मुन्द्रेले पस्किए गाइजात्रे शैलीको व्यङ्ग्यात्मक बजेट भाषण – “गाइजात्रा २०८२” सार्वजनिक
काठमाडौं, साउन १७ – नेपाली हास्यव्यङ्ग्यका चर्चित कलाकार जितु नेपाल (मुन्द्रे ) ले गाइजात्रा २०८२ को विशेष प्रस्तुति “गाइजात्रे बजेट भाषण” सार्वजनिक गरेका छन्। समसामयिक राजनीतिक र सामाजिक विषयवस्तुलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको यस कार्यक्रमले गहिरो सन्देशका साथ हाँसोको खुराक पनि दिइएको छ।
“मुन्द्रेको गाइजात्रा २०८२” शीर्षकमा सार्वजनिक भएको यो विशेष प्रस्तुतिमा काल्पनिक पात्र र दृश्य समावेश गरिएको भए पनि आजको नेपाली राजनीतिक परिवेशसँग मेल खाने तिखो व्यङ्ग्य पाइन्छ। कार्यक्रममा सबै पात्र र प्रसंगहरू काल्पनिक रहेको स्पष्ट गर्दै यदी कसैको जीवनसँग मिल्दोजुल्दो देखिए पनि त्यो संयोग मात्रै हुने भनिएको छ।
कार्यक्रमको लेखन तथा निर्देशन स्वयं जितु नेपालले गरेका छन्। मुण्ड्रेको भूमिकामा स्वयं नेपाल र साथमा कलाकार पूर्ण थापा प्रस्तुत भएका छन्।
गाइजात्रे प्रस्तुतिको उत्पादन सल्लाहकारको भूमिका सुमन गिरी (भान्जा) ले निर्वाह गरेका छन् भने व्यवस्थापन होमनाथ तिमल्सिनाले सम्हालेका छन्। मेकअप गणेश खड्काले, लाइटको जिम्मा कमल बराललाई दिइएको छ। छायांकन प्रवेश पोखरेलले गरेका हुन्।
सम्पादनमा नेत्रप्रसाद अधिकारी, सह-सम्पादनमा सुष्मा जिम्बा तथा प्राविधिक निर्देशन निरज नेपालले गरेका छन्।
यो गाइजात्रे प्रस्तुति हास्यव्यङ्ग्यप्रेमी दर्शकहरूका लागि विशेष चासोको विषय बनेको छ, किनभने यसले मनोरञ्जनका साथसाथै राज्य व्यवस्था, जनप्रतिनिधि, बजेटको वास्तविकता र आमजनताको पीडालाई व्यङ्ग्यात्मक भाषामा उजागर गर्ने प्रयास गरेको छ।
#Gaijatra_2082 #JituNepal #MundreComedy #NepaliSatire #BudgetSatire
प्रतिक्रिया