‘आयो है तीजको लहर’ सार्वजनिक : अन्जु गौतमको स्वर, मौलिकता र संस्कृतिको संगम
काठमाडौं, साउन १ — हिन्दू नारीहरूको महान् पर्व तीज नजिकिँदै गर्दा नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम तीव्र बन्दै गएको छ। यही अवसरमा कला, गला र सुन्दरता तिनै कुरामा राम्री गायिका, लोकप्रिय गायिका अन्जु गौतमको स्वरमा सजिएको तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक भएको छ।
२०८२ साल साउन १ गते, बिहीबार सार्वजनिक गरिएको यस गीतमा लोकप्रिय गायिका गौतमको सशक्त स्वर र हरि शिवाकोटीद्वारा लेखिएको भावपूर्ण शब्द समावेश गरिएको छ।
गीतमा संगीत संयोजन, मिक्सिङ र मास्टरिङको जिम्मा संगीतकर्मी कुन्दन राईले सम्हालेका छन्। मौलिक शब्द, लय र सांस्कृतिक भावनाले भरिएको यो गीत श्रोता–दर्शकबीच लोकप्रिय हुँदै गएको छ।
तीज पर्व नेपाली हिन्दू नारीहरूको आस्था, परम्परा र संस्कृतिको प्रतीक हो। यही विषयवस्तुलाई उजागर गर्ने प्रयास गीतमा गरिएको छ। भिडियोमा गायिका अन्जु गौतम स्वयंको आकर्षक अभिनयका साथ चर्चित युवा कलाकार ज्योति खड्काको समेत सशक्त उपस्थिति रहेको छ।
गीतको निर्देशन विजय मगरले, कोरियोग्राफी भने अनमिका लामिछानेले गरेकी छन्। साङ्गीतिक पक्ष र दृश्य संयोजन दुवै पक्षले गीतलाई जीवन्त र आकर्षक बनाएको छ।
‘आयो है तीजको लहर’ ले तीज पर्वको उत्साह, महिलाको उमङ्ग र सांस्कृतिक जरा गहिरो गरी प्रस्तुत गरेको भन्दै श्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
यो गीतले स्रोता र दर्शकलाई तीजको मौलिकता, परम्परा र समकालीन सन्देश एकसाथ अनुभव गराउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया