Washington DC, US : February 17, 2026, Tuesday 06:49 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बुटवलमा गुल्मेलीहरुले ल्याएको लोभ लाग्दो धार्मिक लहर|Heartbreaking True Story : “छायाँमा बाँचिरहेको छु। न घर छ, न देश, न त कतैको नागरिक भएको प्रमाण।”|अर्को आर्थिक संकट कहिले आउँछ भन्ने कसैले ठ्याक्कै भन्न सक्दैन, तर.. !|अग्रज लोक गायक बम बहादुर कार्कीको “जुन तारा झलल”|हजारौं “छोंटे राजा” र तिनका पछाडी लाग्नेको भीड हेर्नु भएकै छ, आज “बढे राजा” र उनको पछाडीको भीड पनि हेर्नुस !|कविता – धर्म|प्रधानमन्त्री सुशीला कार्कीले भनिन “हामी सबै मिलेर सफल, विश्वसनीय र ऐतिहासिक निर्वाचन सम्पन्न गर्नेछौँ”|हुने भनिएको यो निर्वाचन, यो राजनीति, यी नेता, यी उमेदवार र जनताका सन्दर्भमा लागेका सत्य तर तीता कुरा !|भ्रष्टाचार नियन्त्रणको सवालमा संवैधानिक निकाय र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय अभाव : अख्तियार दुरुपयोग अनुसन्धान आयोग|Breaking News: क्यानडाको सानो सहर टम्बलर रिजमा मंगलबार भएको सामूहिक गोलीकाण्डबारे विस्तृत विवरण सार्वजनिक

पार्टीभित्र असन्तोष बढाउने गतिविधि भइरहेको भन्दै ओलीको आक्रोश

  NepalMother.com | ६ भाद्र २०८२, शुक्रबार ०७:५४

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र असन्तोष बढाउने गतिविधि भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै ओलीले हालै खुलेको मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालयप्रति असन्तुष्टि प्रकट गरे। उनले अर्को वर्ष जन्मदिन मनाउनकै लागि छुट्टै कार्यालय खोलिएको टिप्पणी गर्दै यसलाई पार्टीविरुद्ध क्रियाशील हुने प्रयासको रूपमा व्याख्या गरे।

ओलीले भने, “अर्को वर्ष आउने असार १४ गतेको जन्मदिन मनाउनलाई अहिलेदेखि कार्यालय खोलेर पार्टीभित्र असन्तुष्टहरूलाई भेला गर्ने, जमात बनाउने भनेको के हो? यस्तो तरिका सहि होइन।”

यसक्रममा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि कटाक्ष गरे। उनले भण्डारीले पार्टी सदस्यता आफैंले छोडेको दाबी गर्दै, “खोसेको होइन, राष्ट्रपति हुनकै लागि सदस्यता छोडेर जानुभएको हो,” भने। उनले सदस्यता नवीकरणबारे पनि कुनै छलफल पार्टीसँग नभएको बताए।

ओलीका अनुसार, “सदस्यता आवेदन पनि नगरी, नवीकरणका लागि पार्टीमा आएर कुरा पनि नगरी, बाहिरैबाट सदस्यता पाइन्छ भन्ने त होइन। दर्ता चलानी शाखामा पैसा बुझाएर मात्र नवीकरण हुँदैन।”

राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि यस्तो समस्या उत्पन्न हुन्छ भन्ने कुरा आफूले कहिल्यै कल्पना नगरेको पनि ओलीले बताए। उनले भने, “दुई–दुई पटक राष्ट्रपति भइसकेको मान्छे, पार्टीमा फर्केर आएर समस्या खडा गर्नुहुन्छ भन्ने मैले कल्पनै गरेको थिइनँ।”

