नेपाली कलाकार प्रस्तोता समाज बेलायतको तेस्रो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न, वरिष्ठ संगीतकार दिनेश सुब्बालाई सम्मान
बेलायत / नेपाली कलाकार प्रस्तोता समाज बेलायतले आफ्नो तेस्रो स्थापना दिवस एक भव्य समारोहका साथ सम्पन्न गरेको छ। समाजकी अध्यक्ष जानुका पुनको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक दिनेश सुब्बालाई विशेष सम्मान गरिएको थियो।
सम्मान ग्रहणपछि सुब्बाले आयोजक संस्थाप्रति आभार प्रकट गर्दै युवा पुस्ताको सिर्जनशीलताको प्रशंसा गरे। उनले कार्यक्रममा आफ्ना आधा दर्जन लोकप्रिय गीतहरू प्रस्तुत गरी उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाए। त्यसैगरी, समाजमा आवद्ध स्थानीय कलाकारहरूले प्रस्तुत गरेका गायन र नृत्यले कार्यक्रममा थप रौनक थपेका थिए।
सगरमाथा गोर्खा नेपाली समाज आश्फोर्डका अध्यक्ष मोहन लिम्बू कार्यक्रमका प्रमुख अतिथि थिए। कार्यक्रममा चलचित्र निर्देशक तथा नायक आकाश अधिकारी, पूर्व नेपाली राजदूत डा. नवलकिशोर राई, नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष तथा साहित्यकार वाई.बी. गुरुङ, नेपाली समाज फोक्स्टोनका अध्यक्ष क्याप्टेन राम पुनलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन समाजका सचिव तथा गायक गंगाराज राईले गरेका थिए भने समापनतर्फ रात्रीभोजको समेत भव्य व्यवस्था गरिएको थियो।
बेलायतस्थित नेपाली कला क्षेत्रको समृद्धि र एकताको प्रतीकस्वरूप यो कार्यक्रम स्मरणीय बन्यो।





प्रतिक्रिया