Washington DC, US : June 24, 2026, Wednesday 05:42 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रधानमन्त्री तथा लेबर नेता सर कीर स्टार्मरले पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गरेपछि….|अन्तर्राष्ट्रिय निगरानीमा नेपाल फेल, ‘ग्रे लिस्ट’ बाट हट्न सकेन, चेतावनी सहित एक बर्ष अर्को मौका|मेस्सी कीर्तिमानको खोजीमा हिँडिरहेका छैनन्, बरु कीर्तिमानहरू नै उनको प्रतीक्षामा बसेका छन|Breaking News : विष्णु पौडेल पक्राउपछि एमालेमा तरंग|राजालाई लखेटनेहरु आफै कसरी लखेटिए ?|बालेन र रबिहरुलाई असफल हुने छुट छैन, भए देश ३० बर्ष फेरि पछाडी धकेलिने !|विश्व कप चलिरहदा `भकुण्डो´बाल गीत सार्वजनिक|रास्वपाको महाधिवेशनतर्फ देशको ध्यान, पुराना दलहरू भने नेतृत्व संकट र आन्तरिक कलहमा|अमेरिका र इरानबीच नयाँ चरणको वार्ता स्विट्जरल्याण्डमा सुरु|रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको आक्रामक सम्बोधन

लिपुलेक लगायतका नेपाली भूभाग बारे चीनसँग कुरा भएको भन्छ नेपाल तर चीन केही उल्लेख नै गर्दैन, कुरो के हो ? चीनले यस बारेमा आधिकारिक भनाइ नराखे सम्म नेपालको दाबी प्रमाणित हुने कुनै आधार देखिएको छैन

  NepalMother.com | १४ भाद्र २०८२, शनिबार २१:५९

चीनको विदेश मन्त्रालयको बिज्ञप्तिमा चिनले ताइवान र एक चीन नीतिको कुरा उठाएको कुरा छ तर नेपालले लिपुलेक या आफ्नो कुनै भूभाग बारे उठाएको कुनै कुरा नेपालका तर्फबाट नेपाल को राजदुताबासले दाबी गरे जस्तो केहि उल्लेख छैन। चीनले यस बारेमा आधिकारिक भनाइ नराखे सम्म नेपालको दाबी प्रमाणित हुने कुनै आधार देखिएको छैन। हेर्नुस चीनको भनाइ जस्ताको तस्तै :

राष्ट्रपति सी चिनफिङद्वारा नेपाली प्रधानमन्त्री के. पी. शर्मा ओलीसँग भेट
मिति: २०८२ भदौ १३ गते, राति ११:३०

भदौ १३ गते दिउँसो चीनको तिआनजिन गेस्ट हाउसमा राष्ट्रपति सी चिनफिङले शाङ्घाई सहयोग सङ्गठन (SCO) शिखर सम्मेलन २०२५ र चीनको जापानी आक्रमणविरुद्धको जनयुद्ध तथा विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री के. पी. शर्मा ओलीसँग भेटवार्ता गर्नुभयो।

राष्ट्रपति सी चिनफिङका भनाइ

राष्ट्रपति सीले चीन र नेपाल हिमाल–नदीद्वारा जोडिएका छिमेकी मात्र नभई सधैं शान्ति प्रेमी र आत्मनिर्भर मित्रराष्ट्र भएको उल्लेख गर्नुभयो। ७० वर्षभन्दा लामो कूटनीतिक सम्बन्धमा दुई देशका जनताले कठिनाइमा पनि सँगै उभिएर ऐतिहासिक मैत्रीपूर्ण अध्याय रचेको कुरा उनले स्मरण गरे।
हाल बेल्ट एण्ड रोड पहलअन्तर्गतको उच्च गुणस्तरीय सहकार्यमा दुवै देशले प्रगति गरिरहेका छन् र दुवै जनताबीच निकट सम्बन्ध विकसित भएको बताउँदै चीनले यस मित्रतालाई निरन्तरता दिँदै रणनीतिक साझेदारीलाई अझै उच्च स्तरमा लैजाने इच्छा व्यक्त गर्‍यो।

राष्ट्रपति सीले दुवै पक्षबीच:

  • परस्पर रणनीतिक विश्वास अभिवृद्धि गर्ने,

  • एकअर्काका प्रमुख चासो र हितमा दृढ समर्थन गर्ने,

  • बेल्ट एण्ड रोड पहललाई संयुक्त रूपमा अघि बढाउने,

  • बन्दरगाह, सडक, विद्युत् प्रसारण, विमानन, दूरसञ्चार आदिमा सम्पर्क सुदृढ गर्ने,

  • उद्योग, कृषि, पशुपालन, नयाँ ऊर्जा, वातावरण संरक्षण, तेल तथा ग्यास, कृत्रिम बुद्धिमत्ता, शिक्षा, स्वास्थ्य, कानुन कार्यान्वयन र सुरक्षामा सहकार्य विस्तार गर्ने,

  • ७०औँ वार्षिकोत्सवका कार्यक्रमलाई निरन्तरता दिने,

  • संयुक्त राष्ट्रसंघ र शाङ्घाई सहयोग सङ्गठन जस्ता बहुपक्षीय संयन्त्रमा संचार तथा समन्वय बढाउने, स्वतन्त्र व्यापार, दिगो विकास, अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको पक्षमा उभिने आवश्यकता औंल्याउनुभयो।

