Washington DC, US : October 24, 2025, Friday 06:23 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

महाभारतको कुरूक्षेत्र र नेपाली राजनीति : आशा गरौं कुरूक्षेत्रमा सत्यको विजय सुनिश्चित गर्न नव अर्जुनको उदय हुनेछ ! - भुपनारायण घर्तिमगर, रोल्पा

  NepalMother.com | २४ आश्विन २०८२, शुक्रबार १३:२८

*********  कुरूक्षेत्रमा अझै लडाईका परिदृश्यहरू बाँकी नै छन्।कर्ण र अर्जुनको निर्णायक लडाई हुन बाँकी नै छ।अश्वत्थामाको बदलाको आक्रोश थामिएको छैन।सर्वस्व गुमाइसकेको दुर्योधन अब शान्तिको पथमा फर्कने सम्भावना छदैछैन। भीमको प्रतिज्ञा अधुरै छ। तीर्थातनबाट वलराम फर्केर कुरूक्षेत्र आइसकेका छैनन्। दुर्योधनको अहंकार अझै पूर्ण रूपमा ढलिसकेको छैन। आशा गरौं कुरूक्षेत्रमा सत्यको विजय सुनिश्चित गर्न नव अर्जुनको उदय हुनेछ। सकारात्मकताको मार्गदर्शन गर्ने श्रीकृष्ण कुनै न कुनै रूपमा आउने छन्।अन्याय,अत्याचार,भ्रष्टाचार,कुशासन र लुटतन्त्रको अहंकारी दुर्योधनको शासन सदासदाका निम्ति कुरूक्षेत्रको माटोमा बिलाउने छ। राजा परीक्षितले देश सम्हाल्ने छन्। चन्द्र सूर्य झण्डा वुद्धको सन्देश,माता सीताको ममता र भगवान श्री पशुपतिनाथको आशिर्वाद लिएर सगरमाथासंगै फहराई रहने छ,फहराई रहने छ। **********

महाभारतको कुरूक्षेत्र र नेपाली राजनीति

कहिलेकाँही राजनीति पनि मौसमजस्तै अनिश्चित र अप्रत्याशित ढङ्गले परिवर्तन हुने गर्दछ।शक्तिशाली नेता,संगठन तथा दलहरूले अनुमान गर्न नपाउँदै,अचानक आएको आँधीझैं राजनीतिक हुरीले चौतारीमा मक्किएको बुढो रूखलाई ढालेझैं,अहंकारले भरिएको सत्तालाई समेत एकैछिनमा धराशायी बनाइदिन्छ।
नेपालमा हालै देखिएको Gen-Z पुस्ताको आन्दोलनले भ्रष्टाचार,स्वेच्छाचारिता र सत्ताको अहंकारविरुद्ध सशक्त चुनौती प्रस्तुत गरेको छ। यस आन्दोलनले पुरानो सत्ता संरचनालाई चौतारीको बुढो रूखझैं जरा नउखेलीकनै ढल्न बाध्य बनाएको छ।सत्ताले आफू अझै जीवित र सबल रहेको भ्रममा मन्द स्वरमा हुँकार गरिरहे तापनि,जनताको चेतनाले त्यस भ्रमलाई चिर्दैछ।फरक यत्ति मात्र थियो कि भीष्म पितामह पश्चाताप र आत्मग्लानिले ग्रस्त थिए। उनलाई वाणको पीडाभन्दा पनि विगतमा गरेका एक कठोर प्रतिज्ञा र त्यसका आधारमा गरिएका कर्महरूको नैतिक बोझले बढी सताइरहेको थियो। उनका उपदेशहरू आत्मपरीक्षण र पश्चातापको भावले भरिएका थिए।

तर आजका सत्ताधारीहरूमा न त आत्मग्लानि देखिन्छ, न त जनतासामु गरेका वाचाहरूको स्मरण। संविधान निर्माणदेखि निर्वाचनसम्म जनतासँग गरेका प्रतिबद्धताहरूको उल्लंघनप्रति कुनै पश्चातापको संकेत देखिँदैन। उनीहरूमा पीडा छ भने त्यो केवल आफ्ना अहंकारमा चोट पुगेको कारणले मात्र हो। न कि जनताको आफुहरु प्रति विश्वास टुटेको वा देशमा भ्रष्टाचार, कुशासन र लुटतन्त्रको साम्राज्य ढलेको पीडाबाट। सत्ताको यो संवेदनहीनता जनताप्रति गम्भीर अपमान हो, जसले लोकतन्त्रको मूल मर्मलाई नै चुनौती दिन्छ।

