Washington DC, US : March 9, 2026, Monday 07:44 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|युद्ध लम्बिँदै जाँदा त्यसको असर विश्व अर्थतन्त्रमा गम्भीर हुन सक्ने|Even if the Rastriya Swatantra Party (RSP) secures a two-thirds majority, all of these institutions will become “bones stuck in its throat.”|दुई तिहाइनै ल्याएपनि रास्वपालाई यी सबै घाँटीमा अड्केका हड्डी बन्नेछन|भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल|Breaking News : युद्ध सुरु भएयता ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या सात, मोज्तबा खामेनेई नयाँ सर्वोच्च नेता बनाउने निर्णय|तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ सहित उच्च तहका अधिकारीमाथि फौजदारी दायित्व निर्धारण गर्दै कानुनी कारबाही गर्न सुझाव|इरानका राष्ट्रपतिले गल्फ क्षेत्रका देशहरूसँग माफी माग्दै “पहिले हमला नभएसम्म इरानले उनीहरूलाई निशाना नबनाउने” बताए|खड्ग ओली हराउने झापाली जनतामा नमन र सम्मान !|Cartoon|प्रतिनिधिसभा सदस्य निर्वाचन : पछिल्लो परिणाम यस्तो छ !

नेपालमा बाढी : ७ जनाको शब भेटियो, अझै २० जना बेपत्ता रसुवामा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहमा बाढी, ६० प्रतिशत संरचना पूर्ण रूपमा क्षतिग्रस्त, बेचिङ प्लान्टसमेत पूरै बग्यो

  NepalMother.com | २४ असार २०८२, मंगलवार ०७:३१

Updated :

रसुवा जिल्लामा लगातार परेको भीषण वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने अझै २० जना बेपत्ता छन्। प्रहरीले दिएको जानकारी अनुसार बेपत्तामध्ये ३ जना सुरक्षाकर्मी, ६ जना चिनियाँ नागरिक र ११ जना स्थानीय सर्वसाधारण छन्।

बाढीपछि सुरु गरिएको उद्धार कार्य अहिले पनि जारी छ। सुरक्षाकर्मी तथा स्थानीयको सहकार्यमा हालसम्म ५५ जनाको सकुशल उद्धार गरिएको छ।

सबैभन्दा बढी क्षति भएको क्षेत्रहरूमा गोसाइँकुण्ड गाउँपालिकाको वडा नं. १, २ र ३, आमाछोदिङ्मो गाउँपालिकाको वडा नं. १, २, ४ र ५, उत्तरगया गाउँपालिकाको वडा नं. २, ४ र ५ तथा कालिका गाउँपालिकाको वडा नं. १ रहेका छन्।

बाढीले नेपाल–चीन सिमा जोड्ने मितेरी पुल बगाएको छ। यस्तै, ईभी चार्जिङ स्टेशन पूर्णरूपमा ध्वस्त भएको छ भने रसुवागढी भन्सार कार्यालय र ट्रान्सपोर्ट यार्डमा समेत ठूलो क्षति पुगेको छ। रसुवागढी जलविद्युत आयोजनाको ड्यामसमेत क्षतिग्रस्त भएको प्रहरी स्रोतले जनाएको छ।

त्यसैगरी, गोसाइँकुण्ड–पासाङल्हामु सडकखण्डमा समेत बाढीले गम्भीर असर पुर्‍याएको छ। सडकका विभिन्न भाग चिराचिरा परेका छन् भने धुन्चेबाट टिमुरेसम्मको सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा गएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। नेपाल इन्टरमोडल यातायात विकास समिति अनुसार बाढीका कारण १८ जना कामदार बेपत्ता भएका छन्। बेपत्तामध्ये ८ जना नेपाली र ६ जना चिनियाँ नागरिक छन्।

बाढीले निर्माणाधीन सुक्खा बन्दरगाहको लगभग ६० प्रतिशत संरचना पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। विशेष गरी रिटेनिङ वाल करिब ४ सय मिटर बगाएको छ भने बेचिङ प्लान्टसमेत पूरै बगाइसकेको छ। लिटिगेसन सेड, वेयरहाउस, इन्स्पेक्सन सेड र ट्वाइलेट ब्लकमा समेत गम्भीर क्षति पुगेको छ। वेयरहाउसको आधार (foundation) नै बगाइसकेको छ भने पार्किङ क्षेत्र बालुवा र गिट्टीले पुरिएको छ।

इन्ट्री रोडको रिटेनिङ वालमा क्षति पुगेको छ र मुख्य कम्प्लेक्स भवन बाहेकका अधिकांश पूर्वाधार प्रभावित भएका छन्। एक्जिट रोड भने हालसम्म सुरक्षित रहेको समितिले जनाएको छ।

पार्किङ यार्ड फेसिलिटी र रिटेनिङ वाल पनि पूर्ण रूपमा क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार कुल संरचनाको झण्डै ६० प्रतिशत क्षति भइसकेको छ। उद्धार तथा पुनर्निर्माणको कार्य तत्काल थालिनुपर्ने आवश्यकता देखिएको छ।

