Washington DC, US : April 6, 2026, Monday 04:08 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्पले फेरि कडा र विवादास्पद चेतावनी दिए, इरानसँग सम्झौता हुने “राम्रो सम्भावना” रहेको पनि बताए, इरानले भने ट्रम्पको अल्टिमेटमलाई “लाचार, चिन्तित र मूर्खतापूर्ण” भन्दै उपहास|Breaking News : ट्रम्पको शैलीलाई अस्थिर र विरोधाभासपूर्ण, युद्धजस्तो गम्भीर विषयमा जिम्मेवार व्यवहार आवश्यक : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों|के के गर्दै छ नेपालमा बालेन्द्र साह सरकार अहिले ?|अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र, ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी|एमालेले पार्टीभित्र बढ्दो आलोचना र असन्तुष्टिका बीच आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई सार्वजनिक रूपमा अनावश्यक टिप्पणी नगर्न कडा निर्देशन|गैरआवासीय नेपाली संघ (NRNA) ले परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपालीका प्रमुख समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह|इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त|इमान्दार एमाले नेता र कार्यकर्ताका लागि यो भन्दा ठुलो नैतिक हार अरु के होला र !|चीनले पाकिस्तानसँग मिलेर युद्ध रोक्ने प्रयास, पाँच बुँदे प्रस्ताव अघि सारे|बेलायतसहित पश्चिमी मुलुकहरू लक्षित कडा र असामान्य टिप्पणी

अमेरिकाद्वारा राष्ट्रसंघीय उच्च अधिकारी अल्बानीज माथि प्रतिबन्ध ट्रम्पको धम्की : ब्राजिलमाथि ५०% भन्सार, 'बोल्सोनारोविरुद्धको कारबाही तुरुन्त रोक्नू!', ब्राजिलको प्रतिक्रिया : हामी संप्रभु राष्ट्र हौं

  NepalMother.com | २५ असार २०८२, बुधबार २२:१०

, सेक्रेटरी मार्को रुबियोको निर्णयलाई इस्रायलको समर्थन

वाशिङ्टन डीसी / अमेरिकी विदेश मन्त्री मार्को रुबियोले बुधबार घोषणा गरेअनुसार, अमेरिकाले संयुक्त राष्ट्रसंघकी विवादास्पद विशेष प्रतिनिधि फ्रान्चेस्का अल्बानीजमाथि कडा प्रतिबन्ध लगाएको छ। उनले अमेरिका र इस्रायली अधिकारीहरूलाई अन्तर्राष्ट्रिय आपराधिक अदालत (ICC) मा कारबाही गराउन प्रयास गरेको भन्दै उनीमाथि प्रतिबन्ध लगाइएको हो।

रुबियोले सामाजिक सञ्जाल ‘X’ (पूर्व ट्विटर) मा लेखे, “अमेरिका र इस्रायलविरुद्धको उनको राजनीतिक तथा आर्थिक आक्रमण अब सह्य हुने छैन। हामी आफ्ना साझेदारहरूको आत्मरक्षाको अधिकारमा सदैव साथ दिनेछौँ।”

अल्बानीजको विवादास्पद अभिव्यक्तिहरू

२०२२ मा नियुक्त भएयता, फ्रान्चेस्का अल्बानीजले इस्रायललाई ‘अपार्थेड राज्य’ भनेकी छिन् र हमासद्वारा गरिएको हिंसालाई ‘अनपेक्षित होइन’ भन्दै सामान्यीकरण गरेकी छिन्। जुलाई २०२५ मा राष्ट्रसंघ मानवअधिकार परिषदलाई बुझाएको प्रतिवेदनमा उनले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक स्थलमा गराएका हवाई आक्रमणका कारण अमेरिका ‘अन्तर्राष्ट्रिय आक्रमण अपराध’ मा दोषी हुन सक्ने दाबी गरेकी थिइन्।