जसरी महाभारतमा शान्तिदूतका रूपमा कौरव सभामा पुगेका श्रीकृष्णले युद्ध टार्नका निम्ति केवल पाँच गाउँको प्रस्ताव राख्दा दुर्योधन आक्रोशित भए, त्यस आक्रोशको कारण ती पाँच गाउँ थिएनन्। दुर्योधनको आक्रोशको मूल कारण थियो; आफूले पनि त्याग गर्नुपर्ने, सम्झौता गर्नुपर्ने, र झुक्नुपर्ने अवस्था आउनु। त्यो आक्रोश अहंकारबाट उत्पन्न भएको थियो,जसले उसलाई कुनै पनि प्रकारको समर्पण अस्वीकार्य बनायो।

आजको सन्दर्भमा,जनआवेगको हुरीले जरा नउखेलीकनै रक्षात्मक अवस्थामा पुगेका सत्तासीनहुदै आएका दलहरूको आक्रोश पनि त्यही दुर्योधनको अहंकारी भावनासँग मेल खान्छ। उनीहरूको चित्त दुखाइको कारण जनताको माग वा आन्दोलन होइन, बरु आफूलाई चुनौती दिइएको,सत्ताबाट वञ्चित गराइएको र भविष्यमा पनि गरिने सम्भावना देखिएको र आफूहरुले नैसर्गिक, अलौकिक तथा दिव्य ठानेको राजनीतिक सत्ता र शक्तिमा आँच आउने डर हो।
यो सर्वशक्तिमानी अहंकारी सोचले सत्तालाई आत्मपरीक्षण होइन, प्रतिरोधको बाटोमा डोर्याइरहेको छ।जहाँ जनताको आवाजलाई चुनौतीको रूपमा हेर्ने प्रवृत्ति अझै कायम छ।थाहा छैन यो प्रवृतिले कहाँ पुर्‍याउँछ?

गर्ल्यामगुर्लुम ढलेर जरासँगै जीवित रहेको मक्किएको बुढो रूखझैं, आजको अहंकारी सत्ता पनि अस्तित्वको छटपटाहटमा बाँचेको अवस्था देखिन्छ। दशकौंसम्म कायम रहेको पक्षपात, विभेद,भ्रष्टाचार, कुशासन, मनपरीतन्त्र तथा लुटतन्त्रबाट आजित जनताको धैर्यताको बाँध अन्ततः टुटेको छ। यही जनआक्रोश Gen-Z पुस्ताको विद्रोहका रूपमा प्रकट भएको हो,जसले पूर्ण क्रान्तिको रूप नलिए पनि क्रान्ति उन्मुख आन्दोलनको स्वरूप ग्रहण गर्दै नेपाली राजनीतिक इतिहासमा एक अमिट अध्याय कोरेको छ।

अपरिवर्तनीय,अजय र अमर ठानिएको भ्रष्ट तथा अहंकारी राजनीतिक संरचनालाई जनताको कठघरामा उभ्याउँदै दोषी प्रमाणित गरिनु र त्यसको परिणामस्वरूप सकारात्मक परिवर्तनतर्फको यात्रा प्रारम्भ हुनु, यो आन्दोलनको ऐतिहासिक उपलब्धि हो। साँच्चै भन्ने हो भने, जुन परिवर्तन ३६ महिना मात्र होइन, ३६ वर्षसम्म योजनाबद्ध प्रयासले पनि सम्भव नहुने देखिन्थ्यो, त्यो परिवर्तन Gen-Z विद्रोहले ३६ घण्टाभित्रै सम्भव बनाएर देखाएको छ।

