Washington DC, US : June 25, 2025, Wednesday 11:20 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|Breaking News : NATO महासचिव रुट्टेले ट्रम्पलाई “शक्तिशाली व्यक्ति” र “शान्तिका अग्रदूत” को रूपमा सम्मान गरे|देशका लागि “ऐतिहासिक विजय”- इजरायल, “१२ दिनको युद्ध” को अन्त्यको निर्णय – इरान|देशभरिका १४ उत्कृष्ट किसानलाई राष्ट्रपति बाट सम्मान|इरान – इजरायल युद्ध र युद्ध बिराम पछिको बिकसित घटना क्रम|अब नेपाली सेना मौन बस्न मिल्दैन|जनसंघर्षको ३६ औं वर्ष प्रवेश : डा. चापागाईंले धन्यवाद व्यक्त गरे|कुशासनको छायाँमा शान्ति र समृद्धि|Breaking News : राष्ट्रपति डोनाल्ड ट्रम्पले गराए कतारी सरकारको मध्यस्थतामा इजरायल र इरानबीचको नाटकीय “युद्ध बिराम”|सर्वोच्च नेता खामेनी बंकरमा, यदि इरानले होर्मुज बन्द गरे के हुन्छ ?|मीना शर्माको नेतृत्वमा शिब मन्दिर टोल सुधार समिति

कुशासनको छायाँमा शान्ति र समृद्धि समय बलवान छ अब देशले युवा जनशक्ति मात्र होइन अन्य क्षेत्रका देश बनाउने योग्य जनशक्ति बिदेशिन बाध्य भएको देख्न चाहन्न - टंक पन्त

  NepalMother.com | ९ असार २०८२, सोमबार २२:३८

शान्ति र समृद्धि देशको प्रमुख आबश्यकता बनेको छ । त्यसका लागि राज्यले भ्रष्टाचार नियन्त्रण , दण्डहीनता , सुशासन र उत्पादनलाई पहिलो प्राथमिकता दिनु पर्ने हुन्छ । जसलाई प्राथमिता दिएर प्रक्रिया अगाडि बढाउन राज्यले कानुनी र नीतिगत पक्षलाई गंभीरतापुर्वक धयान दिनुपर्ने हुन्छ । जब कानुनी र नीतिगत पक्षमा गैसकेपछि राज्यका संयन्त्रमा बसेर लागू गर्ने अधिकारी र राजनीतिक नेतृत्वको कार्यशैली पनि सोही अनुसार सकारात्मक र परिवर्तनमुखी हुनुपर्छ । तर आज यस्ता ज्वलन्त बिषयमा जिम्मेवार निकायको ध्यान गएको छ त भन्ने गंभीर प्रश्न उठ्ने गरेको छ ।

देशकोे समृद्धि र नागरिकको पक्षमा काम गर्ने उदघोषका साथ देशमा ०७ साल देखि पटक पटक राजनीतिक परिवर्तन गरियो पनि । राजनीतिक परिवर्तनका लागि सबै एक जूट पनि भए तर परिवर्तन पछि सत्तामा पालैपालो पुगेका तिनै शक्ति र नेतृत्व सम्हाल्नेहरु बिचलित भए । जनताको अपेक्षा र संघर्षलाई राजनीतिक नेतृत्व मात्र होइन कर्मचारीतन्त्र , संबैधानिक निकाय र अन्य राज्यको सुबिधा लिने अधिकांशले बिर्सिए । उनीहरु केबल आफनो र आफनो परिवार नातागोताको हितका लागि मात्र केन्द्रित भए । राजनीतिक दलका धेरै नेताहरुले सत्ताको चरम दुरुपयोग मात्र गरेनन् कि ब्रम्हलुट नै मच्चाए र अहिले पनि त्यो क्रम बढ्दो छ । केही इमान्दार नेता र ब्यूरोक्रेसीका ब्याक्तित्वहरु त्यो शक्तिको नजिक पर्न पनि सक्तैनन् किनकि न उनीहरु आफनो स्वार्थका लागि शक्ति दुरुपयोग गर्न खोज्छन् न दूरुपयोग गर्नेलाई सघाउछन् । अर्थात न खान्छन् न खानेलाई समर्थन गर्छन । त्यसैले उनीहरुको जीवन सादा देखिन्छ भने शक्तिको चरम दुरुपयोग गर्नेको शान बेग्लै छ ।