उनले अमेरिकास्थित केही रक्षा प्रविधि कम्पनीहरूलाई पनि इस्रायललाई ‘सहायता पुर्‍याएको’ भन्दै कानुनी कारबाहीको सिफारिस गरेकी थिइन्। साथै, २०२२ मा उनले “ज्यु लबीले अमेरिकी विदेश नीति नियन्त्रण गरेको हो?” भन्ने टिप्पणी गरेकी थिइन्, जसलाई पछि आलोचना आएपछि हटाइएकी थिइन्।

अमेरिकी प्रतिक्रिया

मानव अधिकार संगठन Human Rights Voices की अध्यक्ष एन बेयेफ्स्कीले फक्स न्यूजलाई दिएको बयानमा भनिन्, “अल्बानीजको घृणायुक्त यहूदीविरोधी विचार र अमेरिकी व्यवसाय तथा इस्रायलको अस्तित्वमाथि गरिएको निरन्तर आक्रमणका विरुद्ध अब अन्ततः ठोस कदम चालिएकोमा हामीले स्टेट डिपार्टमेन्टलाई बधाई दिन्छौं।”

उनले थप भनिन्, “अल्बानीज अमेरिकी नागरिकको सुरक्षामाथि प्रत्यक्ष खतरा हुन्। ट्रम्प प्रशासनले जारी गरेको कार्यकारी आदेश अन्तर्गत यस्तो तत्वमाथि कडाइ गर्न अझै थप प्रयास गर्न आवश्यक छ।”

इस्रायली समर्थन

रुबियोको निर्णयको समर्थनमा इस्रायलका विदेश मन्त्री गिडेओन सारले भने, “यो स्पष्ट सन्देश हो। अब राष्ट्रसंघले ध्यान दिनु पर्दछ।” इस्रायलका राष्ट्रसंघका प्रतिनिधि डेनी डाननले भने, “अल्बानीजले राष्ट्रसंघको विश्वसनीयता नष्ट पार्दै झूटा र खतरनाक कथनहरू प्रवर्द्धन गरिरहेकी छिन्।”

UN Watch का कार्यकारी निर्देशक हिल्लेल न्युएरले भने, “यो अमेरिकी इतिहासमै कुनै पनि राष्ट्रसंघीय अधिकारीमाथि लगाइएको पहिलो प्रतिबन्ध हो। अल्बानीजको पुनर्नियुक्ति पनि गैरकानुनी भएको हो। उनलाई फ्रान्स, जर्मनी, क्यानडा र दुवै प्रमुख अमेरिकी दलले होलोकास्ट विकृति तथा यहूदीविरोधी अभिव्यक्तिका लागि आलोचना गरिसकेका छन्।”

ट्रम्पको धम्की : ब्राजिलमाथि ५०% भन्सार, ‘बोल्सोनारोविरुद्धको कारबाही तुरुन्त रोक्नू!’

यसै बीच  अमेरिकी राष्ट्रपति तथा पुनः चुनावी दौडमा रहेका डोनाल्ड ट्रम्पले ब्राजिलमाथि कडा भन्सारको चेतावनी दिएका छन्। बुधबार ट्रम्पले राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई पठाएको पत्रमा ब्राजिलबाट अमेरिका आउने सबै वस्तुमाथि आगामी अगस्ट १ देखि ५० प्रतिशत भन्सार शुल्क लगाउने बताएका छन्।

ट्रम्पले उक्त पत्र सामाजिक सञ्जाल Truth Social मा सार्वजनिक गर्दै राष्ट्रपति लुलामाथि आरोप लगाए, “तपाईंले जुन राजनीतिक ‘डायन–सिकार’ सुरु गर्नुभएको छ, त्यो तुरुन्त अन्त्य हुनुपर्छ!” — ट्रम्पको इशारा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोलाई लक्षित कारबाहीतर्फ थियो।

बोल्सोनारो, जसले ट्रम्पसँगको व्यक्तिगत निकटताको दाबी गरेका छन्, हाल लुलाको शासन उल्ट्याउने योजनामा संलग्न भएको आरोपमा ब्राजिलमा मुद्दा खेपिरहेका छन्। अभियोजन पक्षका अनुसार उनले २०२२ को चुनाव परिणाम उल्ट्याउन कूको प्रयास गरेका थिए, जसमा लुलामाथि आक्रमणको योजना पनि समावेश थियो।