चीनतर्फबाट आएको आकस्मिक बाढीले रसुवागढी क्षेत्रमा ठूलो असर पुर्‍याएको छ। विशेष गरी रसुवागढी जलविद्युत आयोजनाको ड्याम साइडमा फसेका ५५ जनालाई उद्धार गरिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले मंगलबार दिउँसो साढे ३ बजेसम्म उनीहरूको सकुशल उद्धार गरेको हो। उद्धार गरिएकामध्ये ४ जना महिला र ५१ जना पुरुष रहेका छन्। उद्धारका क्रममा एकजना चिनियाँ नागरिकसमेत सुरक्षित निकालिएको प्रहरीले जनाएको छ।

फसेकाहरूलाई झोलुङ्गे पुलमार्फत हिँडाएर सुरक्षित स्थानमा पुर्‍याइएको हो।

तर, बाढीले अझै पनि चिन्ता बढाइरहेको छ। अहिलेसम्म १८ जना बेपत्ता भएका छन् भने बाढीले १०० भन्दा बढी सवारी साधन बगाएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।

प्रहरी, सेना र सशस्त्रको टोली अहिले पनि खोज तथा उद्धारमा खटिएको छ। बाढी प्रभावित क्षेत्रमा सतर्कता र तत्कालीन राहत कार्यहरूलाई तीव्र पारिएको छ।

असार २४, मंगलबार बिहान करिब ३ बजे चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोसी नदी हुँदै नेपाल प्रवेश गरेको भीषण बाढीले रसुवामा ठूलो विनाश निम्त्याएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो बाढी हालसम्म रसुवामा देखिएको सबैभन्दा ठूलो बाढी हो।

विभागका हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार, विभागको पछिल्ला ३०–४० वर्षका रेकर्डअनुसार यस्तो भीषण बाढी रसुवामा पहिलोपटक आएको हो। “पुराना रेकर्ड नभएकाले निश्चित भन्न सकिन्न, तर उपलब्ध विवरण अनुसार यो अहिलेसम्मकै ठूलो हो,” पराजुलीले बताए।

खासगरी, बाढी आउने बेलामा रसुवा वा तिब्बत दुवैतर्फ ठूलो वर्षा नभएको पाइएको छ। प्रारम्भिक विश्लेषण अनुसार, यो बाढी भारी वर्षाका कारण होइन, सम्भवतः कुनै हिमताल विस्फोट, नदी थुनिनु वा भूस्खलनका कारण भएको अनुमान गरिएको छ।

पराजुलीले भने, “हिमताल विस्फोटको आशंका छ, तर यकिन भइसकेको छैन। अर्को सम्भावना पहिरोले नदी थुनेर पछि फूटेको हो कि भन्ने पनि हो। सबै अध्ययनको विषय हुन्।”

चीनबाट सूचना नआएको, नेपालमा चेतावनी ढिलो

चीनतर्फबाट कुनैपनि आधिकारिक सूचना नआएको विभागले जनाएको छ। नेपाल र चीनबीच मौसम तथा बाढी सम्बन्धी पूर्वसूचना आदानप्रदान गर्न हालसम्म कुनै औपचारिक सम्झौता नभएको पराजुलीले स्पष्ट गरे।

उनका अनुसार, जिल्ला प्रशासन कार्यालयलाई पनि चीनतर्फबाट अग्रिम जानकारी आएको देखिएको छैन। “बाढी बिहान ३ बजे आएको थियो, त्यसको जानकारी हामीलाई पछि मात्र प्राप्त भयो। त्यसलाई पुष्टि गर्न करिब तीन घण्टा लाग्यो,” उनले भने।

वेत्रावती, नुवाकोटको जलमापन केन्द्रमा बाढी पुगिसकेपछि मात्र विभागले बिहान ६ बजेतिर बाढी ‘भेरिफाई’ गरी तल्लो भूभागका लागि ‘अलर्ट’ जारी गर्न सकेको थियो।

टिमुरेको जलमापन केन्द्र बगायो, सूचना प्रणाली प्रभावित

रसुवाको टिमुरेमा रहेको स्वचालित जलमापन केन्द्रसमेत बाढीले बगाएपछि विभागलाई सघन सूचना संकलन र विश्लेषण गर्न कठिन भएको छ। पराजुलीका अनुसार, भोटेकोसीमा बहाव साढे तीन मिटरले एक्कासि बढेको थियो, तर अहिले घट्दो अवस्थामा छ।

अझै जोखिम कायमै

यद्यपि बहाव घट्दै गएको देखिए पनि नदी माथि कतै थुनिएको र फेरि फूट्ने सम्भावना रहेकोले सतर्कता जरुरी रहेको हाइड्रोलोजिस्ट पराजुलीले चेतावनी दिएका छन्। “आज बेलुकासम्म पनि सतर्कता अपनाउन हामीले अपिल गरेका छौं,” उनले भने।

यस बाढीबाट नेपालतर्फ मात्रै होइन, चीनतर्फ पनि ठूलो क्षति भएको प्रारम्भिक सूचना आएको छ। विस्तृत अध्ययनपछिमात्र वास्तविक कारण र क्षतिको परिमाण पूर्णरूपमा स्पष्ट हुने बताइएको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।