काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापा को नेतृत्वलाई वैध ठहर गरेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्णय सुनाएको हो। यसअघि पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले निर्वाचन आयोगको निर्णय र विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए।
रिटमा निर्वाचन आयोगले संविधान, कानुन तथा पार्टी विधानविपरीत थापा नेतृत्वलाई आधिकारिकता दिएको दाबी गरिएको थियो। तर सर्वोच्च अदालतले उक्त दाबी अस्वीकार गर्दै देउवा र खड्काले दायर गरेको रिट खारेज गरिदिएको छ।
यससँगै थापा नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दिएको आधिकारिकता कानुनी रूपमा मान्य भएको छ। निर्णयपछि सभापति थापालाई आफ्नो हैसियतमा पार्टी सञ्चालन गर्न थप सहज हुने भएको छ।
देउवाले आफू १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति भएको दाबी गर्दै विशेष महाधिवेशनलाई अवैध ठहर गर्दै आएका थिए। तर सर्वोच्चको पछिल्लो निर्णयले सो दाबीलाई अस्वीकार गर्दै थापा नेतृत्वकै वैधानिकता कायम गरेको छ।
प्रतिक्रिया