Washington DC, US : January 22, 2026, Thursday 09:25 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|डाभोसबाट ट्रम्पको सन्देश : ‘हामीलाई चाहिएको सबै कुरा समेटिएको छ’|दूर्जेय चेतनाको ” मन मुटु साटेर “|प्रतिनिधिसभा निर्वाचनमा खडा भएका उमेदवारहरुको नामावली हेर्नुस !|Breaking News: एक वर्षमै ५८३ नेपाली अमेरिकाबाट निष्कासित|‘३० वर्ष प्रहरी सेवामा रहँदा अत्याचार विरुद्ध लडेँ, अब संसद्‌मा गएर भ्रष्टाचार विरुद्ध लड्ने योजना छ ।’|१६५ सिटका लागि ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराए|ल्होछार अमेरिकाको क्यालिफोर्निया राज्यमा साताव्यापी !|साउदी अरेबिया मा सोनाम ल्होछार तथा बृहत् सांस्कृतिक कार्यक्रम|योगेश भट्टराईलाई खुलापत्र !|डेनमार्कले ग्रिनल्याण्डमा सैन्य उपस्थिति उल्लेखनीय रूपमा विस्तार

राजदुत र मेयरले नाचे साकेला

  NepalMother.com | २५ जेष्ठ २०८२, शनिबार ११:१९

काजाब्लांका क्यासेल्लो ,बेल्जियम / किरात राई समुदायको मौलिक र महान चाड उभौली साकेला ५०८५ किरात राई सोसाइटी बेल्जियमको आयोजनामा बेल्जियमको ऐतिहासिक सहर लुभेनमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा युरोपका विभिन्न देशहरूबाट आएका नेपाली समुदायका अगुवा, विभिन्न जातीय संघ-संस्थाका प्रतिनिधि तथा स्थानीय बेल्जियम सरकारका विशिष्ट पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि महामहिम सेवा लम्साल बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदूतले विदेशमा रहेका नेपालीहरूले आफ्नो संस्कृति जगेर्ना गर्न गरेका प्रयास अत्यन्त प्रशंसनीय रहेको बताउँदै भन्नुभयो, “यस्ता मौलिक चाडहरू प्रवासमा नेपालीहरूको पहिचान जोगाउने मेरुदण्ड हुन्। साकेलाले प्रकृति र समुदायसँगको सहजीविताको सन्देश दिन्छ।”

विशेष अतिथि लुभेन नगर उप प्रमुख बेल्जियमकी लोथे रामाकरले नेपाली समुदायको सांस्कृतिक बहुलता देखेर खुसी व्यक्त गर्दै, “नेपालको विविधता र यहाँको सांस्कृतिक धरोहर देखेर म प्रभावित भएँ। यो विविधता विश्वकै सम्पत्ति भएको बताउनु भएको थियो।

अर्स्टाका बिशेष अतिथी स्टाड लुभेनका उप मेयर श्री दिर्क भेन्सिनाले पनि कार्यक्रमलाई समर्थन जनाउँदै बताउनु भयो , “लुभेन सहर सधैं बहुसांस्कृतिक सहकार्यको पक्षमा छ। नेपाली समुदायले यो सहकार्यलाई अझ समृद्ध बनाएका छन्।”

उहील्बे भन्नु भयो नेपाल र युरोपको सांस्कृतिक सम्बन्धको सराहना गर्दै भने, “तपाईंहरूको संस्कृति अत्यन्त जीवित र सशक्त छ। यस्ता कार्यक्रमले सहिष्णुता र मैत्री बढाउँछन्।”

कार्यक्रममा आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगर सहित युरोपभरिबाट आएका किरात तथा अन्य नेपाली संघसंस्थाका अगुवाहरूले पनि आ–आफ्ना मन्तव्य राख्दै साकेला चाडको महत्त्वमा प्रकाश पारे।
मेजर योगेश कोयी राई, किरात राई यायोक्खा बेलायतका निवर्तमान अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्षले भने, “साकेला हाम्रो आत्मा हो। यो पर्व मनाउनु भनेको हाम्रा पुर्खा र प्रकृतिलाई सम्झनु हो।”

किरात राई यायोक्खा बेलायतका अध्यक्ष श्री आशा राईले भने, “प्रवासमा साकेला मनाउँदा बालबालिकाले पनि आफ्नो जरा र पहिचान बिर्संदैनन्।”
किरात राई सोसाइटी पोर्चुगलका कोषाध्यक्ष अरुन राईले बताए, “यस्ता आयोजकहरूले हाम्रो साझा संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर दिन्छ।”