प्रधानमन्त्री ओलीका भनाइ

प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धले धेरै परीक्षा पार गरे पनि झनै बलियो बनेको बताए।
दुवै देशले एकअर्काको सम्मान र विश्वास गर्दै आएका र आपसी चासोमा ध्यान दिने गरेको स्मरण गर्दै उनले चीनसँगको सहकार्यले नेपालको आर्थिक तथा सामाजिक विकासमा ठूला उपलब्धि दिलाएको बताए।

नेपाल एक–चीन नीतिमा दृढ रहेको, “ताइवान स्वतन्त्रता”को विरोध गर्ने र आफ्नो भूमि चीनविरुद्ध प्रयोग हुन नदिने अठोट पनि ओलीले दोहोर्याए।
नेपाल निरन्तर विकासमा प्रतिबद्ध रहेको र बेल्ट एण्ड रोड पहलमार्फत चीनसँग व्यापार, लगानी, कृषि, विज्ञान प्रविधि, पर्यटन, जलवायु प्रतिक्रिया लगायतका क्षेत्रमा सहकार्य गहिर्याउन इच्छुक रहेको उनले प्रष्ट पारे।

नेपालले चीनले प्रस्ताव गरेका वैश्विक विकास पहल (Global Development Initiative), वैश्विक सुरक्षा पहल (Global Security Initiative)वैश्विक सभ्यता पहल (Global Civilization Initiative) लाई समर्थन गर्ने पनि ओलीले जनाए।
उनले शाङ्घाई सहयोग सङ्गठनको भूमिकालाई महत्व दिँदै “शाङ्घाई स्पिरिट”लाई सम्मान गर्ने र अन्तर्राष्ट्रिय मामिलामा चीनको अझ ठूलो भूमिकाको अपेक्षा गर्ने बताए।

उपस्थित व्यक्तित्वहरू

सो बैठकमा काइ ची, वाङ यी, चेन् मिन’अरलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।

 Source : https://www.fmprc.gov.cn/…/202508/t20250830_11698944.html

नेपाली राजदूतावास, बेइजिङ ले भने यसरी बिज्ञप्ति निकालेरै त्यस बारेमा कुरा भएको दाबी गरेको छ :
प्रेस विज्ञप्ति

सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले आज चीनको तिआनजिन शहरमा चीनका राष्ट्रपति महामहिम सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो। दुवै नेताहरूले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षबारे छलफल गर्दै आगामी दिनमा परस्पर लाभदायी सहयोगलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्माननीय प्रधानमन्त्रीले नेपालको विकास प्रयासमा चीनले दिँदै आएको निरन्तर समर्थनप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रही सधैं सहज रूपमा अघि बढेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग सङ्गठन (SCO) को २०२५ को शिखर सम्मेलनको सफलताका लागि शुभकामना व्यक्त गर्दै चीनका राष्ट्रपति समक्ष नेपाललाई SCO को सदस्यता दिलाउन समर्थन गर्न अनुरोध गर्नुभयो।

पहिले नै सहमति भएका परियोजनाहरू, विशेषगरी बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) अन्तर्गतका कामलाई छिटो कार्यान्वयन गर्न आशा व्यक्त गर्दै उहाँले मल, पेट्रोलियम अन्वेषण, मानव स्रोत विकास, जलवायु प्रतिरोधात्मक क्षमता तथा जनस्तरमैत्री सम्पर्क जस्ता क्षेत्रमा सहयोगको आवश्यकता रहेको बताउनुभयो।

भारत–चीनबीच हालै भएको लिपुलेक हुँदै सीमा व्यापारसम्बन्धी समझदारीको सन्दर्भ उठाउँदै प्रधानमन्त्री ओलीले उक्त भूभाग नेपालकै भएको र नेपाल सरकार यसबारे कडा आपत्ति जनाइसकेको स्पष्ट पार्नुभयो।

राष्ट्रपति सी चिनफिङले समृद्ध नेपाल, खुशी नेपालीको आकाङ्क्षा पूरा गर्न चीन सहयोग गर्न इच्छुक रहेको जनाउनुभयो। उनले नेपाललाई संयुक्त राष्ट्रसंघ र शाङ्घाई सहयोग सङ्गठनजस्ता बहुपक्षीय मञ्चहरूमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। चीनका राष्ट्रपति सीले एक–चीन नीतिप्रति नेपालले देखाएको दृढ अडानको प्रशंसा गर्दै नेपालमा बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत सहमति भएका उच्च गुणस्तरीय विकास परियोजनाहरूलाई कार्यान्वयन गर्ने क्रममा निरन्तर समर्थन रहने आश्वासन दिनुभयो।

प्रधानमन्त्री ओली र उहाँको प्रतिनिधिमण्डल आज अपराह्न तिआनजिन शहर पुग्नुभयो। तिआनजिन बिनहाई अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई चीनका वाणिज्य प्रशासन महासचिव सुन्ज मेइजुन, तिआनजिन जनकाङ्ग्रेसका अध्यक्ष यु युनलिन तथा नेपालका लागि चिनियाँ राजदूत कृष्ण प्रसाद ओलीले स्वागत गर्नुभयो।

प्रधानमन्त्री ओलीले भोलिदेखि हुने SCO शिखर सम्मेलनका गतिविधिहरूमा सहभागी भई विश्व नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ। साथै, भोलि चीनका राष्ट्रपति महामहिम सी चिनफिङ र श्रीमती पेंग लियुआनको आतिथ्यमा आयोजना हुने स्वागत भोज तथा विशेष सांस्कृतिक कार्यक्रममा पनि उहाँ सहभागी हुने कार्यक्रम रहेको छ।

नेपाल दूतावास, बेइजिङ
३० अगष्ट २०२५

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor