Washington DC, US : April 10, 2026, Friday 10:58 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|मध्यपूर्वमा जारी अस्थायी युद्धविराममाथि गम्भीर प्रश्न उठ्न थाले|बहुचर्चित सुन तस्करी प्रकरणसँग जोडिएको मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा सहितका व्यक्तिविरुद्ध गम्भीर आरोप|Breaking News : अमेरिका–इरानबीचको बढ्दो तनावबीच अन्ततः अस्थायी सहमतितर्फ, इरानले दुई हप्ताको युद्धविराम स्वीकार गरेको घोषणा, अमेरिका–इरानबीच भएको दुई हप्ते युद्धविराममा इजरायलले पनि समर्थन|ट्रम्पले फेरि कडा र विवादास्पद चेतावनी दिए, इरानसँग सम्झौता हुने “राम्रो सम्भावना” रहेको पनि बताए, इरानले भने ट्रम्पको अल्टिमेटमलाई “लाचार, चिन्तित र मूर्खतापूर्ण” भन्दै उपहास|Breaking News : ट्रम्पको शैलीलाई अस्थिर र विरोधाभासपूर्ण, युद्धजस्तो गम्भीर विषयमा जिम्मेवार व्यवहार आवश्यक : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों|के के गर्दै छ नेपालमा बालेन्द्र साह सरकार अहिले ?|अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र, ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी|एमालेले पार्टीभित्र बढ्दो आलोचना र असन्तुष्टिका बीच आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई सार्वजनिक रूपमा अनावश्यक टिप्पणी नगर्न कडा निर्देशन|गैरआवासीय नेपाली संघ (NRNA) ले परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपालीका प्रमुख समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह|इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त

कांग्रेसको केन्द्रीय समिति बैठकमा एमाले बाहेक अन्य दलहरूसँग गठबन्धनको विकल्प खोज्नुपर्ने आवाज उठ्यो

  NepalMother.com | १७ असार २०८२, मंगलवार २२:०१

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेकपा एमाले बाहेक अन्य दलहरूसँग गठबन्धनको विकल्प खोज्नुपर्ने आवाज उठेको छ। सोमबारदेखि सुरु भएको बैठकमा सरकारको कार्यसम्पादन, पार्टीको भूमिका, र आगामी महाधिवेशनलगायत १३ एजेण्डामा छलफल भइरहेको छ। मंगलबारको बैठकमा केन्द्रीय सदस्य डा. डिला संग्रौलाले आगामी निर्वाचनका लागि एमालेबाहेक अन्य दलहरूसँग चुनावी गठबन्धनको सम्भावना खोज्नुपर्ने धारणा राखे। उनका अनुसार एमाले नै कांग्रेसको प्रमुख प्रतिस्पर्धी भएकाले विकल्पका रूपमा अन्य दलहरूसँग सहकार्य आवश्यक पर्न सक्छ।

उनले वर्तमान गठबन्धनमा कांग्रेसको उपस्थिति प्रभावहीन देखिएको, मन्त्रीहरूको भूमिका कमजोर भएको र सबै राम्रा कामको श्रेय प्रधानमन्त्रीलाई मात्रै जाने अवस्थाको अन्त्य हुनुपर्ने तर्क गरे। पार्टीभित्र सधैँ एकै व्यक्तिहरूले मन्त्री बन्ने मानसिकता गलत भएको भन्दै उनले कांग्रेसले स्पष्ट रणनीति बनाएर सरकारमा प्रभावकारी उपस्थिति सुनिश्चित गर्नुपर्ने धारणा राखे।

यस्तै, सोमबारको बैठकमा संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले पनि एमालेसँगको गठबन्धनको औचित्यमाथि प्रश्न उठाए। उनले ०७९ सालको निर्वाचनमा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेको कांग्रेस अहिले एमालेसँग सरकार चलाउन पुगेको भन्दै यसको कारण स्पष्ट गर्न सभापति देउवालाई आग्रह गरे। सात बुँदे सहमतिको आधारमा गरिएको सत्ता सहकार्यको मुख्य मुद्दा रहेको संविधान संशोधनको प्रगति नभएको भन्दै कोइरालाले आलोचना गरे।

बैठकमा कोइराला र सांसदसमेत रहेका व्यवसायी नेता विनोद चौधरीबीच भनाभनसमेत भयो। चौधरीले आफूलाई केन्द्रीय सदस्य बनाउन नियम मिचिएको कोइरालाको आरोपको जवाफ दिँदै नियुक्ति प्रक्रिया पूर्ण रूपमा विधिसम्मत रहेको दाबी गरे। उनले प्रतिनिधिसभा निर्वाचनमा शेखर कोइरालाले आफूलाई हराउन रणनीति बनाएको आरोप लगाउँदै कोइरालाको नेतृत्वमा पार्टी चल्न नसक्ने टिप्पणी गरे। चौधरीले फरक पेसाबाट आएका व्यक्तिहरूमाथि राजनीतिका ढोका बन्द गर्ने मानसिकता राख्नेलाई चुनौती दिँदै यस्तो संकीर्ण सोचको अन्त्य गर्नुपर्ने बताए।

साथै, केन्द्रीय समिति बैठकमा कांग्रेसको १५औँ महाधिवेशनको मिति तोक्न सभापति शेरबहादुर देउवालाई दबाब बढेको छ। डा. संग्रौला र डा. कोइरालाले विधानअनुसार ०८२ मंसिरभित्र महाधिवेशन गर्नैपर्ने बताएका छन्। कोइरालाले पदाधिकारीहरू महाधिवेशनको तयारीमा देखिए पनि स्पष्ट मिति तोकिएको छैन भन्दै असन्तुष्टि जनाए। नैनसिंह महर लगायतका नेताहरूले समेत तल्लो तहसम्म कार्यकर्ताहरूमा अन्योल चिर्न तत्काल मिति र कार्यतालिका तय गर्नुपर्ने माग गरे।

नौ महिनापछि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेका १३ वटा एजेण्डामाथि छलफल जारी छ। १०० दिने अभियानको समीक्षा, भ्रातृ संस्था र जनसम्पर्क समितिसम्बन्धी व्यवस्थापन, विधान संशोधनको तयारी र सरकारको समग्र समीक्षा बैठकको मुख्य विषय बनेका छन्।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।