Washington DC, US : January 17, 2026, Saturday 02:01 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को “गोबर गणेश” आयो|अमेरिकी राष्ट्रपति ट्रम्पले भिसा नीतिमा ठूलो र कडा कदम चाल्दै ७५ देशका नागरिकलाई दिइने ‘इमिग्रेन्ट भिसा’ (आप्रवासी भिसा) मा प्रतिबन्ध|Breaking News : इरानका पुर्ब युबराज रेजा पहलवीले इरानमा विरोध प्रदर्शनहरूमा कम्तीमा १२ हजार मानिसको ज्यान गएको दाबी गरे|सत्य र न्यायको खोजी अभियान भन्छ ‘महान्यायाधिवक्ताको मुद्दा फिर्ता गर्ने निर्णय कानुन विपरीत, कानुनी व्यवस्थाको गम्भीर उल्लङ्घन’|ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने आफ्नो महत्वाकांक्षामा साथ नदिने देशहरूमाथि भन्सार कर (ट्यारिफ) लगाउने चेतावनी|इरानका अन्तिम राजाका निर्वासित छोरा अर्थात युबराज रेजा पहलवीले विश्व समुदायलाई इरानमा भइरहेको सरकारविरोधी आन्दोलनलाई सहयोग गरी वर्तमान शासन ढाल्न आह्वान|आमा म त खरानीबाट उठेर आएँ !|Breaking News: देउबा गुटलाई ठुलो झड्का, निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन थापा पक्षलाई मान्यता, असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने|प्रचण्ड माधबका सपना यसरी पुरा होलान ?|नेपाली हामी रहौंला कहाँ नेपालै नरहे !

Breaking News : काठमाडौंमा जेन–जी आन्दोलन, मृत्यु संख्या १५ पुग्यो, अस्पतालहरूमा १९४ जनाभन्दा बढी घाइते मान्छे मारेरै आएका र पालैपालो लुटेर खाएका, रगतले अझै नाघाएकाहरु अझै पनि मान्छे मार्दैछन, रगतका भोका छन ! आज फेरि बगेको रगतले तिमीहरुलाई भतभती पोल्ने छ, याद गर !

  NepalMother.com | २३ भाद्र २०८२, सोमबार ०६:३६

Updated

काठमाडौं उपत्यकामा भइरहेको जेन–जी आन्दोलनको क्रममा ट्रमा सेन्टरमा थप एक प्रदर्शनकारीको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको कुल संख्या १५ पुगेको छ। स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालसँगको समन्वयमा तयार पारेको तथ्यांकअनुसार, घाइते हुनेको संख्या १९४ जनाभन्दा बढी रहेको छ ।

मृत्यु विवरण

  • ट्रमा सेन्टर : ७

  • सिभिल अस्पताल : ३

  • एभरेष्ट अस्पताल : ३

  • केएमसी अस्पताल : १

  • त्रिवि शिक्षण अस्पताल : १

अवस्था अझै तनावपूर्ण

कर्फ्यू जारी हुँदाहुँदै पनि नयाँ बानेश्वर र आसपासका क्षेत्रमा प्रदर्शन जारी छ। आक्रोशित युवाहरूले सडकमा नारा लगाउँदै प्रहरीमाथि समेत ढुंगामुढा गरेका छन्। प्रहरीले जवाफमा अश्रुग्यास र रबरको गोली प्रयोग गरिरहेको छ।

घाइते र उद्धार

स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौंका विभिन्न अस्पतालमा सयौं घाइते छन्। तीमध्ये करिब ५० जना गम्भीर अवस्थामा रहेको पुष्टि भएको छ। काठमाडौं महानगरपालिकाले मात्र ५० भन्दा बढी घाइतेलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याएको जनाएको छ।

घाइतेहरूको अवस्था

मन्त्रालयले संकलन गरेको पछिल्लो विवरण अनुसार, सबैभन्दा बढी घाइतेहरू सिभिल अस्पतालमा उपचाररत छन्।

  • ट्रमा सेन्टरमा २४

  • केएमसी अस्पतालमा २०

  • त्रिवि शिक्षण अस्पतालमा १५

  • एभरेष्ट अस्पतालमा ३४

  • पाटन अस्पतालमा पनि केही घाइते पुर्‍याइएको छ।

समेत गरेर करिब ५० जनाजति गम्भीर अवस्थामा रहेको र थप सयौं घाइते भएका अनुमान गरिएको छ।

