Washington DC, US : November 11, 2025, Tuesday 01:45 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|नाइजेरिया भीषण भिडन्तमा करिब २०० लडाकु मारिए|Breaking News : नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कार विस्फोट : ८ जनाको मृत्यु, २४ घाइते|नेपालका आजका ३ समाचार : नेपाली कांग्रेसभित्र फेरि ठूलो विवाद, मधेश प्रदेशकी प्रदेश प्रमुख पदमुक्त, कर्मचारीमाथि कुटपिट|“टेरिफको विरोध गर्नेहरू मूर्ख हुन् ! प्रति व्यक्ति कम्तीमा २,००० डलर (धेरै उच्च आय भएका बाहेक) सबैलाई दिइनेछ।” – राष्ट्रपति डोनाल्ड ट्रम्प|Breaking News : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी विरुद्ध कानुनी कारबाही गर्ने चेतावनी, बीबीसीका न्यूज विभाग प्रमुख डेबराह टर्नेस र महानिर्देशक टिम डेवीले पदबाट राजीनामा|सरकारका ७ प्रमुख निर्णयहरू यस्ता, नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की नियुक्त|अमेरिकी संघीय सरकार बन्द (शटडाउन) अन्त्य हुने संकेत, ८ जना डेमोक्रेट सिनेटरहरूले पार्टी लाइन तोडेर रिपब्लिकनको पक्षमा मतदान गरे|ट्रम्पले आफ्ना सहयोगीहरू रुडी जुलिआनी, मार्क मेडोज, सिड्नी पॉवेल लगायतलाई “पूर्ण, सम्पूर्ण र बिना कुनै शर्त” क्षमादान दिए|के हाम्रो नेपाली समाज अहिले देखिएको वा देखाइएको जस्तो छ, त्यही नै हाम्रो वास्तविक अनुहार हो त ?|“अपराधी जहाँ भए पनि, कति शक्तिशाली भए पनि, अन्त्यमा सजाय पाउनेछन्।”

शेर बहादुर देउबा भन्छन “NRN लाइ बंसजको नागरिकता दिन सकिन्न” एलन मस्कको उदाहरण दिँदै वंशजको नागरिकता स्वतःसिद्ध अधिकार भएको र यस्तो अधिकार कुनै कानुनले खोस्न नसक्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको दाबी

  NepalMother.com | ७ असार २०८२, शनिबार १३:५३

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक पटक विदेशी नागरिकता लिइसकेका व्यक्तिहरूलाई पुनः नेपाली नागरिकता दिन नसकिने स्पष्ट पारेका छन्। शनिबार ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै देउवाले ब्रिटिश गोरखा सैनिकहरूले नेपाली नागरिकताको निरन्तरताको माग गर्नु स्वाभाविक भए पनि, जब उनीहरूले विदेशी नागरिकता लिइसकेपछि फेरि नेपाली नागरिकता प्रदान गर्नु सम्भव नहुने बताए।

“अरू प्रयोजनका लागि गैरआवासीय नेपाली (एनआरएन) नागरिकता दिन सकिन्छ,” देउवाले भने, “तर, नेपालको सन्दर्भमा त्यस्तो नागरिकता व्यवस्थापन गर्न कठिन हुन्छ। नेपाल फर्किन चाहने जो–कोहीलाई हामी स्वागत गर्छौं।”

देउवाले ब्रिटिश गोरखा सैनिकका विषयमा समितिमा छलफल जारी रहेको जानकारी दिँदै चाँडै नै संसदबाट यसको निष्कर्ष आउने विश्वास व्यक्त गरे। उनले भने, “जहाँसम्म ब्रिटिश गोरखा सैनिकलाई बेलायती सैनिकसरह सेवा–सुविधा दिनुपर्ने नेपालको मागको कुरा छ, म त्यसमा स्पष्ट छु। तर बेलायतले त्यो स्वीकार गरेको छैन।”

उनले गोरखा सैनिकहरूको इतिहास गौरवपूर्ण रहेको भन्दै ब्रिटिश गोरखाले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने माध्यमको रूपमा भूमिका खेलेको उल्लेख गरे। नेपाल–बेलायत सम्बन्धको विस्तारमा गोरखा फौजको विशेष योगदान रहेको पनि देउवाले स्मरण गरे।

सभापति देउवाले राजनीतिक दलहरूबीच नागरिकताको विषयमा छलफल भइरहेकाले एनआरएन तथा गोरखा सैनिकका मागहरूबारे यथाशीघ्र सहमति बन्ने विश्वास व्यक्त गरे।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिश गोरखा सैनिकहरूको सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता दिनु पर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।

शनिबार ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै डा. भट्टराईले रगत र वंशको आधारमा प्राप्त हुने नागरिकता अधिकार कसैले खोस्न नहुने बताए। उनले गोरखा सैनिकलाई अर्कै देशको सेनामा पठाउने तर नागरिकता नदिने नीति अन्यायपूर्ण भएको भन्दै कडा आपत्ति जनाए।

“हामी आफैँले नागरिकलाई विदेशी सेनामा पठाउने, तर वंशजको आधारमा नागरिकता दिन नमान्ने कुरा न्यायसंगत हुँदैन,” उनले भने, “साहस छ भने बेलायती गोरखा भर्ती नै बन्द गरौँ। नत्र भने नागरिकता खोस्ने अधिकार हामीसँग छैन।”

डा. भट्टराईले नेपालमा नागरिकताको विषयमा गहिरो अज्ञानता रहेको उल्लेख गर्दै नागरिकताको बहसमा अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्नुपर्ने बताए। उनले एलन मस्कको उदाहरण दिँदै वंशजको नागरिकता स्वतःसिद्ध अधिकार भएको र यस्तो अधिकार कुनै पनि कानुनले खोस्न नसक्ने तर्क राखे।

“एलन मस्कसँग दक्षिण अफ्रिका, क्यानडा र अमेरिका—तीनवटा देशको नागरिकता छ। बुबा दक्षिण अफ्रिकाबाट, आमा क्यानडाबाट भएकाले उनी वंशजको आधारमा नागरिक भएका हुन्। पछि अमेरिकामा गएर अंगीकृत नागरिकता पाए। वंशजको अधिकार उसले स्वेच्छाले त्याग नगरेसम्म रहिरहन्छ,” भट्टराईले उदाहरण प्रस्तुत गरे।

उनले गोरखा सैनिकहरूकै रेमिट्यान्सबाट नेपालको अर्थतन्त्रमा मौद्रिक सुधार आएको स्मरण गराउँदै त्यस्तो योगदान दिने नागरिकहरूलाई अधिकारबाट वञ्चित गर्नु लोकतान्त्रिक मूल्यविपरीत हुने बताए। संविधानमै कोही पनि नागरिक नागरिकताबाट वञ्चित हुन नपाउने उल्लेख छ भन्दै उनले राज्यलाई संविधानसम्मत रूपमा अघि बढ्न आग्रह गरे।

“लोकतन्त्र सबैले लडेर ल्याएको हो। त्यसैले कुनै पनि नागरिकमाथि अन्याय गर्न पाइँदैन,” भट्टराईले जोड दिए।


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।