किरात राई समुदाय जर्मनीका अध्यक्ष डिल्लि राईले भने, “हामी जतिसुकै टाढा भए पनि संस्कृति हाम्रो जीवनको मूल हो।” सिलिम्पा किरात राई सोसाइटी पोर्चुगलका प्रतिनिधि अरून राई सुमन राई र आधी सोतांगले साझा भनाइमा उल्लेख गरे, “साकेला एक दिनको नाच मात्र होइन, यो हाम्रो जीवन दर्शन हो।”
किरात राई सोसाइटी स्पेनका अध्यक्ष युबराज राईले भनाइ राख्दै भने, “स्पेनमा पनि यस्ता कार्यक्रम सुरु गर्न प्रेरणा मिल्यो।”

गैरआवासीय नेपाली संघ (NRNA) बेल्जियमकी अध्यक्ष सिता सापकोटाले भनिन्, “NRNA सधैं नेपाली समुदायको संस्कृति जोगाउने अभियानमा साथ दिनेछ।” किरात राई स्वीटजरल्यान्डका प्रतिनिधि सामदुंग राईले भने, “आजको दिन हामीलाई हाम्रो मौलिकता सम्झाउने ऐतिहासिक दिन हो।”

किरात याक्थुम चुम्लुंग बेल्जियमका अध्यक्ष वदन योङ्गहाङले भने, “साकेला किरात सभ्यताको आत्मा हो। हामीले यसलाई पीढी दरपीढी हस्तान्तरण गर्नुपर्छ।” विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक रानाले बताए, “सांस्कृतिक साझेदारीले हाम्रो सहकार्य बलियो बनाउँछ।” शेर्पा समाज बेल्जियमका अध्यक्ष पिडी शेर्पाले भने, “सामुदायिक सहकार्य र सम्मानले नेपालीहरूको उपस्थिति अझ मजबुत बनाउँछ।”

तामाङ समाज बेल्जियमका अध्यक्ष लालिंग तामाङले भने, “सांस्कृतिक पहिचान कायम राख्न हामी सबै मिलेर अघि बढ्न जरुरी छ।” कार्यक्रमले प्रवासी नेपालीहरूमा सांस्कृतिक गर्व र आत्मीयता थप बलियो बनाएको आयोजक संस्थाले जनाएको छ। किरात राई सोसाइटी बेल्जियमले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ व्यापक सहभागिता र अन्तर्राष्ट्रिय सांस्कृतिक सहकार्यका लागि तत्पर रहने बताएको छ।
कार्यक्रममामा साकेलाका बिभिन्न सिलीहरू प्रदर्शन र पितृ प्रकृतिको पूजा सहित आरम्भ भएको कार्यक्रममा राजदूत लम्साल सहित उप मेयरद्वय सहित बिदेशीहरूले समेत सामुहिक रूपमा साकेला नाचेर रमाएका थिए ।

उभौली साकेला किरात समुदायको एक प्रमुख चाड हो, जुन खेतीपाती सुरु हुने समयसँगै प्रकृतिप्रति कृतज्ञता प्रकट गर्दै मनाइन्छ। कार्यक्रममा साकेला सिली नाच, पारम्परिक भेषभूषा, जातीय संगीत, लोकनृत्य, र सांस्कृतिक झलकहरू प्रस्तुत गरिए।

कार्यक्रममा नेपाली झन्डासँगै बेल्जियमको झन्डा पनि राखिएको थियो, जसले द्वैदेशिक समन्वय र सांस्कृतिक सहकार्यको सन्देश दिएको थियो। साथै, लुभेन सहरको नगरपालिका (Leuven Stad) तथा स्थानीय संस्थाहरूको सहकार्यमा कार्यक्रम अझ प्रभावकारी रूपमा सम्पन्न भएको आयोजकहरूले जानकारी दिए।

किरात राई सोसाइटी बेल्जियमले प्रवासमा बसोबास गर्ने नेपालीहरूबीच सांस्कृतिक पहिचान जगेर्ना गर्न र एकता सुदृढ पार्न यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रमको समापनमा आयोजक संस्थाले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ व्यापक सहभागिता र समृद्ध सांस्कृतिक आदान–प्रदानको अपेक्षा गरेको थियो।

किरात राई सोसाईटी बेल्जियम साकेला ५०८५ उपस्थित
विशेष अतिथि-सिता सापकोटा अध्यक्ष गैरआवाशीय नेपालीसंघ वेल्जीयम

किरात राई यायोक्खा बेलायत अध्यक्ष श्री आशा राई ।

किरात राई सोसाईटी पोर्चुगल प्रतिनिधी तथा कोषाध्यक्ष अरुन राई।
किरात राई समुदाय जर्मनी अध्यक्ष मन्डल डिल्लि राई,
पाहुनाहरू विक्रम राई नेदरल्याण्ड, किराया युके उपाध्यक्ष अनिता राई, महासचिब राजेन्द्र राई, सय कुमार राई वर्किंग शाखा अध्यक्ष ,मेडिस्टोन अध्यक्ष सुमित्रा राई, केस सुष्मा राई , केस लिनवांग राई, केसदस्य बद्री कुमार राई