संबैधानिक निकाय देखि सुरक्षा निकाय सम्मको ठूलो संख्या बिचौलिया र दलालीको कमाण्डमा चल्ने गरेको छ भने जनप्रतिनिधिमुलक संसद मुकदर्शक भएर बसको छ । मुकक दर्शक हुनुको कारण संसदमा तिनै बिचौलिया , दलाली , ठेकदार र कार्यकारी प्रमुखको बेड सम्म पुग्ने हैसियत राख्नेहरुको दबदवा छ । त्यो दबदवाको शिकार जनताको पक्षमा वकालत गर्ने गरी कसम खाएर संसद पुगेकाहरु पनि भएका छन् । उनीहरुको केही लाग्दैन । संसदमा कुरा उठाउछन् तर सुन्नेले सुन्दैनन् । त्यसैले आज देश आर्थिक रुपमा जर्जर छ । कर्मचारीलाई तलब ख्वाउन पनि श्रmृण लिनुपर्ने बाध्यता छ । २७ खर्ब श्रmृणको भारले थिचिएको मुलुकका निर्णायक ठाउंमा बस्नेहरु कहांवाट कसरी कमाउन सकिन्छ भन्ने कुरामा केन्द्रित छन् । त्यसैले भ्रष्टाचारको सुचिमा नेपालले किर्तिमान कायम गरेको छ । यो भन्दा दुर्भाग्य के हुन सक्छ ?

किसानले उत्पादन गर्छन तर किसानले उचित मूल्य पाउँदैन , तर नागरिक तह सम्म आइपुग्दा त्यहि किसानले उत्पादन गरेको खाद्य सामग्री , तरकारी, फलफुलको मूल्य नसोचेको बढेको देखिन्छ । बिचका दलालीको भूमिका यति धेरै प्रभाबकारी छ कि जसलाई राज्य संयन्त्रले कारवाही त के आँखा तर्किन पनि सक्तैन किनकि सेटिङ्गका आधारमा राज्य संयन्त्रहरु परिचालित छन् । कहिलेकाँही हुने छड्के सेटिङ्ग नमिलेर हो भन्ने कुरामा पनि बिमति छैन । त्यो सेटिङ्गको जालो एयरपोर्ट देखि न्यायालय सम्म छ । जसले गर्दा नक्कली भूटानी शरणार्थी बनाएर होस या भिजिट भिसाका नाममा हुने गरेकोे मानब तश्करी , मानब बेचबिखन जस्ता देशका लागि अपराध गर्नेहरु खुलेआम हिडिरहेका छन् । केहीलाई कारवाही गरेजस्तो गर्ने तर नाइकेहरुको सेटिङ्गमा हस्तेमा हैसे गर्ने प्रबृत्ति अहिले पनि छ । आज त्यहि कारण प्राकृतिक , सांस्कृतिक , उर्जा, पर्यटकीय हिसाबले पनि सुन्दरताको पहिचान बोकेको नेपाल पछाडि परेको छ ।

