Washington DC, US : March 14, 2026, Saturday 03:19 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट|Breaking News : इरानमा विरोध प्रदर्शन रोक्न गुप्तचर इकाइले कडा चेतावनी जारी, नयाँ सर्वोच्च नेता “घाइते तर सम्भवत जीवित”|अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान KC-135 इराकमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार छ जनामध्ये चार जना सैनिकको मृत्यु|पानी परे पछि बल्ल अलिकति सुधार भएको छ राजधानीको बायु प्रदुषण|एनआरएनलाई विदेशी जस्तो बनाइयो|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न|“ब्यालिस्टिक मिसाइल आक्रमण करिब ९० प्रतिशतले घटेको र एकतर्फी आक्रमण गर्ने ड्रोन करिब ८३ प्रतिशतले कम”|ट्रम्पले इरानसँग भइरहेको युद्ध धेरै लामो समय नचल्ने दाबी गरे

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङ नियुक्त शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औं महानिरीक्षकको रूपमा नियुक्त

  NepalMother.com | १३ भाद्र २०८२, शुक्रबार ०७:४३

नेपाल प्रहरीमा चन्द्रकुवेर खापुङ : ३२औं महानिरीक्षक बने

१३ भदौ, काठमाडौं /  नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औं महानिरीक्षकको रूपमा नियुक्त गरेको हो । हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत खापुङले भदौ १९ गतेदेखि पदभार सम्हाल्नेछन् ।


जीवन यात्रा : तेह्रथुमदेखि प्रहरी सेवासम्म

तेह्रथुमका खापुङ २०४३ सालमा अध्ययनका लागि काठमाडौं आएका थिए । नेपाल ल क्याम्पसमा नाम निक्लिए पनि समयमै भर्ना हुन नसक्दा समस्या भोग्नुपरेको उनी सम्झिन्छन् । अन्ततः मित्रहरूको सहयोगमा ल क्याम्पसमा भर्ना भई स्नातक उत्तीर्ण गरे ।

२०५२ साल कात्तिक २६ गते विशेष दरबन्दी सिर्जना गरी उनलाई प्रहरी सेवामा इन्स्पेक्टर पदमा नियुक्ति दिइयो । त्यतिबेला माओवादी द्वन्द्व सुरु भइसकेको थियो, जसका कारण खापुङले प्रहरी सेवाको सुरुवातै अपरेसन र द्वन्द्वग्रस्त क्षेत्रमा खटिनेदेखि भयो ।


द्वन्द्वकालीन अनुभव र गोलीकाण्ड

प्रहरी सेवामा रहँदा उनले धेरै जोखिमपूर्ण अपरेसनहरूमा नेतृत्व गरे । २०५६ सालमा सिन्धुपाल्चोकको मांखा क्षेत्रमा अपरेसन चलाउँदा खापुङलाई गोली लाग्यो । कम्मरमा लागेको गोली ढाडतर्फ निस्किएको थियो । त्यो क्षणलाई सम्झँदै उनी भन्छन्— “गोलीको स्वाद चाखेको मान्छे हुँ, नजिस्काउ है !”

उक्त घटनाले उनको जीवनमा ठूलो मोड ल्याएको छ । उनी भन्छन्— “त्यसै दिन मलाई लाग्यो, म आईजीपी बन्नकै लागि बाँचेको हुँ ।”


प्रहरी सेवामा जिम्मेवारी र उन्नति

गोलीकाण्डपछि पनि उनले मोरङ, काठमाडौं, सुर्खेत, सिन्धुपाल्चोक लगायतका स्थानमा महत्वपूर्ण जिम्मेवारी सम्हाले । बेलबारी इलाका प्रहरी कार्यालयमा रहँदा उनले प्रहरी सेवाभित्र र जनसमुदायबीच छुट्टै पहिचान बनाउन सफल भए ।

उनले २०६४ सालमा डीएसपीमा बढुवा पाएर हाइटी मिसनसमेत गए । त्यसपछि बाग्लुङ प्रहरी प्रमुख, काठमाडौं प्रहरी अपरेसन इन्चार्ज, सिंहदरबार गण, दरबारमार्ग वृत्त लगायतका महत्त्वपूर्ण पदमा काम गरे । माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनी पीएसओसमेत बने ।

२०७३ सालमा एसपी, २०७७ सालमा एसएसपी, २०८० मा डीआईजी, २०८२ मा एआईजी हुँदै हाल आईजीपी पदमा पुगेका छन् ।


सहकर्मी र प्रतिस्पर्धा

खापुङसँगै इन्स्पेक्टरमा प्रवेश गरेका वसन्तबहादुर कुँवर यसअघि नै आईजीपी भइसकेका थिए । खापुङको ब्याचका अरू सहकर्मीहरू पनि एआईजी र डीआईजी बनेर अवकाश पाए । तर खापुङ निरन्तर प्रगति गर्दै प्रहरी संगठनको सर्वोच्च कमान्डसम्म पुगेका हुन् ।


चन्द्रकुवेर खापुङको जीवन कथा सामान्य गाउँको युवा हुँदै कठोर द्वन्द्वकालीन अनुभव, गोलीकाण्डबाट बाँचेको जीवन–संघर्ष, र निरन्तर मेहनतको परिणामस्वरूप अहिले नेपाल प्रहरीको सर्वोच्च कमान्डमा पुगेको सफल यात्राको कथा हो ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।