काठमाडौं, साउन १५ / सार्थक डिजिटल म्युजिकको प्रस्तुतिमा बनेको बहुप्रतीक्षित नेपाली वेब सिरिज ‘पुस्ता’ को पहिलो एपिसोड सार्वजनिक भएको छ। ग्रामीण परिवेशमा आधारित यो सिरिजले तीन पुस्ताको जीवन, संघर्ष, र पारिवारिक माया–ममताको कथा प्रस्तुत गर्छ।
‘पुस्ता’ सिरिजको कथा जीवन पन्तले परिकल्पना गरेका हुन् भने लेखन विनोद परियारले गरेका छन्। निर्देशक खमेश श्रेष्ठको निर्देशनमा बनेको सिरिजमा लक्ष्मण विक्रम बस्नेत, बिद्या कार्की, विनोद श्रेष्ठ, अनिता गिरी, मेलिना ठकुरी लगायत कलाकारहरूको सशक्त अभिनय देख्न पाइन्छ।
रामकृष्ण कँडेलको छायांकन, सुरेश श्रेष्ठको सम्पादन तथा कमल थापाको ब्याकग्राउन्ड म्युजिकले सिरिजलाई थप सजीव बनाएको छ।
सिरिज Pusta Official युट्युब च्यानलबाट हरेक हप्ता प्रसारण हुने जनाइएको छ। यसलाई Texas Media ले डिजिटल प्रचार–प्रसार गरेको छ भने Bishow News र nepalmother.com (US) यसका आधिकारिक मिडिया पार्टनर हुन्।
‘पुस्ता’ नेपाली समाजको परिवर्तित मूल्य, परम्परासँगको द्वन्द्व, र पुस्तान्तरणको कथालाई गहिरो भावनात्मक धरातलमा उतार्ने एक जीवन्त प्रयास हो।
प्रतिक्रिया