सांगीतिक बजारमा एउटा गहिरो प्रेमभाव बोकेको गीत आएको छ, जसले दर्शक–श्रोताको मन जित्न सफल हुँदैछ । हालै सुनितामी परियारको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियो ‘लाजको पर्दा’ मा चर्चित अभिनेता पल शाह र सामाजिक सञ्जालमा भाइरल बाल कलाकार आरुशी कार्कीको संवेगात्मक अभिनय देख्न सकिन्छ । यो भिडियोसँगै नायिका जुना विश्वकर्मा र बाल कलाकार युनिश घिमिरे पनि देखिएका छन्, जसले भिडियोको समग्र कथावस्तुमा थप गहिराईमा पुगेको देखिन्छ । गीतमा खेम सेन्चुरी र सुनितामी परियारको सुमधुर स्वर रहेको छ । गीतका शब्दहरू प्रसिद्ध गीतकार बिमल कौशलले लेख्नु भएको हो ।
उहाँका शब्दहरूले नेपाली समाजको लाज, संकोच र मनभित्रको भावनालाई सूक्ष्म तर गहिरो ढंगले उतारिएको छ । यो गीतका लगानीकर्ता पनि बिमल कौशल नै हुनुहुन्छ । गीतमा संगीत संयोजन चर्चित संगीतकार हाकिम सुनारको रहेको छ । गीतको निर्देशन बिक्रम चौहानले गर्नुभएको छ । पल शाहको अभिनय सधैंझैं आत्मीय र भावनात्मक देखिन्छ । उहाँले प्रेममा रहेको व्यक्तिको मौनता, झुकाव र सम्मानलाई अभिनयमार्फत स्पष्ट रुपमा देख्न सकिन्छ । आरुशी कार्की र युनिशले बाल कलाकार भएर पनि प्रेमलाई मासुम दृष्टिले प्रस्तुत गर्नुभएको छ । उहाँको अभिनय हेर्दा लाग्छ, भावना बुझ्न उमेरको कुनै सीमा हुँदैन । ‘लाजको पर्दा’ शीर्षक आफैंमा गहिरो छ – जुन लाज र संकोचभित्र लुकेको प्रेमको सुगन्ध बोकेको छ ।

प्रतिक्रिया