भरतपुर / पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा शनिबार दिउँसो भएको सडक दुर्घटनामा परेका सबै मृतक र घाइतेको परिचय खुलेको छ।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको यात्रुवाहक बस (प्रदेश १–०१–००१ ख ३५८३) र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको ईभी माइक्रो (बागमती प्रदेश ०३–००१ ज २९९) एकआपसमा ठोक्किँदा ७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार ५ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। हाल सबै शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।
दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धानका आधारमा तीव्र गति र ब्रेक फेल भएको आशंका गरिएको छ। यद्यपि विस्तृत अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिएका छन्। दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक अहिले सुचारु भइसकेको छ।
मृत्यु हुनेहरूको विवरण:
१. सोमप्रसाद रुपाखेती, ५५ वर्ष, हटिया–३, मकवानपुर
२. मइया कुमारी न्यौपाने पहाडी, ५३ वर्ष, हेटौंडा–५, मकवानपुर
३. नाम नखुलेकी महिला, अन्दाजी १८–१९ वर्ष
४. नाम नखुलेकी महिला, अन्दाजी २४–२५ वर्ष
५. नाम नखुलेका पुरुष, अन्दाजी २२–२३ वर्ष
६. गर्भवती महिला, अन्दाजी ३०–३५ वर्ष, नाम र ठेगाना अज्ञात
७. पुरुष, अन्दाजी ३५–४० वर्ष, नाम र ठेगाना अज्ञात
घाइतेहरूको विवरण:
१. सक्षम थापा, १६ वर्ष, हेटौंडा–१३, मकवानपुर
२. सिंहबिर घलान, ३२ वर्ष, हेटौंडा–१२, मकवानपुर
३. विष्णु लम्साल, ३१ वर्ष, हेटौंडा–४, मकवानपुर
४. गंगा घलान, ३४ वर्ष, हेटौंडा–८, मकवानपुर
५. सुशिला बराल, अन्दाजी ६५ वर्ष, गौरादह–९, झापा
६. उमा बराल, अन्दाजी ६७ वर्ष, गौरादह–९, झापा
७. वीरबहादुर जैसी, ४८ वर्ष, बेलौरी–४, कञ्चनपुर
८. सन्देश ओली, अन्दाजी ३० वर्ष, आठबिसकोट–९, रुकुम पश्चिम
९. अर्जुनबहादुर राउत, ३२ वर्ष, साफेबगर–१०, अछाम
१०. जम बुढा, ४५ वर्ष, लम्कीचुवा–८, कैलाली
११. चन्द्रकुमारी थापा, ७० वर्ष, पूर्णवास–६, कञ्चनपुर
१२. टिका न्यौपाने, ७० वर्ष, गौरादह–६, झापा
१३. जम बा थापा, ६९ वर्ष, पूर्णवास–६, कञ्चनपुर
१४. सुरेश बोगटी, ३२ वर्ष, गोरीगगा–११, कैलाली
१५. लोकेन्द्र बुढा, ३७ वर्ष, लम्कीचुवा–१, कैलाली
१६. बल सिंह बुढा, ४८ वर्ष, लम्कीचुवा–१, कैलाली
१७. वुलटन साह, ४५ वर्ष, चपुर–७, रौतहट
१८. अनिसा घिमिरे, २६ वर्ष, बकैया–४, मकवानपुर
१९. रत्न बुढा, ५३ वर्ष, पलाता–४, कालिकोट
२०. लक्ष्मी पौडेल, ८३ वर्ष, दमक–८, झापा
২১. प्रवेश सौरेन, २३ वर्ष, मेचीनगर–१५, झापा
२२. श्रीचन्द्र राय, ५६ वर्ष, राजविराज–५, सप्तरी
२३. महेश चौधरी, ३४ वर्ष, गोदावरी–४, कैलाली
२४. सुमन चौधरी, २७ वर्ष, बेलबारी–७, मोरङ
दुर्घटनापछि घाइतेहरूको उपचार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा भइरहेको छ। प्रहरीले सबै घाइतेहरूको स्वास्थ्य अवस्था निगरानीमा रहेको जनाएको छ।
प्रतिक्रिया