पत्रकारहरू पनि घाइते

प्रदर्शन कभरेज गर्ने क्रममा पत्रकारहरू समेत प्रहरीको गोलीबाट घाइते भएका छन्।

  • नयाँ पत्रिका का फोटो पत्रकार दिपेन्द्र ढुंगाना

  • नेपाल प्रेस का फोटो पत्रकार उमेश कार्की

  • कान्तिपुर टेलिभिजन का श्याम श्रेष्ठ

तीनै पत्रकारलाई प्रहरीको रबरको गोली लागेको र उनीहरूको उपचार सिभिल अस्पतालमा भइरहेको छ।

मानव अधिकार आयोगको मौनता

प्रहरीको बल प्रयोगले लगातार मृत्यु र घाइते बढ्दै गए पनि राष्ट्रिय मानव अधिकार आयोग नेतृत्व तहमा मौन देखिएको छ।
अध्यक्ष तपबहादुर मगरले आफू अन्य कार्यक्रममा व्यस्त रहेको भन्दै जिम्मेवारी प्रवक्तामार्फत बुझ्न आग्रह गरेका छन्।

प्रशासनको प्रतिक्रिया र कर्फ्यू

प्रदर्शन नियन्त्रणबाहिर गएपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले दिउँसो कर्फ्यू आदेश जारी गरेका थिए। तर आदेशपछिसमेत अवस्था नियन्त्रणमा आएको छैन। बानेश्वर क्षेत्रमा सेना तैनाथ हुनुअघि नै आक्रोशित युवाहरूले सडकमै सुतेर सैनिक गाडी रोकेका थिए।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले स्थानीय प्रशासन र सुरक्षा समितिले परिस्थिति मूल्यांकन गर्दै कदम चालेको भएपनि मन्त्रालयले आवश्यक समन्वय गरिरहेको बताएका छन्।

पोखरा र अन्य शहरमा प्रदर्शन

काठमाडौंमा भएका मृत्युको खबर बाहिरिएपछि पोखरा लगायतका शहरमा पनि प्रदर्शन चर्किएको छ। पोखरामा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध नाराबाजी गर्दै राजीनामा माग गरेका छन्।

शहीदचोक क्षेत्र वरपर निषेधाज्ञा जारी भए पनि प्रदर्शन जारी छ। प्रहरी–प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार र हानाहान भइरहेको छ।

आन्दोलनको स्वरूप

सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार अन्त्य र मानव अधिकारको सुनिश्चितताका मागसहित सुरु भएको जेन–जी आन्दोलन राजधानीदेखि विभिन्न जिल्लासम्म फैलिएको छ। काठमाडौं, पोखरा, चितवन, झापा र मोरङमा आन्दोलन तीव्र बन्दै गएको छ।

रुपन्देहीमा कर्फ्यु : भैरहवा–बुटवल क्षेत्र पूरै बन्द

‘जेन–जी’ आन्दोलन देशभर उग्र बन्दै गएपछि रुपन्देही जिल्लामा पनि कर्फ्यु आदेश जारी गरिएको छ। प्रदर्शनकारीहरूले तोडफोड र आक्रमण सुरु गरेपछि प्रशासनले सोमबार (भदौ २३) दिउँसो ४ बजेदेखि राति १० बजेसम्मका लागि भैरहवा र बुटवल क्षेत्रमा कर्फ्यु घोषणा गरेको हो।

कांग्रेस कार्यालयमा तोडफोड

भैरहवामा प्रदर्शनमा उत्रिएका आक्रोशित युवाहरूले नाराबाजी गर्दै कांग्रेस पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका थिए। त्यसपछि अवस्था झनै तनावपूर्ण बनेपछि प्रशासनले तत्काल कर्फ्यु आदेश जारी गरेको हो।

चार किल्ला निर्धारण

भैरहवा क्षेत्र

  • पूर्व : रोहिणी खोला

  • पश्चिम : बेथरी पुल

  • उत्तर : बुद्धचोक

  • दक्षिण : मेउडिहवा

  • बुटवल–बेलहिया सडक खण्ड दायाँबायाँ १०० मिटर क्षेत्र

बुटवल क्षेत्र

  • पूर्व : पेट्रोलपम्प (धागो कारखाना पुल)

  • पश्चिम : बेलवास चोक

  • उत्तर : चिडिया खोला

  • दक्षिण : मंगलापुर

प्रशासनको आदेश

प्रशासनद्वारा जारी सूचनामा भनिएको छ :
“तोकेका चार किल्लाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ पूर्ण रूपमा निषेध गरिएको छ। आदेश उल्लंघन गर्नेहरूमाथि कानुन अनुसार कारबाही गरिनेछ।”

Photo Source: Nepalmother/Onlinekhabar/facebook/GenZ/Nepalpress  etc.

 

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।