ऐतिहासिक ब्लक बस्टर चलचित्र पुर्ण बहादुरको सारंगी को लेखन र निर्देशन गरेका निर्देशक सरोज पौडेल आजभोलि के गर्दैछन् भन्ने धेरैको प्रश्न हुनसक्छ । आफ्नो लेखन रहेको चलचित्र पुर्ण बहादुरको सारंगीलाई चलचित्र बिकास बोर्डको स्टोरि बैंकमा दर्ता गराएर त्यो चलचित्रको नाममा अरु चलचित्र नबनाउने सोचमा छन् निर्देशक पौडेल । आफ्नो रेकर्ड आफ्नै चलचित्रले तोड्नु भन्दा अन्य राम्रा कथामा नया चलचित्र बनाउनु पर्छ भन्ने उनि यतिबेला आफ्नै लेखन रहेको चलचित्र कोशेढुंगाको निर्देशनमा ब्यस्त छन् । कोशेढुंगा चलचित्रमा पुर्णबहादुरको सारंगीले झै एउटा अत्यन्तै मार्मिक र मन छुने कथा ल्याउन उनि दिनरात लागिपरेका छन् । यो चलचित्र २०८२ को भदौ १२ मा रिलिजको तयारि गरिएको छ । चलचित्रको कथा बस्तुले नेपाली माटो बोकेको छ , यो चलचित्रमा मैले पहिले भन्दा धेरै मेहेनत गरेको छु भन्दै पौडेलले चलचित्र कोशेढुंगा नेपाली चलचित्रको कोशेढुंगा बन्ने कुरामा आफु ढुक्क रहेको बताए । दिनेश खड्का कार्यकारि निर्माता रहेको यो चलचित्रका निर्माताहरुमा प्रेविल कडेल र किशोर अनुराग रहेका छन् । नरदेबी फ्लिमको प्रस्तुति रहने चलचित्र कोशेढुंगामा निदेश अधिकारी मुख्य सल्लाहकार रहेका छन् ।
आर्यन सिगंदेल , शुरक्षा पन्त , निती शाह , सरोज खनाल , रिचा सर्मा , मन्जिल कुमार , प्रविन खतिवडा लोकमणि सापकोटा , दिनेश काफ्ले लगायतको मुख्य मुमिका रहने यो चलचित्र बाबु श्रेष्ठले छायान्कन गरेका छन् । खेम सेन्चुरी , आशिष अबिरल , रिदम् कडेल लगायतले चलचित्रको संगितमा काम गरिरहेका छन् ।


प्रतिक्रिया