यस विद्रोहले नेपाली राजनीतिलाई एक निर्णायक मोडमा उभ्याउँदै भविष्यका सम्भावनाका ढोकाहरू खोलिदिएको छ जहाँ जनताको चेतना, सहभागिता र अधिकारप्रति सम्मानको आधारमा नयाँ राजनीतिक संस्कारको निर्माण सम्भव देखिन्छ।

बर्तमानको राजनैतिक परिवेश; 

बर्तमानको नेपाली राजनैतिक परिवेश घटोत्चकले महाभारतको युद्दमा आफ्नो शक्ति र मायाको बलमा कौरव पक्षमा तहसनहस र छिन्नभिन्न बनाएको तर युद्धको छिनोफोनो नभएको कुरूक्षेत्रको हाहाकार अबस्था जस्तै बनेको छ।असत्यका विरुद्ध सत्यको पक्षमा उभिएका युवा अभिमन्युहरूको अदम्य साहसको अपरिहार्यता छ।अनि त्यहि पक्षमा सम्मिलित मायावी घटोत्कचहरूको सौर्यता र मायाविपनलाइ निस्तेज र निमिट्यान्न पार्न सौर्यवान कर्णहरुको पनि उत्तिकै आबश्यकता छ। सारमा देशलाइ सकारात्मक दिशामा रूपान्तरण गर्न आज धर्मनिष्ठ, तेजस्वी अर्जुन र दूरदर्शी मार्गदर्शक श्रीकृष्णको आवश्यकता छ। तर दुर्भाग्यवश, सकारात्मक परिवर्तन चाहने सद्भावी नागरिक र योद्धाहरू अभिमन्युको वीरगति पश्चात अर्जुनको अनुपस्थितिमा दिशाहीन,भयग्रस्त र अलमलिएको अवस्थामा छन्।

यसैबीच,विदेशी एजेन्टहरू तथा शक्तिहरू शकुनीझैं षड्यन्त्रको जाल बुनिरहेका छन।जसरि शकुनीले कौरव पक्षका लागि काल्पनिक विजयको तानाबाना बुनिरहन्थे। उनीहरू नेपालको आन्तरिक अस्थिरता र परिबर्तनको ऊर्जा कमजोर पार्ने प्रयासमा संलग्न छन्। समग्रमा, देशको राजनीतिक अवस्था अत्यन्तै तरल, संवेदनशील र निर्णायक मोडमा पुगेको छ। जहाँ स्पष्ट दृष्टिकोण, सशक्त नेतृत्व र जनताको विश्वासको पुनर्स्थापनाको खाँचो छ।

नेपाली जनताले लामो समयदेखि आशा गर्दै आएको परम्परागत शक्ति आज पनि भीष्मको आशिर्वाद र विदुरको नीतिमा भरोसा गर्दै रानी कुन्तीझैं अविचलित देखिन्छ। कतै महर्षि वेदव्यासले सञ्जयलाई प्रदान गरेको दिव्य दृष्टिको माध्यमबाट कुरुक्षेत्रको युद्धको खबर बुझ्दै छटपटाएका हस्तिनापुर नरेशझैं, आजको सन्दर्भमा परम्परागत शक्ति आधुनिक विद्युतीय उपकरण (दिव्य-दृष्टि) मार्फत देशको राजनीतिक घटनाक्रम बुझ्दै छटपटाइरहेको भान हुन्छ।
यही ढुक्कता र छटपटाहटको बीचमा परम्परागत शक्ति अनिर्णयको अवस्थामा मूकदर्शक बनेर बसिरहेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ।देशप्रदेशलाई मायाँ गर्ने देशभक्त तथा वुद्विजीविहरू पनि आआफ्नो डम्फु बजाउदै आत्ममुग्धताको कारण बर्बरीकले झैं टुलुटुलु कुरूक्षेत्रको दृश्य हेरिरहन विवश छन्।ज्ञानको रथमा चढेर विवेकको अस्त्र भेदन गर्दै सत्यको पक्षमा लडाई लड्न सकिरहेका छैनन्।संक्षेपमा देशको राजनैतिक परिवेश घटोत्चकले तहसनहस बनाएर विजयको आशा बोकेको पाण्डव र फेरी तानाबाना बुन्दै उठ्ने आशा पालेको कौरवले भरिएको कुरूक्षेत्रको झैं छ।

