Washington DC, US : September 15, 2025, Monday 05:39 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीबीचको गहिरो दुश्मनी नै रुस–युक्रेन वार्ता सम्भावनाको मुख्य अवरोध : ट्रम्प|अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाद्वारा पत्रकार र सञ्चार माध्यममाथि भइरहेका धम्की र आक्रमणको कडा निन्दा|जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति|म : सुदीपभद्र खनाल|पेरिसमा सहिदहरूको सम्झनामा दीप प्रज्वलन|जेनजी पुस्ताको आव्हानमा भएको आन्दोलन, संयुक्त राष्ट्रसंघ र नेपाल|अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई एक परदेशीको खुल्ला पत्र|Cartoon|Breaking News : मन्त्रिपरिषद् विस्तार, ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाल मन्त्री|युवाको रगतले लत्पतिएको नेपालमा बिद्रोहको आगो सल्केको त्यो दिन

Breaking News : आन्दोलनमा ज्यान गुमाउनेको संख्या ३४ नाघ्यो, १३६८ जना उपचाररत, ९४९ जना ‘डिस्चार्ज’, बल्ल बोले राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)ले अबको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्नेमा जोड

  NepalMother.com | २६ भाद्र २०८२, बिहीबार ०६:२४

राष्ट्रपति पौडेलको लिखित सम्बोधन : संवैधानिक दायराभित्रै निकास खोज्दैछु, सबै पक्षलाई संयमता र सहकार्यको अपिल

rastrapari-1757583163.JPG

काठमाडौं, भदौ २५ । देशमा जेनजी आन्दोलन तीव्र बन्दै जानुका बीच राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायराभित्र रहँदै निकास दिने सबै सम्भावित प्रयास भइरहेको बताएका छन्। उनले नेपाली जनतालाई सम्बोधन गर्दै मुलुकमा लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्न सबै पक्षसँग संयमता र सहयोगको आह्वान गरेका हुन्।

राष्ट्रपतिले लिखित सन्देशमार्फत भनेका छन्, “देशको अहिलेको विषम परिस्थितिमा संवैधानिक दायराभित्रै रहेर मुलुकलाई कसरी निकास दिने, लोकतन्त्रको जगलाई कस्तो गरी सुरक्षित राख्ने र शान्ति सुव्यवस्था कसरी कायम गर्ने भन्ने विषयमा म निरन्तर विचार–विमर्श र छलफलमा संलग्न छु। आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको समाधान खोजिने विश्वास दिलाउँछु। सबै दाजुभाइ तथा दिदीबहिनीलाई संयमित रहन र शान्ति कायम राख्न सहयोग गर्न हार्दिक अपिल गर्दछु।”


जेनजी आन्दोलनमा मृत्यु ३४ पुग्यो, सयौं अझै उपचारमा

क्र.स. नाम थर उमेर ठेगाना लिङ्ग
श्रीराम चौलागाईं १९ नख्खुलेक पुरुष
सुलभराज श्रेष्ठ २५ नेपालगञ्ज उपमहानगरपालिका–१, बाँके पुरुष
बुद्धि बहादुर तामाङ ४२ कीर्तिपुर न.पा.–२, काठमाडौं पुरुष
गौरव जोशी २१ धनगढी पुरुष
योग बहादुर श्रेष्ठ २९ बाहबिसे न.पा.–६, सिन्धुपाल्चोक पुरुष
ईश्वर बहादुर अधिकारी २६ वन्सथली, काठमाडौं पुरुष
सन्तोष विवक २७ बेलका नगरपालिका–४, उदयपुर पुरुष
आयुष थापा १९ टोखा न.पा.–८, काठमाडौं पुरुष
मिषल सारु मगर १८ अर्घाखाँची पुरुष
१० छत्रमान खड्गीमी ६० धनकुटा पुरुष
११ विमल भट्ट २२ गोर्खा पुरुष
१२ काशी आलम ठकुर २४ नख्खुलेक पुरुष
१३ विजय चौधरी ३२ सिराहा पुरुष
१४ अभिषेक चौलागाईं २१ दोलखा पुरुष
१५ बिनोद मर्झन ३० ललितपुर महानगरपालिका–७ पुरुष
१६ दिल नारायण तामाङ ४२ काभ्रे मेमाल गाउँपालिका–७ पुरुष
१७ योगेन्द्र न्यौपाने २३ दुबाटोके, भक्तपुर पुरुष
१८ प्रविन कुदाल २१ संखुवासभा पुरुष
१९ उमेश महत २२ चावहिल पुरुष
२० नितिका गौतम १७ गौशाला महिला
२१ अर्जुन भट्ट २२ नख्खुलेक पुरुष
२२ देव कुमार सुवेदी २३ नख्खुलेक पुरुष
२३ सौम्य किशोर श्रेष्ठ नख्खुलेक नख्खुलेक पुरुष
२४ सुवास पोखरेल नख्खुलेक नख्खुलेक पुरुष

