१२औं म्यूजिक खबर म्यूजिक अवार्ड भव्य रूपमा सम्पन्न, यादव खरेललाई दीर्घ साधना सम्मान
काठमाडौं / म्यूजिक खबरद्वारा आयोजित १२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ शुक्रबार काठमाडौंको तिलगंगास्थित बेस्ट वेस्टर्न प्लस होटलमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रम म्यूजिक खबर अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे प्रमुख अतिथि थिए। कार्यक्रममा विशिष्ट गीतकार तथा निर्देशक यादव खरेललाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरियो। उनलाई रु ५१,००० नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मानित गरिएको थियो। मन्त्री पाण्डे, गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, संयोजक सबिता पोखरेललगायतले खरेललाई सम्मान गरे।
मन्त्री पाण्डेले कार्यक्रममा बोलेका थिए, “स्रष्टा तथा कलाकारहरूलाई एकै थलोमा सम्मान गर्ने काम म्यूजिक खबरले जुन प्रतिबद्धताका साथ गरिरहेको छ, त्यो आफैंमा प्रशंसनीय छ।” उनले कला, संस्कृति र पर्यटनको समृद्धिमा यस्तो अवार्डले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

प्रमुख विजेताहरू
सुगम संगीततर्फ:
आधुनिक विधा:
-
सर्वोत्कृष्ट संगीतकार: नरहरि प्रेमी (घर छोडेको मान्छे)
-
सर्वोत्कृष्ट गीतकार: महेश आचार्य (तिमी सँगै छैनौ)
-
सर्वोत्कृष्ट युगल गायन: अन्जु पन्त र नरेश रेग्मी (धर्ती र जूनको कहानी)
-
ध्वनि सम्पादन: सुशील बिक्रम शाह (एउटै जून)
-
संगीत संयोजन: विपिन आचार्य (आदत)
म्यूजिक भिडियो विधा:
-
छायाँकार: रुपेश थापा (तिमीबिना चल्दैन)
-
सम्पादन: रबिन बिक (लामपाते सुरती)
-
मोडल: विनोद श्रेष्ठ र उषा सुवेदी (विदाई)
-
निर्देशक: शान थापा (छुनै हुन्न जस्तो)
विशेष अवार्ड:
-
पपुलर गायिका अफ दि इयर: एलिना चौहान (तिमीबिना चल्दैन)
-
जुरी गीतकार अवार्ड: भुपेन्द्र बुढाथोकी (भाग्य लेख्ने भगवान)
-
जुरी संगीतकार अवार्ड: केशव पौडेल (पागल)
-
डायस्पोरा गायक: दिपेन्द्र आले (ढल्केबरैमा)
-
नवप्रतिभा गायक: रायन बस्याल (घामको झुल्को)
-
नवीन निर्देशक: उमेश भट्ट (कतै म हराएँ कि)
लोकदोहोरी विधा:
-
गायक: सरोज लामिछाने (खोली तरेको)
-
गायिका: सुनिता बुढा क्षेत्री (उजेली)
-
संगीतकार: कृष्ण केसी (ठूली)
-
गीतकार: सन्तोष सापकोटा (बस्यौ अलग्गै)
-
महिला गीतकार: सामना शाह (आँसुको वर्षात्)
-
संगीत संयोजक: तेजेन्द्र दूरा (तिम्रो जवानी)
-
ध्वनि सम्पादन: खड्ग बाजुराली (ठूली)
-
निर्देशक: मौसम हिमाली (कश्मिरे पछ्यौरी)
-
मोडल (पुरुष–महिला): बादल घिमिरे (कसम तोड्ने भा), अस्मिता पुरी (फूलमाया)
कल्चरल विधा:
चलचित्र विधा:
-
गीतकार: प्रमोद ढुंगाना (उपहार – हारेको छैन)
-
संगीतकार: अर्जुन पोखरेल (ज्वाइँसाप – कसम बत्तिको)
-
गायक/गायिका: सुमिन खड्का र नम्रता खरेल (दिमाग खराब – झम्के झमाझम)
-
इन्करेजमेन्ट अवार्ड: सबिन सुवेदी (छक्कापञ्जा ५ – विहे भाको छैन)
अन्य सम्मानहरू
-
रजत सम्मान: तिलकसिंह पेला
-
दशक संगीत सम्मान: खुमन अधिकारी, जुनु रिजाल
-
युवा संगीत सम्मान: मिना लामा
-
बालप्रतिभा संगीत सम्मान: पूजा देबकोटा
-
डायस्पोरा संगीत सम्मान: रमिल अधिकारी (न्युजिल्याण्ड)
