Washington DC, US : November 7, 2025, Friday 05:41 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|नेपालका समाचार : ओलीका धम्की देखि कांग्रेस, बाम, रास्वपा हुँदै घिसिङ्ग सम्मका बिभाजन र एकताका राग, राजनीति मात्रै भएको देश|Breaking News : ४३ वर्षदेखि सत्तामा रहेका ९२ वर्षीय बियाले फेरि शपथ लिए राष्ट्रपति पदको, ९९ वर्षको उमेरसम्म पनि सत्तामा रहने सम्भावना|४० ठूला विमानस्थलहरूमा हवाई उडानमा १० प्रतिशतसम्म कटौती|ध्रुवलाल श्रेष्ठ र स्वागत नेपाल एकैसाथ|जान्नै पर्ने, बुझ्नै पर्ने तितो यथार्थ : कम्युनिस्ट के हो ? अबको युगमा कम्युनिजम सम्भावना छ ? नेपालमा कम्युनिस्ट छन् त ?|माइकी शेरेल न्युजर्सीको गभर्नर, डेमोक्र्याटको पकड पुनः सुदृढ|Breaking News : जोह्रान ममदानी न्यूयोर्क सहरका मेयर निर्वाचित, अमेरिकाको सबैभन्दा ठूलो सहरको इतिहासमै पहिलो मुस्लिम मेयर|Breaking News : डेमोक्र्याटहरूको ‘क्लिन स्वीप’, एबिगेल स्पानबर्गर भर्जिनियाको पहिलो महिला गभर्नर, गजाला हस्मी उप–गभर्नर|UPS कार्गो विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त, कम्तिमा सात जनाको मृत्यु, ११ घाइते, FAA र NTSB ले संयुक्त रूपमा अनुसन्धान सुरु गरे|विश्वव्यापी ट्यारीफ : ह्वाइट हाउसको दुई ट्रयाकको योजना

सहकारी ठगी प्रकरणमा सरकारको भूमिका ‘निकम्मा’ : गगन एक व्यक्तिमाथि मात्र बहस केन्द्रित गरेर हजारौं पीडितलाई बेवास्ता

  NepalMother.com | ५ भाद्र २०८२, बिहीबार ०८:२६

कांग्रेस महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा सरकारको भूमिका ‘निकम्मा’ भएको आरोप लगाउँदै एक व्यक्तिमाथि मात्र बहस केन्द्रित गरेर हजारौं पीडितलाई बेवास्ता गरिएको बताएका छन्। संसदमा बोल्दै उनले सरकारले सुरु देखिनै निष्पक्ष र कठोर कदम चालेको भए आज यस्तो राजनीतिक कोकोहोलो सिर्जना नहुने धारणा राखे।

थापाले सूर्य थापाको नेतृत्वमा बनेको समितिका सुझाव र पूर्व अर्थसचिव रामेश्वर खनालको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै आलोचना गरे। उनका अनुसार हालसम्म ५० हजारभन्दा बढी व्यक्तिलाई रकम फिर्ता सूचीमा राखिएको भए पनि जम्मा ४ हजारले मात्र पैसा पाएका छन्। उनले सहकारी ठगीका अभियुक्तहरूमाथि पार्टी हेरेर होइन, निष्पक्ष कारबाही भएको भए आज पीडितहरूले न्याय पाउने अवस्था हुने बताएका छन्।

यस्तै, उनले लिपुलेकको विषयमा भारत र चीनबीच भएको सम्झौताप्रति असहमति जनाउँदै यो राष्ट्रियताको गम्भीर सवाल भएको बताए। उनले यसलाई आन्तरिक राजनीति वा उग्र राष्ट्रवादको होडबाजीको विषय नबनाउन आग्रह गर्दै, “हाम्रो भूमिमाथि आँखा लगाउने कुरा कसैलाई स्वीकार्य छैन भन्ने एउटै सन्देश दुवै छिमेकीलाई दिनुपर्छ,” भने।

