Washington DC, US : October 24, 2025, Friday 06:11 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

“Global Star Award 2025” बाट रामप्रसाद खनाल ‘सबैभन्दा लोकप्रिय पुरुष लोकगायक’ को रूपमा पुरस्कृत, सम्मानित Ram Prasad Khanal Honored as the “Most Popular Male Folk Singer” with the Global Star Award 2025

  NepalMother.com | ११ श्रावण २०८२, शनिबार १०:०१

काठमाडौं / पत्रकार, अभिनेता, गायक तथा समाजसेवी रामप्रसाद खनाललाई Global Star Award 2025 अन्तर्गत “Most Popular Singer – Male – Folk” विधामा सम्मानित गरिएको छ। काठमाडौँमा आयोजित एक विशेष समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा खनाललाई नेपाली लोकसंगीत क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यो अवार्ड प्रदान गरिएको हो।

हाल संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका खनालले विदेशमा रहँदा पनि लोकगीत, दोहोरी, तीज गीत लगायतका ८ वटा मौलिक गीत एक वर्षभित्र सार्वजनिक गरेका छन्। उनले उल्लेख गरेअनुसार, नेपालबाट धेरै कार्यक्रम आयोजकहरूले फोन, सन्देशमार्फत सम्झिरहँदा आफू अत्यन्तै आभारी छन्।

खनालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्:

“Global Star Award 2025 प्रति म हार्दिक आभारी छु। यस सम्मानले विदेशमा रहँदा पनि लोकसंगीतमा गरेको निरन्तर प्रयासको कदर भएको अनुभूति दिलाएको छ।”

उनले विगतमा कहिल्यै कुनै अवार्ड वा सम्मानका लागि फर्म नभरेको उल्लेख गर्दै आफूले अवार्ड माग्ने होइन, अरूको मूल्याङ्कन र निर्णयले नै दिलाउने अमूल्य चिज भएको विश्वास व्यक्त गरेका छन्।

खनाल हाल अमेरिका स्थित Winchester, Virginia मा रहेकाले पुरस्कार, प्रमाणपत्र र ट्रफी उनका मित्र राजेन्द्र लुइँटेलले ग्रहण गरेका थिए। यसबापत उनले लुइँटेलप्रति आभार प्रकट गरेका छन्।

खनालले उक्त अवसरमा आफ्ना गीतहरूमा सँगै रहेर साथ दिने सम्पूर्ण गायक, संगीतकार, निर्माता, साथीभाइ, दिदीबहिनी सबैलाई सम्झँदै धन्यवाद ज्ञापन गरेका छन्।

“अवार्ड, सम्मान, अभिनन्दन मागेर होइन, योग्य र उचित लागेपछि दिइने चिज हो। यसलाई मर्यादित राख्न सबैको ध्यान जानुपर्छ,” खनालले लेखेका छन्।

राम प्रसाद खनाल नेपाली पत्रकारिता, लोकसंगीत, समाजसेवा र प्रवासी नेपाली समाजमा सक्रिय रहँदै आएका बहुप्रतिभाशाली व्यक्तित्व हुन्। Global Star Award 2025 मा यो सम्मान प्राप्त गर्नु उनका लागि मात्र नभई नेपाली लोकसंगीतकै सम्मान हो।

May be an image of ‎dais and ‎text that says '‎RPELd 4a ana/Pvt.Lid. GLOBA كل2 AWARDS2095 AWARD STAR Cerlificate WWinner Ram Prasad Khanal Most Popula Singer apula Khanai(USA) ) Male-Foik This is to Certify that Ram Prasad Khanal (USA) has been decleared as Winner in the category op Most Popular Singer Male- Folk on Global Star Awards-2 -2025 at Nepal Police Club, Bhrikutimandap, Kathmandu. kん! Hon, Dr. Chandra Bhandari House Hon.Dr.ChandraBhandari Represeniative Member Chief Guest ecurestha a u restha Hon, Dipendra Shrestha Special Guest Hon. Bishnu Kumari Sapkota National Assembly Special Guest Tek Raj Pandey nternational EventDirector Event‎'‎‎

सबैभन्दा लोकप्रिय लोक गायकका रूपमा पुरस्कृत, सम्मानित भए पछि खनालले भनेका छन् :