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मंगलबारसम्म जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। राजधानी काठमाडौंसहित देशभरका विभिन्न अस्पतालहरूबाट प्राप्त तथ्याङ्क यस्तो छः

  • सिभिल अस्पताल, काठमाडौं – ६ जना

  • राष्ट्रिय ट्रमा सेन्टर – ८ जना

  • भेरी अस्पताल, नेपालगञ्ज – ५ जना

  • एभरेष्ट अस्पताल, काठमाडौं – ३ जना

  • फ्रन्टलाइन अस्पताल, काठमाडौं – ३ जना

  • केएमसी अस्पताल, काठमाडौं – २ जना

  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान – २ जना

  • बयोधा अस्पताल, काठमाडौं – २ जना

  • बीएनसी अस्पताल – १ जना

  • त्रिवि शिक्षण अस्पताल – १ जना

  • इलाम अस्पताल – १ जना

डा. बुढाथोकीका अनुसार, “हाल विभिन्न अस्पतालहरूमा १,३६८ जना घाइतेको उपचार भइरहेको छ। त्यसमध्ये ९४९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ६४ जना गम्भीर घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा सारिएको छ।”


देश संकटपूर्ण अवस्थामा, सहकार्य अपरिहार्य

राष्ट्रपतिले अराजकता र हिंसा थप फैलन नदिन सबै सरोकारवालालाई संयमता अपनाउन आह्वान गरेका छन्। उनले हिंसात्मक गतिविधि रोक्न, घाइतेको उपचार र मृतकका परिवारलाई आवश्यक सहयोग गर्न राज्य संयन्त्रलाई समेत निर्देशन दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

विभिन्न राजनीतिक दल, नागरिक समाज, शिक्षक, विद्यार्थी तथा अन्तर्राष्ट्रिय समुदायले पनि जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्नेतर्फ सरकारले तत्काल कदम चाल्नुपर्ने बताइरहेका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नुपर्ने बताएकी छन् । बिहीबार (भदौ २६) एक विज्ञप्ति जारी गर्दै संवैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढाउनु पर्ने बताएकी हुन् ।

“प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार काम चलाउ छ, तर हामीसँग मुलुकको संविधान बमोजिम गठित राष्ट्रपति र जननिर्वाचित संसद् जस्ता संस्थाहरू कायम नै छन् । त्यसकारण, अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ,” विज्ञप्तिमा भनिएको छ, “यस प्रक्रियामा सम्माननीय राष्ट्रपतिले पहलकदमी लिनु पर्दछ । संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु पर्दछ ।”

May be an image of text

नेकपा (एमाले)ले अबको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्नेमा जोड दिएको छ ।

पार्टी सचिवालयका तर्फबाट बिहीबार (भदौ २६) महासचिव शंकर पोखरेलले वक्तव्य जारी गर्दै युवापुस्ताका सरोकार सम्बोधन गरिनुपर्ने उल्लेख गरेका छन् । उनले सार्थक संवाद थाल्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानकर्षण गराएका छन् ।

b1-1757577989.jpg

b2-1757577989.jpg

b3-1757577990.jpg

 

 

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।