-
फोटो पत्रकारिता सम्मान: प्रदीपराज वन्त
-
स्रष्टा सम्मान: शेखर ढुंगेल, दिवाकर भट्टराई
-
कला सम्मान: गम्भिर विष्ट
-
सामाजिक सेवा सम्मान: सफला मैया राजभण्डारी
-
ब्यूटी प्याजेन्ट कोरियोग्राफर सम्मान: आश्विनीकान्त झा
-
संगीत कला सम्मान: एमपी सुब्बा, दिपाञ्जली शाह
कार्यक्रम संचालन तथा प्रस्तुति
कार्यक्रमको संचालन गायिका मञ्जु पौडेल र पत्रकार निराजन भण्डारीले गरेका थिए। सांगीतिक तथा नृत्य प्रस्तुति शंकर बिसी, अस्मिता पुरी, शिव विक, रितु तामाङ, टिका बमजन र जुनु रिजालबाट प्रस्तुत गरियो।
कार्यक्रम शुभकामना मिडिया सोलुशनको आयोजनामा सम्पन्न भएको हो भने प्रिज्म टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो।

म्युजिक खबरको प्रेस बिज्ञप्ति :
१२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ । राजधानीको तिलगंगा स्थित बेस्ट वेस्र्टन प्लस होटलमा हिजो शुक्रबार आयोजित कार्यक्रममा म्यूजिक खबर अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्मानीय मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा विशिष्ट गीतकार निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । माननीय मन्त्री पाण्डे, बिशिष्ट गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कार्यक्रमकी संयोजक सबिता पोखरेल लगायतले ५१ हजार रुपैयाँ नगद तथा सम्मानपत्रसहित दोसल्ला ओढाएर विशिष्ट गीतकार खरेललाई सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि माननीय बद्रीप्रसाद पाण्डेले प्रतिष्ठित गीतकार यादव खरेललगायतलाई सम्मान गरिसकेपछि हार्दिक बधाई दिँदै विशिष्टदेखि अनुजसम्मका स्रष्टा कलाकारलाई एकै ठाउँमा जम्मा गरेर सम्मानको वातावरण बनाउने म्यूजिक खबर टिमप्रति धन्यवाद दिएका थिए । ‘कल्चर फर टुरिजम’को नारा लिएर म्यूजिक खबरले १२ वर्षसम्म गरेको अवार्ड तथा सम्मानको कार्य सह्रानीय भएको भन्दै सरकारले गर्न नसकेको काम व्यक्तिले गुर्न विशिष्ट कार्य भएको बताएका थिए ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि एवं स्रष्टा कलाकारहरुलाई स्वागत गर्दै अवार्डका अध्यक्ष सुमन पण्डितले अवार्डलाई सम्मानित र मर्यादित बनाउँदै लैजान सम्पूर्ण कला क्षेत्र लाग्नुपर्ने बताए । अवार्डले कला क्षेत्रको सम्बद्र्धन, प्रबद्र्धनका निम्ति म्यूजिक खबरको निरन्तर यात्रा अगाडि बढिरहेको हुँदा अवार्ड र सम्मानले अझै उर्जा प्रदान गर्ने बताए । समृद्ध कला क्षेत्र बनाउन सम्पूर्ण स्रष्टा कलाकारको योगदान रहेको बताउँदै सम्पूर्ण प्रायोजक, सल्लाहकार, अतिथिहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।
अवार्डमा सुगमसंगीतर्फ गायक गोविन्द मधुर आचार्य र गायिका बबिना भट्टराई सर्वोत्कृष्ट गायक गायिका घोषित भए । आचार्यले एक दिन उज्यालो छाउला गीतका लागि सर्वोत्कृष्ट गायकको अवार्ड चुमेका हुन् भने भट्टराईले गुनासो गीतका लागि सर्वोत्कृष्ट गायिका अवार्ड चुमेकी हुन् । त्यस्तै आधुनिक विधातर्फ नरहरि प्रेमीले घर छोडेको मान्छे गीतबाट सर्वोत्कृष्ट संगीतकार बने भने महेश आचार्यले तिमी सँगै छैनौ गीतबाट सर्वोत्कृष्ट गीतकार बन्न सफल भए । गायिका अन्जु पन्त र गायक