“Global Star Award 2025” प्रति म हार्दिक आभारी छु !
विदेशको बसाइमा पनि यो एक वर्षमा लोकगीत, दोहोरी गीत, तीजका गीत गरेर आठ वटा मौलिक गीतहरू गाइएछ । धेरै कार्यक्रम र अवार्ड आयोजकहरूले नेपालबाट सम्झिँदै फोन, म्यासेज पनि गरिरहनु भएको छ, म वहाँहरू प्रति हार्दिक आभारी छु । कतिपयले फर्म भर्न विनम्र आग्रह पनि गर्नुभयो मैले वहाँहरूलाई विनम्रता पूर्वक नै अवार्ड, सम्मान, अभिनन्दनका लागि आज सम्म कहीँ कतै कहिल्यै फर्म नभरेको र फर्म भर्न आफ्नै स्वाभिमान, नैतिकता र मनले अनुमति नदिएको बताउँदै त्यसो गर्न नसक्ने, नगर्ने र त्यसका लागि क्षमा याचना गर्दै आएको छु ।
यत्तिकैमा आज काठमाडौँमा आयोजित एक विशेष समारोहमा मलाई “Global Star Award 2025” आयोजकहरुले यस वर्षको Most Popular Singer – Male – Folk ( पुरुष गायन तर्फ सबैभन्दा लोकप्रिय लोक गायक ) का रूपमा पुरस्कृत, सम्मानित गरिएको खबर भर्खर मेरा मित्र राजेन्द्र लुइँटेलले जानकारी गराउनुभयो र पुरस्कार, प्रमाणपत्र, ट्रफी, सम्मानको फोटो पनि प्रेषित गर्नुभयो ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा मलाई यसका लागि लायक सम्झिनुहुने आयोजक Global Star Award परिवार प्रति म हार्दिक आभारी छु । म विदेशमा भएका कारण मेरो पुरस्कार, प्रमाणपत्र, ट्रफी, सम्मान ग्रहण गरिदिनुहुने मित्र राजेन्द्र लुइँटेलजी लाई हार्दिक धन्यवाद ।
यस अवसरमा मेरो गायनमा, मेरा गीतहरूमा मलाई साथ दिने सबै सबै कलाकार मित्रहरू, भाइ बहिनीहरू, निर्माण कार्यमा संलग्न सबै मित्रहरू पनि यसका भागिदार हुनुहुन्छ, म वहाँहरू सबैलाई सम्झिन चाहन्छु ।
अवार्ड, सम्मान, अभिनन्दन मागेर होइन अरूले मूल्याङ्कन गरेर योग्य, उचित ठाने, मानेमा दिने अमूल्य चिज हुन् यस तर्फ हामी सबैको ध्यान जाओस् र अवार्ड, सम्मान, अभिनन्दनलाई मर्यादित बनाउन पनि सम्बद्ध सबैको ध्यान जानुपर्छ, मलाई त्यस्तो लाग्छ । तपाई हामी सबैको जय होस् । धन्यवाद ।

– रामप्रसाद खनाल

May be an image of 1 person and dais

Ram Prasad Khanal Honored as the “Most Popular Male Folk Singer” with the Global Star Award 2025

NepalMother.com | 11 Shrawan 2082, Saturday 10:01 AM

Kathmandu – Renowned journalist, actor, singer, and social worker Ram Prasad Khanal has been honored with the “Most Popular Singer – Male – Folk” title under the Global Star Award 2025. The award was presented at a special ceremony held in Kathmandu.

The award was presented in recognition of Khanal’s remarkable contribution to the Nepali folk music industry, in a ceremony graced by former Prime Minister Jhala Nath Khanal as the chief guest.

Currently residing in the United States, Khanal has released eight original songs including folk, dohori (duet folk), and Teej songs within the past year, despite being abroad. He expressed heartfelt gratitude to event organizers in Nepal who continued to reach out to him with phone calls and messages.

Khanal shared his sentiments via social media, stating:

“I am sincerely grateful for the Global Star Award 2025. This honor has made me feel that my continued dedication to folk music, even while living abroad, has been acknowledged.”

He also mentioned that he has never filled out a form to apply for any award, stating that awards are not something to be demanded but something that should be granted through others’ evaluations and judgments.

Since Khanal is currently based in Winchester, Virginia, his friend Rajendra Luintel received the award, certificate, and trophy on his behalf. Khanal extended his heartfelt thanks to Luintel.

On the occasion, Khanal remembered and expressed his gratitude to all fellow singers, musicians, producers, friends, and supporters who collaborated on his musical journey.

He emphasized:

“Awards, honors, and recognitions are not to be sought after—they are invaluable acknowledgments given based on merit and worthiness. It is important that we all work to maintain the dignity and integrity of such recognitions.”

Ram Prasad Khanal is a multifaceted personality who has been actively involved in Nepali journalism, folk music, social service, and the global Nepali diaspora community. Receiving the Global Star Award 2025 is not just a personal achievement but also a recognition of Nepali folk music as a whole.


After receiving the award, Khanal stated:

“I sincerely thank the organizers of the ‘Global Star Award 2025’!
Even while living abroad, I was able to sing and release eight original songs in a year—including folk, dohori, and Teej songs. Many organizers from Nepal contacted me by phone and message, and I am deeply thankful to them.
Some even politely requested me to fill out application forms, but I respectfully declined, as my self-respect, ethics, and conscience never allowed me to submit forms for awards or honors.
Today, I was informed by my friend Rajendra Luintel that I have been awarded the Most Popular Singer – Male – Folk category at the ‘Global Star Award 2025’ held in Kathmandu. He also sent me pictures of the trophy, certificate, and the event.
I am sincerely thankful to the Global Star Award family and the organizers who deemed me worthy of this honor.
I also deeply thank my friend Rajendra Luintel for receiving the award on my behalf.
I would like to remember and thank all the artists, friends, brothers, sisters, and colleagues who supported me in singing and producing these songs.
Let us all remember that awards and honors should be given based on merit—not through requests. Let us all strive to uphold the dignity of such recognitions. Victory to all of us. Thank you.”

Ram Prasad Khanal

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।