Washington DC, US : September 21, 2026, Monday 12:00 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|एमालेभित्र चरम असन्तुष्टि र नेतृत्व विवाद|AI को विकास र निगरानीका लागि ‘AI Force’ गठन तथा नयाँ ‘AI Czar’ नियुक्त गर्ने ट्रम्पको घोषणा|Breaking News : इरानले अमेरिकालाई युद्ध अन्त्यका सर्त पठायो|संविधान : त्रुटी नै त्रुटीको पुलिन्दा, “प्रचण्ड पथ”को दस्तावेज|चलचित्र ‘सिन्दुरे जात्रा’ले जन्माइदिएकी मेरी अर्की छोरी अर्थात अञ्जना बराइली !|चुनावकै मुखमा अमेरिकामा झन कडा ट्रम्प युग, CNN, MS NOW र Politico लाई White House मा प्रतिबन्ध !|ग्रीनल्यान्ड सुरक्षाबारे अमेरिका, डेनमार्क, ग्रीनल्यान्डबीच नयाँ सम्झौता|Breaking News : ट्रम्पले CNN, MS NOW र Politico लाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा|स्याबास शिब प्रकाश : उपभोक्ता अधिकारको लडाइँमा महत्वपूर्ण फैसला|पूर्वसभापति आदरणीय शेरबहादुर दाइलाई विदेशबाट खुलापत्र

एकै परिवारका चार जनाको सामूहिक हत्या, स्थानीय स्तब्ध ! ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती १५ वर्षीया मनीषा गिरी, र आठ वर्षीय सालो सपन गिरीको हत्या

  NepalMother.com | २२ असार २०८२, आईतवार ०६:२९

भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा गए राति एकै परिवारका चार जनाको सामूहिक हत्याकाण्डले स्थानीयलाई स्तब्ध बनाएको छ। प्रहरीले घटनामा संलग्न रहेको भन्दै भोजपुर नगरपालिका–२ हैलौछाका ३० वर्षीय राजेन्द्र राईलाई पक्राउ गरेको छ। उनका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती १५ वर्षीया मनीषा गिरी, र आठ वर्षीय सालो सपन गिरीको हत्या गरिएको हो।

गिरी परिवारका अन्य दुई छोरी र एक छोरा घटना हुँदा घरमा नरहेका कारण ज्यान जोगिन सकेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा राजेन्द्रले चार जनाको हत्या आफैले गरेको स्वीकार गर्दै राति सुतिरहेको बेला सासुले पेटमा चक्कु प्रहार गरेपछि प्रतिकार स्वरूप सबैको हत्या गरेको बयान दिएका छन्। भोजपुर प्रहरी प्रमुख डीएसपी युवराज तिमल्सिनाका अनुसार राईको पेटमा चक्कु प्रहारका तीनवटा घाउ फेला परेको छ र उनलाई थप उपचारका लागि धरान पठाउने तयारी गरिएको छ।

घटनापछि राजेन्द्रले आफैँ प्रहरीलाई फोन गरी आत्मसमर्पण गरेका थिए। अनुसन्धानका क्रममा उनले श्रीमती मनीषासँग उमेर नपुग्दै प्रेम विवाह गरेको र पछिल्लो एक महिनादेखि श्रीमती माइतीघरमै बसेको खुलेको छ। उनी एक सातादेखि ससुरालीमै रहेको र श्रीमतीलाई घर फर्काउने विषयमा झगडा भएको पनि प्रहरीको प्रारम्भिक बुझाइ छ।

स्थानीय वडासदस्य प्रभा राईका अनुसार करिब एक वर्षअघि मनीषा र राजेन्द्रबीच प्रेम विवाह भएको थियो, तर पछिल्लो समय उनीहरूको सम्बन्धमा दरार आएको देखिन्थ्यो। छिमेकीहरूले पनि राजेन्द्रले सासुससुरालाई धम्क्याउने गरेको बताएपछि घटना पूर्वनियोजित हुन सक्ने आशंका गरिएको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार राजेन्द्र हत्या गर्ने उद्देश्यले नै ससुराली गएका थिए र उनले चक्कु घरबाटै लगेका थिए। केही छिमेकीले प्रहरीले जानकारी पाउनु पर्ने अवस्था रहेको भए पनि धम्की मात्र हो कि भनेर बेवास्ता गरिएको देखिएको छ।

प्रहरीको थप अनुसन्धानबाट राजेन्द्रको अघिल्लो विवाह टुटेको पनि खुलेको छ। मनीषासँग उनको चिनजान सामाजिक सञ्जालमार्फत भएको र त्यसपछि विवाहमा परिणत भएको जानकारी दिइएको छ। घटनाले समग्र गाउँमा त्रासको वातावरण सिर्जना गराएको छ भने प्रहरीले विस्तृत अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।