Washington DC, US : March 7, 2026, Saturday 12:43 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकी प्रतिनिधि सभामा ३७२ मतका साथ पारित भयो इरान “विश्वकै सबैभन्दा ठूलो राज्य–प्रायोजित आतंकवाद समर्थक देश” प्रस्ताव|कम्युनिष्ट सिध्याउने कलंक बने ओली !|अहंकार दम्भ र घमण्डको पहाड भत्किएपछिको जनअपेक्षा|ट्रम्प भन्छन इरानसँग वार्ताको एक मात्र विकल्प भनेको “निःशर्त आत्मसमर्पण”, इरानले युद्धका कारण ठूलो मानवीय क्षति भएको दाबी|प्रतिनिधिसभा सदस्य निर्वाचन : पछिल्लो परिणाम यस्तो छ !|तितो सत्य : खड्ग प्रसाद शर्मा ओलीलाई नेपालको इतिहासले सधै सम्झिरहने छ तर नायकका रुपमा होइन !|ट्रम्पले बर्खास्त गरे गृहमन्त्री क्रिस्टी, मुलिन नयाँ गृहमन्त्री प्रस्ताब|अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको “अपरेशन एपिक फ्युरी” सातौँ दिनमा प्रवेश गर्दा मध्यपूर्वको सुरक्षा अवस्था झन् तनावपूर्ण|इरान युद्ध छैटौँ दिनमा प्रवेश, आक्रमण अझ तीव्र, क्षेत्रीय तनाव फैलिँदै|प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार देशभर भएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न

“म माथि राजनीतिक प्रतिशोध भइरहँदा न्यायालयबाटै न्याय भएन भने म कहाँ जाउँला श्रीमान् ?” - रवीन्द्र मिश्र

  NepalMother.com | ३० बैशाख २०८२, मंगलवार १२:०४

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका अभियुक्तलाई आठौं पटक म्याद थपका लागि मंगलबार अदालतमा पेश गरिएको थियो।

राजावादीहरूले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि उक्त घटनामा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ।

राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई भने स्वास्थ्यको कारण देखाउँदै प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ। आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईंलाई भने प्रहरीले थुनामै राखेको छ।

प्रहरीले मिश्रविरुद्ध राज्यद्रोह, संगठित अपराध र आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। दुर्गा प्रसाईंसहित केही अभियुक्तहरूलाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको आरोपमा अनुसन्धान भइरहेको छ।

रवीन्द्र मिश्रले जिल्ला अदालत काठमाडौँको इजलासमा राखेको भनाइकाे सार :