भविष्यका सभ्वावनाहरू;
———————————
सत्य र असत्य अनि न्याय र अन्याय बिचको लडाईमा अन्तत्वगत्वा न्याय र सत्यको विजय हुने भएता पनि,विजयको शंख नबनुञ्जेल कुरूक्षेत्रमा अनेकन सम्भावनाहरू जीवित बनेर उपस्थित भएका हुन्छन्।घटोत्चकको सौर्यतापूर्ण वीरगति पश्चात दाउपेच र षडयन्त्रहरू बढ्दै कुरूक्षेत्रमा प्रशस्त सम्भावनाहरूका ढोका खोले झैं,Gen-Z विद्रोहले प्रशस्त नयाँ सम्भावनाहरू लिएर आएको छ।

दशकौंबाट शासक बन्ने मात लागिसकेका ८० बर्ष आसपासका नेताहरू अनेक प्रपञ्च र बाहनामा आफ्ना गुमेको बिरासत फर्काउन तल्लीन देखिन्छन्।प्रजातन्त्र,लोकतन्त्र र संविधानको भजन जप्दै कुशासन,भ्रष्टाचार र लुटतन्त्र मच्चाउदै जीवनको उत्तरार्द्धमा पुगेका नेताहरू हस्तिनापुरको सुनिश्चित बिना प्राण नत्याग्ने प्रण लिएका भीष्म झैं,आफ्नो लुटतन्त्रको सत्ता र साम्राज्य पुनर्स्थापित नभएसम्म विश्राम नलिने प्रणमा देखिन्छन्।कौरव शासनलाई विजयी बनाएर दुर्योधनको पदचाप पछ्याउदै सत्तासुख भोग्न लालायित दुशासन झैं,लालायित बनेर बसिरहेका दोश्रो तहका स्वनामधारी नेताहरू लालायित देखिन्छन्। यसर्थमा दशकौंदेखि खाईपाई आएका,कौरवहरूको झैं मजबुत संगठन भएका र श्रोतसाधन भएका घायल सत्तासीन लुटेराहरू चुप लागेर बस्ने अबस्था देखिदैन।कर्णलाई सेनापति बनाउदै कर्णको सौर्यता र विरतामा विजयको सपना देख्दै दुर्योधन कुरूक्षेत्रमा आए झैं,शक्ति संचय गरि लोकतन्त्र र संविधानको गीत गाउँदै नेपाली राजनैतिक कुरूक्षेत्रमा पक्कै आउने छन्।

Gen-Z विद्रोहले उत्साहित देखिएका राजावादी,धर्मवादी,रा•स्व•पा• लगायत सच्चा Gen-Z हरू पनि आआफ्नो ढङ्गले तरल राजनैतिक परिस्थिति र परिवेशलाई आफु अनुकूल बनाउन लाग्ने नै छन्।नेपाली सेनाको गठन पश्चात इतिहासमा पहिलो पटक देशको राजनैतिक झगडा मिलाउन मध्यस्थ/मुखिया को भूमिका खेलेको नेपाली सेना पनि सजगताका साथ नेपाली राजनीतिको नेपथ्यमा बसेर हेर्दै,परि आउनसक्ने सम्भावित तयारी गरेर बस्ने नै छ।नेपालको भूराजनीतिक अबस्थाको कारण सकृय बनिरहेका बिदेशी शक्तिहरू बर्तमानको तरलतामा अझै सकृय हुनु स्वाभाविक नै हो।परिदृश्यमा देखिएका पश्चिमा र दक्षिणी शक्तिहरू अधिक सकृय हुदा,नेपालको आन्तरिक राजनीतिलाई खलल पुग्न नदिन पनि सेना अवश्य पनि सकृय हुने देखिन्छ।

