जापानमा रहेका कास्की र पोखरावासी नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले कास्की पोखरा समाजजापानको कान्साई क्षेत्रीय समिति गठन भएको छ। जुलाई ५, शनिबार सम्पन्न पहिलो अधिवेशनले आगामीदुई वर्षको कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिको अध्यक्षमा अग्निराज तिवारी चयन हुनुभएको छ। समितिको उप-संयोजकमा दुर्गा मरासिनी र कोषाध्यक्षमा प्रकाश भण्डारी रहनुभएको छ।
अधिवेशनले सचिवको जिम्मेवारी अभिनय आचार्यलाई सुम्पेको छ भने सह-सचिवमा सकुनिता परियार चयनहुनुभएको छ। त्यस्तै, सह-कोषाध्यक्षमा राजेश कोइराला र महिला संयोजकमा अनिता त्रिपाठी नियुक्तहुनुभएको छ।
नव-निर्वाचित कार्यसमिति:
• अध्यक्ष (संयोजक): अग्निराज त्रिपाठी
• उप-संयोजक: दुर्गा मरासिनी
• महिला संयोजक: अनिता त्रिपाठी
• कोषाध्यक्ष: प्रकाश भण्डारी
• सह-कोषाध्यक्ष: राजेश कोइराला
• सचिव: अभिनय आचार्य
• सह-सचिव: सकुनिता परियार
सल्लाहकारहरू:
• तेज गुरुङ
• तिलक के.सी.
• लोक बहादुर विश्वकर्मा
खेलकुद संयोजक:
• ईश्वर थापा
• नविन जंग के.सी.
सदस्यहरू:
• सन्तोष बाबु लामिछाने
• बीरबहादुर तामाङ
• सुनिता परियार
• बसन्त बराल
• सुमन सुबेदी
• सजना त्रिपाठी
• कविराज बराल
• सुनिल कोइराला
• निरूपा ठकुरी
• स्मृति बराल
• बसन्त पौडेल
• सबिन गुरुङ
• अनिल अर्याल
• प्रबिना दाहाल
• मदन श्रेष्ठ
• विनोद आचार्य
• सुशील भुजेल
• बिक्की गुरुङ
• विनिता आचार्य
कास्की पोखरा समाज जापानको केन्द्रीय समितिका निवर्तमान अध्यक्ष सन्देश अधिकारी प्रमुख अतिथिरहनुभएको कार्यक्रममा विशेष अतिथिको रुपमा संस्थाका प्रमुख संरक्षक अञ्जु भण्डारी रहनुभएको थियो ।कास्की पोखरा क्षेत्रीय भेलाको संयोजन बिष्णु भण्डारी ( बिसु )ले गर्नुभएको थियो भने सञ्चालन महासचिव जिबन पोखरेल ( कञ्चन ) ले गर्नुभएको थियो।स्वागत मन्तब्य कोषाध्यक्क्ष कुल प्रसाद बास्तोला ले गर्नु भएको थियो। समाजका केन्द्रीय अध्यक्ष कमल बाँस्तोलाको अध्यक्षतामा सम्पन्न यसकार्यक्रममा कान्साई क्षेत्रमा बसोबास गर्ने कस्केलीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नयाँ नेतृत्वले कान्साईमा रहेका कास्की र पोखराका नेपालीहरूबीचको सम्बन्धलाई थप सुदृढ गर्दै आपसीभाइचारा र मेलमिलापलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। यसले समाजका गतिविधिहरूलाई थप सक्रियबनाउने विश्वास लिइएको भन्ने जानकारी कास्की पोखरा क्षेत्रीय भेलाको संयोजन बिष्णु भण्डारी ( बिसु ) ले दिनु भएको छ ।
प्रतिक्रिया