नरेश रेग्मीले धर्ती र जूनको कहानी गीतबाट सर्वोत्कृष्ट युगल गायनको अवार्ड चुम्न सफल भए । एउट जून गीतबाट सुशील बिक्रम शाहले सर्वोत्कृष्ट ध्वनि सम्पादन आधुनिकको अवार्ड चुमे । आदत गीतबाट विपिन आचार्यले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड चुम्न सफल भए । रुपेश थापाले तिमीबिना चल्दैन गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार बन्न सफल भए भने लामपाते सुरतीबाट रबिन बिकले सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादनको अवार्ड चुम्न सफल भए । अभिनेता विनोद श्रेष्ठ र उषा सुवेदीले विदाई गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडलको अवार्ड चुम्न सफल भए शान थापाले छुनै हुन्न जस्तो गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड चुम्न सफल भए ।
एलिना चौहानले तिमीबिना चल्दैन गीतबाट पपुलर गायिका अफ दि इयरको अवार्ड चुम्न सफल भइन् । भाग्य लेख्ने भगवान गीतबाट गीतकार भुपेन्द्र बुढाथोकीले जुरी अवार्ड गीतकारको अवार्ड प्राप्त गरे । पागल गीतबाट केशव पौडेलले जुरी अवार्ड संगीतकारको अवार्ड प्राप्त गरे भने दिपेन्द्र आलेले ढल्केबरैमा गीतबाट सर्वोत्कृष्ट गायक डायस्पोराको अवार्ड चुम्न सफल भइन् । जति टाले पनि गीतबाट सुरज पण्डितले जुरी अवार्ड गायकको अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट कस्ट्युम डिजाइनर शम्भू पुरीले प्राप्त गरे ।

पपगायनतर्फ गायक प्रेज्वल नेपालीले कस्तो माया गीतबाट सर्वोत्कृष्ट पप गायक बने । गायिका सारिका घिमिरे कलियुगकी राधा गीतबाट सर्वोत्कृष्ट पप गायिका बन्न सफल भइन् । गीतकार रमेश कोइराला सर्वोत्कृष्ट पप गीतकार बने भने जुगल डंगोल सर्वोत्कृष्ट पप संगीतकार बन्न सफल भए । सुदिप भण्डारी (जिबब) सर्वोत्कृष्ट ¥यापर बन्न सफल भए ।
लोकदोहोरीतर्फ गायक सरोज लामिछानेले खोली तरेको गीतबाट सर्वोत्कृष्ट गायक लोकदोहोरीको अवार्ड चुम्न सफल भए । त्यस्तै गायिका सुनिता बुढा क्षेत्रीले उजेली गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् । कृष्ण केसीले ठूली गीतबाट सर्वोत्कृष्ट संगीत लोकदोहोरी, सन्तोष सापकोटा बस्यौ अलग्गै गीतबाट सर्वोत्कृष्ट गीतकार लोकदोहोरी, सामना शाह आँसुको वर्षात्बाट सर्वोत्कृष्ट महिला गीतकार, तेजेन्द्र दूरा तिम्रो जवानी गीतबाट सर्वोतकृष्ट संगीत संयोजक लोकदोहोरी, खड्ग बाजुराली ठूली गीतबाट सर्वोत्कृष्ट ध्वनि सम्पादन लोकदोहोरीको अवार्ड चुम्न सफल भए । त्यस्तै मौसम हिमालीले कश्मिरे पछ्यौरी गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरीको अवार्ड चुम्न सफल भए । बादल घिमिरेले कसम तोड्ने भा गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला पुरुष र अस्मिता पुरीले फूलमाया गीतबाट सर्वोत्कष्ट म्यूजिक भिडियो मोडल महिलातर्फको अवार्ड चुम्न सफल भए । रेश्मा तामाङ जुध्यो नजर गीतबाट सर्वोत्कृष्ट कल्चरल गीत गायिका बनिन् । गायक शुक्र तामाङ र गायिका रेजिना परियारको ठट्यौली ठाडो भाका गीत सर्वोत्कृष्ट कल्चरल गीत बन्न सफल भयो । गायक रायन बस्याल घामको झुल्को गीतबाट सर्वोत्कृष्ट नवप्रतिभा गायकको अवार्ड चुमे भने उमेश भट्टले कतै म