काठमाडौं । नेपाली दर्शकमाझ निकै गहिरो सामाजिक सन्देश बोकेको नयाँ टेलिसिरियल “पुस्ता” यही साउन १५ गते (जुलाई ३०, २०२५) साँझ ७:३० बजे बाट Pusta Official युट्युब च्यानलमार्फत सार्वजनिक हुँदैछ। यो टेलिसिरियलले नेपाली गाउँ समाज, पारिवारिक सम्बन्ध, पुस्तान्तरण र समय अनुसार परिवर्तन हुने मानवीय मूल्य–मान्यताको कथा बोकेको छ।
कथा तथा परिकल्पना: जीवन पन्त
कथा लेखन: बिनोद परियार
निर्देशन: खमेश श्रेष्ठ
छायांकन: रामकृष्ण कंडेल
सह–छायांकन: उमेश शाह
मेकअप: मदन न्यौपाने
व्यवस्थापन: सुजन गिरी
सम्पादन: सुरेश श्रेष्ठ

यो टेलिसिरियलमा लक्ष्मण विक्रम बस्नेत, बिनोद श्रेष्ठ, विद्या कार्की, अनिता गिरी, मेलिना ठकुरी, रोहित कार्की, बिनोद परियार, शिवहरि नेपाल, बिनोद पौडेल, पदम राई, लक्ष्मी ठकुरी, ईश्वरी बराल, भरत उदासी, राजेन्द्र शाहशंकर, विकास थापा मगर, रामकुमार महर्जन, नानु भण्डारी, साकार घिमिरे, सुमित परियार लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।
“पुस्ता” टेलिसिरियल नेपाली समाजको यथार्थ चित्रण हो। गाउँको परिवेशमा छायांकन गरिएको यस टेलिसिरियलमा एउटा सामान्य मध्यमवर्गीय परिवारको संघर्ष– बुबा-आमा, छोरा-बुहारी, नाति/नातिनीको सम्बन्ध र तिनको जीवनभोगाइलाई उजागर गरिएको छ।
गणतन्त्रपछिको युगमा गाउँ छोडेर शहर पस्नेहरू, र देश छोडेर विदेश पलायन हुनेहरूका कारण गाउँ कसरी खाली हुँदैछ, परम्परा कसरी हराउँदैछ, भन्ने भावनात्मक पक्ष यसमा उठाइएको छ।
सिरियलले पुस्तान्तरणको सन्दर्भमा उब्जिने पारिवारिक मतभेद, मूल्य–मान्यताको टकराव, र समय सापेक्ष सोचको द्वन्द्वलाई निकै गहिरो तरिकाले उतार्ने प्रयास गरेको छ।
“पुस्ता” टेलिसिरियल हरेक हप्ता बिहीबार साँझ ७:३० बजे देखि “Pusta Official” युट्युब च्यानलमार्फत प्रसारण हुने छ। प्रत्येक एपिसोडले नयाँ कथा, नयाँ मोड, र नयाँ सन्देश लिएर आउनेछ।
यो टेलिसिरियलले नेपाली मौलिकता, संस्कार र सामाजिक परिवर्तनको सन्दर्भलाई गहिरो रूपले उठाएको हुँदा सम्पूर्ण नेपाली दर्शकले नियमित रूपमा हेर्नु पर्ने उत्कृष्ट TV सामग्री बन्ने अपेक्षा गरिएको छ।
हेर्न नछुटाउनुहोस् — “पुस्ता” !

प्रतिक्रिया