शिक्षा र स्वास्थ्य सबै भन्दा नाफामूलक ब्यापार भएको छ । तिनै ब्यापार गर्नेहरु नै मन्त्रिपरिषद र संसदमा पुग्छन् अनि उनीहरुले आफनो स्वार्थ अनुसार निर्णय गराएरै छोड्छन् । शिक्षा र स्वास्थ्यको ब्यापार गर्नेहरुको शान हेर्ने हो भने यो देश गरीब छ र भन्ने लाग्छ । सरकार र पार्टीका मुख्य नेताको घरमा आबश्यक सहयोगी सामग्री पु¥याउन सक्नेहरुको कब्जामा मुलुकको सत्ता रहेको छ । आर्थिक अबस्था कमजोर हुनेले न उचित र गुणस्तरीय शिक्षा पाउछ न त स्वास्थ्य उपचार नै । एउटा मात्र उदाहरणलाई हेर्ने हो भने केही समय अगाडि रुपन्देही शंकरनगर १ आरतीचोकमा निवासी एक जना महिलाले उपचारमा हुने खर्चले परिवार बिचल्ली हुने भयो भन्ने ठानेर त्रिबेणीमा गएर सुसाइट गरिन् । गाउँकै प्रिय मानिने ती महिलाको सुसाइटले धेरै दिन गांउँ नै स्तब्ध भयो र अहिले पनि उनलाई सम्झिदा उनको दोष कसैले भन्दैन । राज्यको नीति र ब्यबहारलाई नै दोष दिन्छन् । यस्ता घटना गाउँ देखि शहर सम्म हुने गरेका छन् ।

कतिपय घटना बाहिर आउँछन् कैयौं बाहिर नै आउदैनन् । नेपाल भन्दा स्रोत साधनले कमजोर मुलुक पनि आज धेरै अगाडि बढिसकेका छन् । तर हाम्रो मुलुकलाई समृद्धि तर्फ लैजाने कुरामा न त दलहरुवीच एकमतो हुन्छ न त ब्यूरोक्रेसीको उच्च निकाय । तीस बर्ष पदमा हुंदा सुशासन नजानेको कर्मचारी रिटायर हुने एक दिन दुइ दिन अगाडि वा रिटायर हुनासाथ सुशासन आयोग , संबैधानिक निकाय वा अन्य सत्तास्वादमा रमाउने पदमा पुग्न सामदाम दण्डभेद सबैथोक गर्छन ।

त्यहि राजनीति र कर्मचारी संयन्त्रको सेटिङ्ग र लिंक तोड्ने गरी संसदको राज्य ब्यबस्था समितिले महिनौ लगाएर रिटायर भएको दुइ बर्ष सम्म नियुक्ति खान नपाइने प्राबधान राख्ने निर्णय गरेपछि ब्यूरोक्रेसीको टप लेवलवाट भएको तमासा सबैका सामू छर्लङ्ग छ । आम नागरिकले संसदको समितिले गरेको निर्णयलाई स्वागत ग¥यो तर ब्यूरोक्रेसीको माथिल्लो निकायले प्रधानमन्त्री देखि नेता सम्मलाई अल्मल्याए । नेताहरु पनि किन अल्मलिए भन्ने कुरा प्रष्ट छ कि निर्वाचन खर्च उठाउने देखि अन्य कुरामा तारतम्य मिलाउन उनीहरुवीच पनि एकमतो भएको हुन्छ ।

अर्को सुशासनको पाटोमै बर्षेनी राजमार्गमा आम नागरिकहरुले भोग्नुपरेको सास्ती रोक्न कसैको एक मत देखिदैन । यातायातको सिण्डिकेट तोड्न कसैको एक मत हुदैन । कुनै सरकारी निकाय प्रदेश सरकारले आट गरेर निर्णय गरिहाल्यो भने त्यसलाइ भत्काउन केन्द्रिय सरकार कम्मर कसेर लाग्छ । कानुनले प्रतिष्पर्धा गर भन्छ तर ब्यबहार ठीक उल्टो हुन्छ । किनकि सडक यातायात होस या हवाइ यात्राको पक्षमा होस सिण्डिकेटका लागि निर्णायक तहमा बस्नेको एण्टै मत हुने गरेको छ । सिण्डकेटका नाइके नै दल र दलका नेता हुने गरेका छन् । २० प्रतिशत पनि बिकास बजेट हुदैन तर त्यो खर्च पनि कहिले हुन्छ भन्दा असार लागेपछि । अनि त्यहां हुने खर्चको कुनै हिसाब हुदैन त्यसैले तीन खर्ब बजेट असारे खोलाले बगायो भन्दै धेरैको खल्तीमा पुग्ने गरेको कुरा बर्षेनी स्वयं नेता देखि आम नागरिकले भन्छन् । महालेखा परीक्षक देखि अन्य जिम्मेवार निकायवाट सो बिषयमा सरकारको ध्यानाकर्षण गराउने गर्छन् तर त्यसको सुनुवाई हुदैन । नौबिसे दाउन्ने जस्ता सडकमा अहिले सम्म भएको सडक मर्मत खर्चको आधा खर्चले नौबिसेको धार्के देखि कलंकी सम्म र दाउन्नेको अरुणखोला कटेपछि प्रारंभ हुने पहाडको फेदीवाट बर्दघाट सम्म सुरुङ्गमार्ग बन्ने थियो । तर त्यस्तो स्थायित्व हुने खालको काम गर्नासाथ त्यहांवाट मर्मतका नाममा हुने खर्चको दोब्बर देखाएर खाने काम त बन्द हुन्छ । त्यसैले भनिन्छ – अहिले गणतन्त्रका नाममा शक्तितन्त्र र संघीयताका नाममा लुटतन्त्रको स्वर बढ्न थालेको छ ।