 थापाले प्रतिनिधिसभामा बोल्दै कांग्रेस–एमाले गठबन्धन सरकार आफ्नो न्यूनतम साझा कार्यक्रम र सहमतिबाट विचलित भएको आरोप लगाएका छन्। उनले गठबन्धनको आधार मानिएको ७ बुँदे सहमतिकै मुख्य विषयहरू अलपत्र परेको भन्दै सरकारप्रति असन्तुष्टि प्रकट गरे।

थापाले संविधान संशोधनको मुद्दा पहिलो बुँदामै रहेको स्मरण गराउँदै, “हामीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्छौँ भनेका थियौँ, तर अहिलेसम्म सिन्को पनि भाँचेका छैनौँ” भने। उनले राष्ट्रिय सभामा बहुमत पाएपछि मात्र अघि बढ्ने बहानामा काम पन्छाउन नमिल्ने उल्लेख गर्दै प्रमुख प्रतिपक्षीसहितको संयन्त्र बनाएर तत्काल कदम चाल्न माग गरे।

आर्थिक सुधारमा पनि सरकारले गति हराएको उनको आरोप थियो। उनले सुरुवातमै २९ वटा कानुन संशोधन गरेर देखाएको ऊर्जा हराएको भन्दै, “सार्वजनिक खरिद ऐन, पूर्वाधार, कर कानुनमा सुधार गर्ने भनेका थियौँ। पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले दिएको ४०८ बुँदे प्रतिवेदनको ८० प्रतिशत काम सुरु पनि भएको छैन। हाम्रो ध्यान कहाँ गयो ?” प्रश्न गरे।

उनले सरकार बनेको सुरुवाती तीन–चार महिनामा देखिएको गति र ऊर्जालाई फेरि फर्काउन सके अझै धेरै काम गर्न सकिने भन्दै सरकार मुख्य प्राथमिकताबाट भड्किएको टिप्पणी गरे।

थापाले संसदको विशेष समयमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि लक्षित गर्दै सरकार सञ्चालनको शैलीमाथि कडा प्रश्न उठाएका छन्। उनले सरकारलाई एउटा गाडीको उदाहरण दिँदै, सांसदहरूले बाहिरबाट ढुंगा र हिलोबाट जोगाइरहे पनि ड्राइभिङ सिटमा बसेका नेताहरूले नै गाडीलाई भिरतिर हाँक्न खोजेको भन्दै आक्रोश व्यक्त गरे।

थापाले भने, “हामी एउटै गाडीमा छौँ, तर स्टेरिङ सिटमा हाम्रा नेताहरू हुनुहुन्छ। यो गाडी दुर्घटना नहोस् भन्ने हाम्रो चाहना हो। बाहिरबाट ढुंगा हानिन्छ, हिलो छ्यापिन्छ, हामी रोक्छौँ। तर स्टेरिङ समातेकाले त ठीक ढंगले चलाउनुपर्‍यो।”

उनले सरकारको गति र मति दुवै असन्तुलित भएको टिप्पणी गर्दै, “कहिलेकाहीँ घ्याच्च रोकिएको छ, कहिलेकाहीँ भिरतिर चढाइएको छ। जस्तो कि स्टेरिङ जसको हातमा छ, उसले जहाँ हानिदिए पनि हुन्छ भन्ने जस्तो व्यवहार भएको छ,” भने।

थापाले बन्द कोठाभित्र दिएका सुझावलाई बेवास्ता भएपछि संसदमै बोल्न बाध्य भएको स्पष्ट पारे। उनले आफू केवल आलोचक नभई सरकार सफल होस् भन्ने चाहने जिम्मेवार सांसद भएको दोहोर्‍याउँदै, “यो मेरो छटपटी हो, जिम्मेवारीबाट भाग्ने कुरा होइन,” भने।

उनले अझै समय र अवसर बाँकी रहेको भन्दै नेतृत्वलाई तत्काल काममा केन्द्रित भई स्थिति सुधार गर्न आग्रह गरे।


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।