श्रीमान्, मेरो अनुभव के रह्यो भने, राज्यको अधिकार हुने रहेछ, नागरिकको अधिकार नहुने रहेछ । राज्यको अधिकार हुने नागरिकको अधिकार नहुने ? भर्खरको बहसको आधारमा म केही उदाहरण दिन्छु ।
पाँच दिन अघि झन्डै २ घण्टाको बहसपछि भनियो, – प्रहरीलाई अधिकार हुन्छ, अनुसन्धान गर्ने । त्यस हुनाले मैले छानबिन गर्न ५ दिनको म्याद थपिदिएको छु भन्नुभयो श्रीमानले । राज्यको अधिकार हुने, म नागरिकको अधिकार नहुने ?
तेस्रो बहसमा मैले श्रीमानसँग जति दिन चाहिन्छ मलाई अनुसन्धानका लागि राखे हुन्छ भनेपछि मलाई १५ दिन राखियो । त्यसपछिको बहसमा श्रीमानबाट रवीन्द्र मिश्रको हकमा प्रमाण पुगेन, तीन दिनभित्र प्रमाण भए ल्याउनु नत्र छोड्नु भन्ने लिखित आदेश भयो । फेरी तीन दिनपछि भएको बहसमा पनि थप प्रमाण केही आएनन् । म भागेर जाने ठाउँ छैन, नष्ट गर्ने प्रमाण केही पनि छैन । त्यसपछि पनि श्रीमानले ७ दिन थपिदिनु भयो, त्यसपछि ५ दिन थपिदिनु भयो ।
फेरी, पछि अर्को श्रीमानको बेन्चमा पर्ने भएपछि त पहिले दिएको आदेशको केही अर्थ हुने रहेछ । अर्को श्रीमानको बेन्चमा परेपछि त श्रीमानको विवेक अनुसार नै आदेश आउने भयो । यसो हुनाले २४ घण्टा तोकेरै आदेश दिए पनि अर्को श्रीमानको बेन्चमा पर्दा त्यो पनि परिवर्तन हुने होला ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरुले के भन्दै हुनुहुन्छ, ‘नेपालको न्याय प्रणालीको व्यवहारिक पक्ष इतिहासमा यति कमजोर कहिल्यै पनि भएको थिएन ।’ अनि समाचार के आउँछ, ‘रवीन्द्र मिश्रमाथि प्रतिशोध साँधिएको छ । राज्य ६० दिन नै थुनाउन चाहन्छ ।’ अब म नागरिक न्याय खोज्न कहाँ जाने ? ६० दिन पुग्न अब १३ दिन बाँकी छ । अनि फेरी मलाई २४ घण्टामा बुझाऊ भनेर किन भन्ने ? मलाई राख्नु पर्ने कारण के छ श्रीमान् ? मेरो बयान सकिएको छ । मेरो फोन ‘सीज’ गरिएको छ, मेरो जहाँबाट जे जे माग्नु पर्ने हो मागिएको छ ।
मसँगैको धवल शमशेर राणालाई हाजिरी जमानीमा छोडिएको छ। त्यसबाहेक अर्को भगीरथ रोक्कालाई पनि हाजिरी जमानीमा छोडिएको छ । अनि मलाई चाहिँ राख्नुपर्ने कारण के छ ? अनि फेरि अर्को आदेश दिएर २४ घण्टाभित्र मलाई अदालतमा यो मुद्दा लग्नु भनेर भन्नुपर्ने कारण के छ ?
म यो देशका सबै संस्था बिग्रियो भने पनि न्यायालय एउटाले सम्पूर्ण राज्यलाई धान्न सक्छ भन्ने विश्वास भएको मान्छे हुँ र आजका दिनसम्म यो देशको सम्पूर्ण कानुनलाई स्वविवेकले पालना गरेर आएको मान्छे हुँ ।
तर त्यो दिन म अलिकति आक्रोशित भएको हुँ । आक्रोशित हुँदासमेत मैले एक शब्द पनि हिंसा गर्ने कुरा गरेको छैन। र कुनै ठाउँमा पनि मलाई प्रमाणित गर्ने कुरा छैन।
त्यही हुँदा पनि मलाई राजनीतिक तहबाट प्रतिशोध साध्ने काम भयो । राज्यका अङ्गलाई छानबिन गर्ने अधिकार छ । छानबिन गर्नुहोस् न। मलाई बाहिर राखेर छानबिन गर्दाखेरि के चाहिँ बिग्रिन्छ ? मलाई नछोड्नुपर्ने कारण के छ ?
म्याद थप बहस भनेको त आउने अनि श्रीमानलाई दुःख दिने काम भएजस्तो मात्र लाग्यो मलाई त श्रीमान् । आयो अनि श्रीमानलाई एक घण्टा दुई घण्टा सुनायो अनि अन्त्यमा, ‘हेर्नुस् यस्तो भएको हुनाले मैले पाँच दिन थपेँ वा ७ दिन म्याद थपिदिएँ’ भनिन्छ। हरेक दिन त्यही दोहोरिन्छ । त्यही भएकाले श्रीमान् ममाथि एकदमै अन्याय भएको छ।
देशको न्याय प्रणालीमाथि देशको सर्वोच्चका पूर्व न्यायाधीशहरूले प्रश्न उठाइरहेका बेला श्रीमानबाट आफ्नो विवेक प्रयोग गरेर २४ घण्टामा मुद्दा बुझाऊ होइन मलाई आज हाजिरी जमानीमा छुट्नुपर्यो भन्ने माग हो श्रीमान्। मलाई हिरासतमा राख्नुपर्ने एउटा पनि कारण छैन । न म भागेर जान्छु। न म कुनै प्रमाण नष्ट गर्छु । मेरो सबै कुरा उहाँहरूले राख्नुभएको छ। अनि म माथि राजनीतिक प्रतिशोध भइरहँदा न्यायालयबाटै न्याय भएन भने राजनीतिक प्रतिशोध भयो भनेर म कहाँ जाउँला श्रीमान् ?

प्रधान न्यायाधीशका समेत गुरु, प्रजातान्त्रिक आन्दोलनका अगुवा, कानुनबिद जगन्नाथ पौडेलको सुन्नै पर्ने कुरा

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।