काठमाडौं, २४ साउन २०८२ / नेपाली सङ्गीत क्षेत्रमा विशिष्ट परिचय बनाइसकेका गायक तथा संगीतकार आनन्द कार्कीको नयाँ गीत ‘मुसुक्क हाँसी लजाउने’ सार्वजनिक भएको छ। मिठो प्रेम भावनाले भरिएको यो गीतले श्रोतामाझ नयाँ उत्साह ल्याएको छ।
🎵 गीत र भिडियोको संक्षिप्त जानकारी:
गीत शीर्षक: मुसुक्क हाँसी लजाउने
स्वर: आनन्द कार्की
गीत/संगीत: आनन्द कार्की र अनिल (म्यानमार)
दृश्य निर्देशन: विरन तितुङ
कथा/संकल्पना: आनन्द कार्की
छायांकन: दिनेश पराजुली
सम्पादन: टेकेन्द्र शाह
कोरियोग्राफी: नम्गेल लामा (टाइगर)
एरेञ्जमेन्ट: याकुब तामाङ
मिक्स/मास्टरिङ: होराइजन स्टुडियो
पोस्ट प्रोडक्शन: लिमेलाइट नेपाल
मेकअप: पुनम चौधरी
🎬 भिडियोमा अभिनय:
आनन्द कार्की, सराज गराच, चुल्ठिम गुरुङ र साक्षी लम्सालको आकर्षक अभिनय रहेको भिडियो प्रेमिल कथावस्तुमा आधारित छ। गोरेटोमा पहिलो भेट, लाज र मुस्कानका भावनात्मक क्षणहरूले दर्शकलाई प्रेमको मीठो स्वाद दिन्छ।
🎶 गीतको बोल:
“मुसुक्क हाँसी लजाउने तिम्रो त्यो बानी,
सुटुक्क भगाई लैजाउँला माया यसपाली…”गीतमा लुकेको प्रेम, नदेखिने तर गहिरो सम्बन्ध, र मायाको लाज यथार्थ चित्रण गरिएको छ।
🌟 विशेष धन्यवाद:
पारसमणि बराल, सबिना कार्की, उमाङ सिंह कार्की, अनुज कार्की, मनीष तामाङ, चन्द्रकुमार (UK), श्यामबाबु केसी, केशव राई, केदार कार्की (USA), निर्मल कार्की (UK), आरके सुनार (Japan) लगायत सर्जक र समर्पित साथिहरूलाई विशेष धन्यवाद दिइएको छ।


प्रतिक्रिया