ब्राजिलको प्रतिक्रिया : हामी संप्रभु राष्ट्र हौं

ट्रम्पको धम्कीलाई लुलाले तुरुन्त प्रत्युत्तर दिएका छन्। सामाजिक सञ्जाल X मा लेख्दै उनले भने, “ब्राजिल एक स्वतन्त्र राष्ट्र हो र हाम्रा संस्था स्वायत्त छन्। हामी कुनै पनि प्रकारको बाह्य नियन्त्रण स्वीकार गर्दैनौं।”

लुलाले थप चेतावनी दिँदै भने, “यदि अमेरिका एकतर्फी रूपमा भन्सार बढाउँछ भने, ब्राजिलले आर्थिक पारस्परिकता ऐन (Law of Economic Reciprocity) अनुसार प्रतिकार गर्नेछ।”

अर्थव्यवस्था र व्यापारमा असर पर्ने सम्भावना

अन्य २१ देशहरूलाई ट्रम्पले गत अप्रिलमा ३०–५० प्रतिशतसम्मको ‘पारस्परिक’ भन्सारको पत्र पठाउँदा ब्राजिललाई भने त्यस्तो चेतावनी दिइएको थिएन। हाल ब्राजिलबाट आउने सामानहरूमा सामान्यतया १०% भन्सार लागिरहेको छ। तर ट्रम्पले अगस्ट १ देखि त्यो दर ५०% पुर्‍याउने बताएका छन्।

ब्राजिलले भने उल्टै अमेरिकाबाट आयात हुने वस्तुहरूमा उच्च भन्सार लगाउने चेतावनी दिएको छ, जसले अमेरिकी व्यवसायहरूलाई ठुलो क्षति पुर्याउन सक्छ। अमेरिका ब्राजिलसँग करिब ६.८ अर्ब डलरको व्यापार नाफामा रहेको छ – अर्थात् अमेरिका ब्राजिललाई बढी सामान निर्यात गर्छ।

ट्रम्पको व्यापक भन्सार रणनीति र अन्य देशहरू

यसै साताको बुधबार, ट्रम्पले २२ वटा राष्ट्रप्रमुखलाई भन्सार दरको पत्र पठाएका छन्। त्यसमा फिलिपिन्स, श्रीलंका, मोल्दोभा, ब्रुनेई, अल्जेरिया, लिबिया र इराक पनि परेका छन्। कतिपय देशमा अप्रिलमा घोषणा गरिएभन्दा अझ बढी भन्सार दर तोकिएको छ।

ट्रम्पको सन्देश प्रष्ट छ — “यदि तपाईंहरूका नीतिहरूले अमेरिकालाई असर गर्छ भने, तिनीहरूको प्रतिफल भन्सारमा देखिनेछ।”

तर धेरै मुलुकहरूले ट्रम्पका पत्रलाई ‘अन्तर्राष्ट्रिय सम्झौता’ नभई ‘धम्की’का रूपमा लिएका छन्।

तामा (Copper) मा ५०% भन्सार शुल्क लागू

बुधबार ट्रम्पले अर्को ठूलो निर्णय गर्दै तामामाथि पनि ५०% भन्सार घोषणा गरे। यसअघि फेब्रुअरी २५ मा उनले वाणिज्य मन्त्रालयलाई तामाको सुरक्षा मूल्याङ्कन गर्न निर्देशन दिएका थिए।

ट्रम्पले Truth Social मा लेखे, “तामा रक्षा मन्त्रालयको दोस्रो सबैभन्दा प्रयोग हुने सामग्री हो। हामी फेरि शक्तिशाली तामा उद्योग बनाउनेछौं — यो हाम्रो ‘गोल्डेन एज’ हो!”

ट्रम्पको घोषणापछि तामाको मूल्यमा भारी वृद्धि देखिएको छ। मंगलबार तामाको मूल्य एकै दिन १३.१% ले उकालो लागेर प्रति पाउन्ड $5.69 पुगेको थियो, जुन १९६८ यता कै उच्च वृद्धिदर हो।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।