अत:परम्परागत राजनैतिक शक्तिहरूले आफ्ना कमिकमजोरीहरूलाई आत्मसात गर्दै,नयाँ सोच र आवाजहरूसंग तालमेल गरेर अगाडी बढ्न चाह्यो भने राष्ट्रिय सहमतिको वातावरण बन्न सक्ने छ।आवश्यकताको सिद्धान्तलाई स्वीकार्दै सबै जुट्ने र अट्ने प्रणालीमा जान स्वीकार गर्यो भने,विदेशी चलखेल सुस्त हुदै देश शान्ति र सौहार्दता तर्फ जाने छ।ऐतिहासिक प्रजातान्त्रिक शक्ति काँग्रेस बि•पि• पथमा आएर देशलाई उक्त एजेन्डामा लैजाने प्रयास गर्यो भने पनि नेपाली तरल राजनीतिलाई सकारात्मकता तर्फ लैजान सहज हुनेछ। जतिसुकै विचार,बिरासत र संगठनका कुरा गरे पनि,विश्व राजनैतिक परिवेश कम्युनिस्ट प्रतिकूल हुनु र अधिकांश नेपाली कम्युनिस्टहरू कम्युनिस्ट जीवन पद्धति र आदर्शबाट विमुख बनिरहेको अबस्थामा नयाँ पुस्ताको नितान्त फरक मनोभावले गर्दा झनै प्रतिकूल बनेको छ।यथार्थ परिस्थितिलाई आत्मसात गर्दै,आफुलाई परिमार्जित गर्न नसकेको अबस्थामा नेपाली कम्युनिस्टहरू अस्तित्व रक्षामा सिमित रहनु पर्ने हुनसक्छ।स्मरण रहोस नयाँ परिवेशमा हुर्केका नयाँ पिँढीको मनोभावले भोलिको राजनैतिक भविष्य र वातावरण निर्माण गर्छ।यथार्थलाई स्वीकार नगरेर आपसी द्वन्द कलहमा अलमलिदा बिदेशी शक्तिहरूको ठूलो चलखेल हुनेछ। आपसी कलहलाई आपसी द्वन्दमा परिणत गराउदै,शान्तिको नाममा बिदेशी सेना नेपालमा स्थापना गर्ने दुष्प्रयासहरू हुने छन्।भूराजनीतिक संवेदनशीलतालाई ख्याल नगर्दै एउटा शक्तिको मात्र बुई चढेर अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा चुक्यौं भने,कोरिया करणको दुखद हविगत ब्यहोर्न नपर्ला भनेर भन्न सकिदैन!संक्षेपमा भन्नु पर्दा राष्ट्रिय अखण्डता र सार्वभौमिकता उपर असहज हुनसक्छ!उक्त अबस्थामा नचाहेरै पनि नेपाली सेनाले इतिहासमा पहिलो पटक राजनैतिक नेतृत्व वा अगुवाइको भूमिकामा आउनु पर्ने हुनसक्छ।

तसर्थ कुरूक्षेत्रमा अझै लडाईका परिदृश्यहरू बाँकी नै छन्।कर्ण र अर्जुनको निर्णायक लडाई हुन बाँकी नै छ।अश्वत्थामाको बदलाको आक्रोश थामिएको छैन।सर्वस्व गुमाइसकेको दुर्योधन अब शान्तिको पथमा फर्कने सम्भावना छदैछैन।भीमको प्रतिज्ञा अधुरै छ।तीर्थातनबाट वलराम फर्केर कुरूक्षेत्र आइसकेका छैनन्। दुर्योधनको अहंकार अझै पूर्ण रूपमा ढलिसकेको छैन। आशा गरौं कुरूक्षेत्रमा सत्यको विजय सुनिश्चित गर्न नव अर्जुनको उदय हुनेछ।सकारात्मकताको मार्गदर्शन गर्ने श्रीकृष्ण कुनै न कुनै रूपमा आउने छन्।अन्याय,अत्याचार,भ्रष्टाचार,कुशासन र लुटतन्त्रको अहंकारी दुर्योधनको शासन सदासदाका निम्ति कुरूक्षेत्रको माटोमा बिलाउने छ। राजा परीक्षितले देश सम्हाल्ने छन्। चन्द्र सूर्य झण्डा वुद्धको सन्देश,माता सीताको ममता र भगवान श्री पशुपतिनाथको आशिर्वाद लिएर सगरमाथासंगै फहराई रहने छ,फहराई रहने छ।

No photo description available.

No photo description available.

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।