हराएँ कि गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो नवनिर्देशकको अवार्ड चुम्न सफल भए । गायक रामचन्द्र चन्दको पापीनीलाई गीत सर्वोत्कृष्ट लोकगीत बन्न सफल भयो । सबिन आचार्य र निशा गुरुङ सर्वोत्कृष्ट प्रत्यक्ष गायक गायिका घोषित भए । ए गौरी गीतबाट गायिका संगम लामिछाने र लजाउँदै लजाउँदै गीतबाट सुशील ज्ञवालीले पब्लिक च्वाइस अवार्ड लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए ।
त्यसैगरी चलचित्रविधा तर्फ गीतकार प्रमोद ढुंगानाले चलचित्र उपहारको ‘हारेको छैन’ गीतबाट सर्वोत्कृष्ट चलचित्र गीतकार बन्न सफल भए । संगीतकार अर्जुन पोखरेल ज्वाइँसाप चलचित्रको ‘कसम बत्तिको’ गीतबाट सर्वोत्कृष्ट संगीतकार बने । चलचित्र दिमाग खराबको झम्के झमाझम गीतबाट गायक सुमिन खड्का र गायिका नम्रता खरेल सर्वोत्कृष्ट चलचित्र गायक गायिका बन्न सफल भए । गायक सबिन सुवेदीलाई चलचत्रि छक्कापञ्जा ५ को विहे भाको छैन गीतबाट इकरेजमेन्ट अवार्ड गायकको अवार्ड प्रदान गरियो ।
उत्कृष्ट पाँचमा परेका मध्येबाट सर्वोत्कृष्ट बन्नका लागि निर्णायकको तर्फबाट ५० प्रतिसत पब्लिकको तर्फबाट (भोट) ४० प्रतिसत र आयोजकको तर्फबाट १० प्रतिसत गणना गरि गीतहरुको मूल्यांकन गरिएको आयोजक संस्थाले जनाएको छ । निर्णायकमा लोकप्रिय मोडल तथा अभिनेत सागर लम्साल बले, म्यूजिक भिडियो निर्देशक तथा कोरियोग्राफर स्मृती तिमिल्सिना ‘गुरुआमा’, बरिष्ठ पत्रकार तुलसी गिरी ‘भावुक’, मोडल सबिना कार्की, लोकप्रिय गायिका देबी घर्ति र लोकप्रिय गायक राजु ढकाल रहेका थिए ।

त्यस्तै कार्यक्रममा ‘म्यूजिक खबर रजत सम्मान’ बाट तिलकसिंह पेला सम्मानित भएका थिए । गायक खुमन अधिकारी र गायिका जुनु रिजाललाई ‘म्यूजिक खबर दशक संगीत सम्मान अर्पण गरियो भने गायिका मिना लामालाई ‘म्यूजिक युवा संगीत सम्मान अर्पण गरिएको थियो । यस्तै गायिका पुजा देबकोटालाई ‘म्यूजिक खबर बालप्रतिभा सगीत सम्मान’, न्युजिल्याण्ड निवासी गीतकार रमिल अधिकारीलाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरियो ।त्यस्तै फोटो पत्रकारितामा उचाइ कायम गरेका फोटो पत्रकार प्रदीपराज वन्तलाई म्यूजिक खबर फोटो पत्रकारिता सम्मान अर्पण गरियो । गीतकार शेखर ढुंगेल र निर्देशक दिवाकर भट्टराईलाई म्यूजिक खबर स्रष्टा सम्मान, कोरियोग्राफर निर्देशक गम्भिर विष्टलाई म्यूजिक खबर कला सम्मान, सफला मैया राजभण्डारीलाई म्यूजिक खबर सामाजिक सेवा सम्मान र आश्विनीकान्त झालाई म्यूजिक खबर ब्यूटी प्याजेन्ट कोरियोग्राफर सम्मान अर्पण गरियो । त्यस्तै पत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई म्यूजिक खबर संगीत कला सम्मान अर्पण गरियो ।
कार्यक्रम गायिका मन्जु पौडेल र पत्रकार निराजन भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा शंकर बिसी र अस्मिता पुरीको समूह, शिव विक र रितु तामाङको समूहले नृत्य प्रस्तुत गरेका थिए भने जुनु रिजाल र टिका बमजनले गीत प्रस्तुत गरेका थिए । शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको १२औं म्यूजिक खबर म्यूजिक अवार्ड कार्यक्रमलाई प्रिज्म टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिक्रिया