ओलीले भण्डारीमाथि पार्टीभित्र चुनाव हारेका, असन्तुष्ट र जनसंगठनमा पराजित भएकाहरूलाई भेला गरेर जमात बनाइरहेको आरोप लगाए। उनले भने, “पार्टीप्रति कहिल्यै पक्षमा नबोल्ने, सधैं असन्तुष्ट रहने, विभिन्न संगठनमा हारेका मान्छेहरूलाई संकलन गरेर असन्तुष्टहरूको जमात बनाएर हिँडिरहनु भएको छ।”

यसरी ओलीको टिप्पणीले पार्टीभित्र बढ्दो असन्तुष्टि र नेतृत्वबीचको मनोमालिन्य फेरि सतहमा आएको देखाएको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच हालैको राजनीतिक रस्साकस्सी खुलेर सार्वजनिक भएको छ । भण्डारीले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दै ओलीप्रति प्रश्न उठाएपछि ओलीले तुरुन्तै च्यासलस्थित पार्टी कार्यालयबाट ती आरोपहरूको जवाफ फर्काएका हुन् ।

भण्डारीले आफूलाई पार्टी सदस्यता नदिएको भन्दै चर्को आपत्ति जनाउँदै पार्टी नेतृत्व र सरकारप्रति प्रश्न उठाएकी थिइन् । उनले आफू चार दशकभन्दा बढी समयदेखि पार्टीमा सक्रिय रहेको र एमाले जन्मनु भन्दा अघि नै राजनीतिमा होमिएको दाबी गर्दै एमालेप्रतिको निष्ठा व्यक्त गरिन् । तर, ओलीले भण्डारीको आरोप अस्वीकार गर्दै सदस्यता पार्टीले खोसेको नभई राष्ट्रपतिको पद सम्हाल्दा उहाँले आफैं परित्याग गरेको जिकिर गरे ।

ओलीले “राष्ट्रपति हुन जाँदा सदस्यता परित्याग गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले उहाँको सदस्यता स्वतः अन्त्य भएको हो” भन्दै पुनः सो सदस्यता नवीकरण असम्भव भएको बताए । उनले भण्डारीले राष्ट्रपतिपछि पार्टी कार्यालयका कर्मचारीलाई झुक्याएर रसिद लिएर सदस्यता लिएको आरोप समेत लगाउँदै “त्यस्तो कदमले सदस्यता पुनः जीवित हुँदैन, बरु नयाँ प्रक्रियाबाट मात्रै लिन सकिन्छ” भने ।

यसैबीच, ओलीले भण्डारीको हालको सक्रियतालाई असन्तुष्टहरूको जमात तयार गर्ने रणनीति भनेर व्याख्या गरे । उनले पार्टीभित्र चुनावमा पराजित वा असन्तुष्ट व्यक्तिहरूलाई भेला गरेर छुट्टै गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै, पार्टी एकतालाई क्षति पुर्‍याउने खालको गतिविधि भएको टिप्पणी गरे ।

मदन भण्डारीको अर्को वर्षको जन्मजयन्ती मनाउनका लागि अहिले नै छुट्टै कार्यालय खोलिएको घटनाप्रति ओली झन् असन्तुष्ट देखिए । उनले यसलाई “पार्टीका विरुद्धमा भित्रभित्र क्रियाशील हुने गलत तरिका” भन्दै आलोचना गरे ।

भण्डारीले भने आफू निरन्तर एमालेकै कार्यकर्ता भएर काम गर्न चाहेको अभिव्यक्ति दिएकी थिइन् । तर ओली भने यसलाई पार्टीविरुद्ध असन्तुष्टहरूको जमात खडा गर्ने राजनीतिक चाल भएको ठहर गर्दै अघि बढेका छन् ।

यसरी, पूर्वराष्ट्रपति भण्डारीको पुनः सक्रियता र अध्यक्ष ओलीको प्रतिवादले एमालेभित्रको आन्तरिक तनाव खुला रूपमा सतहमा आएको छ । अब यो रस्साकस्सीले पार्टीको संगठनात्मक एकता र भविष्यमा कसरी असर पार्ने हो भन्ने प्रश्न खुलेर सतहमा आएको छ ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।