सिलिमपा किरात राई सोसाईटी पोर्चुगल सुमन राई र आधी सोतांगज्यू ,
किरात राई सोसाईटी स्पेन अध्यक्ष युबराज राई ज्यू।

किरात राई सोसाईटी स्वीटजरल्यान्ड प्रतिनिधी सामदुंग राई
किरासो फ्रान्स प्रतिनिधी सामुन राई

विशेष अतिथि, वदन योङ्गहाङअध्यक्ष,किरात याक्थुम चुम्लुंग बेल्जियम

बिशेष अतिथि, ओमराज गुरूंग अध्यक्ष तमुसमाज वेल्जियम

बिशेष लोक राना अध्यक्ष विश्व मगर संघ वेल्जीयम
ओम प्रशाद तमु अध्यक्ष सिक्लेस पार्चे कल्याण कोष

बिशेऱ्ष अतिथि, पिडि शेर्पा अध्यक्ष शेर्पा समाज वेल्जीयम

बिशेऱ्ष अतिथि तामांग समाज बेल्जियम अध्यक्ष श्लालिंग तामांग

बिशेष अतिथि दीपक क्षैत्री अध्यक्ष क्षेत्री समाज वेल्जीयम

विशेष अतिथि, गंगाधर गौतम, प्रवक्ता गैरआवाशीय नेपालीसंघ अन्तर्राष्ट्रिय समन्वय परिषद
1अतिथि, मनिस गुरुंग उपा अध्यक्ष जन प्रगतिशिल मन्च बेल्जियम।

अतिथि :नरहरी सापकोटा अध्यक्ष नवलपुर समाज वेल्जीयम

अतिथि, नेत्र मगरअध्यक्ष संघीय समाज वादी वेल्जियम

अतिथि :इस्वरी कडेल अध्यक्ष चितवन सहायताकोष वेल्जियम

अतिथी झलक केसी प्रमुख संरक्षक अन्तर्राष्ट्रिय पर्बत समाज अतिथि, भीम सुवेदी आई सी सी सदस्य गैरआवाशीय नेपालीसंघ अन्तर्राष्ट्रिय समन्वय
परिषद

अतिथि, सुवास गुरूङ्ग सभापति , जन सम्पर्क समिति वेल्जियम

अतिथि, नन्द कुमारी गुरूङ्ग अध्यक्ष पर्बत समाज वेल्जीयम
अतिथि अनिल थापा अध्यक्ष ,प्रवासी एकता समाज वेल्जीयम
अतिथि, वालकृष्ण कडेल अध्यक्ष नेपाली एकतासमाज
माधब सापकोटा अध्यक्ष स्वतन्त्र प्रवासी नेपाली मञ्च वेल्जियम

अतिथि दिल निशानी मगर, केन्द्रीय सदस्य प्रेस सेन्टर नेपाल , सनत आचार्य , पंचम अधिकारी पत्रकार
अतिथि, सुमन थापा अध्यक्ष मोना वेल्जीयम
चन्द्र कुमारी ईशा गुरूंग निबर्तमान अध्यक्ष नेकपा एमाले बेल्जियम ।

अतिथि जीवन गुरूङ्ग अध्यक्ष कास्की समाज वेल्जीयम
पूर्बेली समाज निबर्तमान अध्यक्ष अनन्त वस्ती

अतिथि मिन क्षैत्री महासचिब क्षेत्री समाज वेल्जीयम

पूर्बेली समाज अध्यक्ष कौशल खनाल ,
अतिथि, मीन्ड गुरूङ्ग अध्यक्ष इन्द्र धनुस कल्व वेल्जियम
नारायण अधिकारी अध्यक्ष साङ्रग्रीला समाज वेल्जीयम
अतिथि बरिष्ठ उपांध्यक्ष जिमी गुरूंग यूरो नेपाल कलाकार संघ वेल्जियम

कार्यक्रमको सभापतित्व इन्दिरा राई र महासचिब सबनम राईले सन्चालन गरेको कार्यक्रमको ब्यबस्थापन देब, सरु, मनिस तमु आधि सोतांग सुमन ,मालती , रेणुका ,मुना , मोनी ,तारा समुन राई मदिप राई , गोपाल भबिन सुबास श्रेया, सोनिया राई लगायतले गर्नु भएको र झन्डै पाच सय नेपाली र बिदेशीहरूको उपस्थितिमा कार्यक्रम भब्य रूपमा सम्पन्न भएको थियो। – News and Photos by Kejin Rai

 

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।