लोकतन्त्र गणतन्त्रले सबैलाई न्याय दिन्छ भन्ने मान्यतालाई नेता र शक्ति केन्द्रका नाइकेहरुले नै धूलो चटाएका छन् । सरकारले प्रत्येक बर्ष बजेट ल्याउछ तर बजेटको ठूलो हिस्सा केही नेता र शक्तिशाली ब्याक्तिको क्षेत्रमा खन्याइनुले पनि लोकतन्त्र र गणतन्त्रको धज्जी उडेको छ । देशमा रोजगारी दिने कुरामा ध्यान नदिने केबल आफनो र त्यसमा पनि पकेटको मान्छे कसरी माल आउने ठाउँमा राख्ने भन्ने कुरामा मात्र जिम्मेृवार पक्षको ध्यान गएको छ । जसले गर्दा न्यायालय देखि सुरक्षा निकाय जस्ता संबेदनशील क्षेत्र राजनीतिकरणले चुर्लुम्म डुवेको छ । पछिल्लो समयको एउटा मात्र उदाहरण हेरे पुग्छ –नेपाल बिद्युत प्राधीकरणको नेतृत्व परिवर्तन । आम नागरिक मात्र होइन उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयकै राज्यमन्त्रीले पनि थोरै समय मात्र पदावधि भएका ब्याक्तिलाई किन जवर्जस्ती हटाउने भन्ने अडान र बिचार निकै बलियो राख्दा राख्दै पनि एक दुइ ब्याक्तिको मात्र स्वार्थका लागि प्राधिकरणको नेतृत्व परिवर्तन गरियो ।त्यसपछि देशमा छिन् छिनमा लोडसेडिङ्ग भैरहेको छ ।

त्यसको फाइदा केही स्वार्थी तत्वले लिएको छ । धेरै बर्ष देखि लोडसेडिङ्ग नभएको अहिले यत्ति बिधि किन भयो भनी गुनासो गर्दा सरकार यस्ता भ्रम सिर्जना गर्नेलाइ कारवाही गर्नु पर्छ भन्छ । यस्तै यस्तै गलत ब्याक्तिको हातमा डाडु पन्यु भएकै कारण देशको आर्थिक अबस्था झनपछि झन जर्जर हुदै गएको छ भने देशमा शान्ति समृद्धि छायांमा परेको छ । अहिले भैरहेको बेथिति अन्त्य गर्न अब देशमा अर्को देश भक्त , राष्ट्रभक्त नेतृत्वका लागि फेरि बुलन्द आवाजको खाचो देखिएको छ । समय बलवान छ अब देशले युवा जनशक्ति मात्र होइन अन्य क्षेत्रका देश बनाउने योग्य जनशक्ति बिदेशिन बाध्य भएको देख्न चाहन्न । त्यसका लागि कठोर भन्दा कठोर कदम चाल्नका लागि नागरिक स्तरवाटै प्रभावकारी पहलको आबश्यकता देखिएको छ । – tanka.panta@gmail.com

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।