिन सर्जकहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा अनेसास पोर्चुगलकी निबर्तमान अध्यक्ष सबी श्रेष्ठले  भाषाले देश सँग भावनात्मक रुपले जोडी राख्ने विचार ब्यक्त गर्नु भयो । ।कार्यक्रममा अनेसास पोल्याण्डका  अध्यक्ष सुसन बर्देवाको सशक्त मुक्तकले भावुक बनाएको थियो ।
कविता वाचनभन्दा पनि चेतनाको गहिराइमा पुग्ने संवादका रूपमा अघि बढाइएको कार्यक्रममा कवि नवराज पराजुलीले सहभागीहरूलाई केवल श्रोता बनाउने हैन, अनुभूत गर्ने र सिर्जना गर्ने यात्रामा उत्रन प्रेरित गर्नुभयो। उहाँले सहभागीहरूलाई आफ्नै लागि नाम राख्न, सय वर्षअघिको जीवन कल्पना गर्न र शब्दहरूभित्र लुकेका भावना महसुस गर्न आग्रह गर्नुभयो। भाषा भावनाको वहनकर्ता हो भन्ने दृष्टिकोण उहाँले प्रभावकारी ढंगले प्रस्तुत गर्नुभयो।

कविले बिभिद उदाहरण ,अनुभव उल्लेख गर्दै मातृभाषा र त्यसमा मिसिएको भावनाको सन्देश विश्वभर फैलिनुपर्ने धारणा राख्नुभयो। सहभागीहरूसँगको संवादमा उहाँले भाषा केवल सञ्चारको साधन नभई संस्कार, सम्झना र अस्तित्वको हिस्सा भएको कुरामा जोड दिनुभयो।

फ्रान्स, जर्मनी, पोर्चुगल ,पोल्याण्डमा बसोबास गर्ने करिब २० जना नेपाली सहभागीहरू कार्यक्रममा अनलाइनमार्फत जोडिनुभएकाे थियाे। सहभागीहरूले नेपाली भाषाको वर्तमान अवस्था, नयाँ पुस्तासँगको दूरी र मौलिक शब्दहरूको हराएकाे प्रति चिन्ता व्यक्त गर्नुभयाे। मातृभाषाको पुस्तान्तरणलाई संस्कार र रमाइलो अनुभवको रूपमा अघि बढाउनु आवश्यक छ भन्ने साझा निष्कर्ष कार्यक्रममा निकालिएकाे थियाे।

कार्यक्रमको समापन प्रशान्त उप्रेतीको धन्यवाद मन्तव्यसँगै भयो। उहाँले अतिथि र सहभागीहरूलाई आभार व्यक्त गर्दै भाषाको सेवा गर्नु भनेको आमाको सेवा गर्नु हो आमाको सेवा गर्न कसैले सोची रहन नपर्ने विचार ब्यक्त गर्नु भयो।भाषा जगेर्नाका लागि अझ सजग र रचनात्मक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।

‘शब्दानन्द-दुई ’ केवल साहित्यिक कार्यक्रम मात्र नभई प्रवासमा नेपाली भाषा र भावनाको संरक्षणप्रति समर्पित एउटा साहित्यिक चेतनाको अभियानको रूपमा अविस्मरणीय बन्यो।

– प्रशान्त उप्रेती

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।