Washington DC, US : November 7, 2025, Friday 03:50 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|नेपालका समाचार : ओलीका धम्की देखि कांग्रेस, बाम, रास्वपा हुँदै घिसिङ्ग सम्मका बिभाजन र एकताका राग, राजनीति मात्रै भएको देश|Breaking News : ४३ वर्षदेखि सत्तामा रहेका ९२ वर्षीय बियाले फेरि शपथ लिए राष्ट्रपति पदको, ९९ वर्षको उमेरसम्म पनि सत्तामा रहने सम्भावना|४० ठूला विमानस्थलहरूमा हवाई उडानमा १० प्रतिशतसम्म कटौती|ध्रुवलाल श्रेष्ठ र स्वागत नेपाल एकैसाथ|जान्नै पर्ने, बुझ्नै पर्ने तितो यथार्थ : कम्युनिस्ट के हो ? अबको युगमा कम्युनिजम सम्भावना छ ? नेपालमा कम्युनिस्ट छन् त ?|माइकी शेरेल न्युजर्सीको गभर्नर, डेमोक्र्याटको पकड पुनः सुदृढ|Breaking News : जोह्रान ममदानी न्यूयोर्क सहरका मेयर निर्वाचित, अमेरिकाको सबैभन्दा ठूलो सहरको इतिहासमै पहिलो मुस्लिम मेयर|Breaking News : डेमोक्र्याटहरूको ‘क्लिन स्वीप’, एबिगेल स्पानबर्गर भर्जिनियाको पहिलो महिला गभर्नर, गजाला हस्मी उप–गभर्नर|UPS कार्गो विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त, कम्तिमा सात जनाको मृत्यु, ११ घाइते, FAA र NTSB ले संयुक्त रूपमा अनुसन्धान सुरु गरे|विश्वव्यापी ट्यारीफ : ह्वाइट हाउसको दुई ट्रयाकको योजना

भारत र पाकिस्तानबीच युद्धको अवस्था तीव्र, दुवै देशका सेनाहरूले एकअर्काको भूमिमा मिसाइल प्रहार गरे जम्मू, किश्तवाड, अखनुर, साम्बा र पठानकोटमा पूर्ण ब्ल्याकआउट, कश्मिरदेखि राजस्थान र पञ्जाबका सीमा क्षेत्रमा ड्रोनमार्फत् आक्रमण

  NepalMother.com | २५ बैशाख २०८२, बिहीबार १३:०८

भारत र पाकिस्तानबीच युद्धको अवस्था तीव्र बनेको छ। विहीबार बेलुकीदेखि दुवै देशका सेनाहरूले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन्। यस आक्रमणसँगै सीमावर्ती क्षेत्रमा तनाब चुलिएको छ।

भारत र पाकिस्तानबीचको पछिल्लो द्वन्द्वका कारण खेलकुद क्षेत्रसमेत प्रभावित भएको छ। आईपीएल क्रिकेट प्रतियोगिताको पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीच हिमाचल प्रदेशको धर्मशालामा भइरहेको खेल स्थगित गरिएको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल आक्रमण गरिरहेको छ।गरिएको छ। भारतले भने ती आक्रमणलाई एस–४०० एयर डिफेन्स मिसाइल सिस्टम प्रयोग गरी असफल बनाएको दाबी गरेको छ।

भारतको हिन्दुस्तान टाइम्सले जम्मू नजिकै पाकिस्तानको एफ–१६ विमान खसालिएको दाबी गरेको छ। भारतबाट सञ्चालित अनलाइन ‘द भाष्कर’ का अनुसार पाकिस्तानले जम्मू र पठानकोटमा आत्मघाती ड्रोन आक्रमण गरेको छ। जम्मू विमानस्थल र पठानकोट एयरफोर्स स्टेशनलाई लक्षित गरेर ड्रोन प्रहार भए पनि भारतीय एयर डिफेन्स सिस्टमले ती आक्रमणलाई निस्तेज बनाएको छ।

भारतका विभिन्न स्थानहरूमा आक्रमणको खबरहरू प्राप्त भएका छन्। जम्मु कश्मिरको जम्मु, साम्बा, केरन, तंगधार, करनाह, अखनुर, आरएसपुरा सेक्टर, अरनिया लगायतका क्षेत्रमा हमला भएको छ। यस्तै पञ्जाबको गुरदासपुर, राजस्थानको जैसलमेर र गुजरातको भुज क्षेत्रमा पनि आक्रमण भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

तनाबपछि ब्ल्याकआउट

द्वन्द्व चर्किएसँगै सीमावर्ती क्षेत्रमा बत्ती निभाइएको छ। जम्मू, किश्तवाड, अखनुर, साम्बा र पठानकोटमा पूर्ण ब्ल्याकआउट गरिएको छ। राजस्थानका सबै सीमा क्षेत्रका जिल्लाहरूमा पनि ब्ल्याकआउट गरिएको छ। पञ्जाबको जालन्धर, अमृतसर, बिकानेर र श्रीगंगानगरमा पनि ब्ल्याकआउट गरिएको छ।

आईपीएल खेल स्थगन

आईपीएल खेल भइरहेका बेला स्टेडियममा केही समयका लागि बत्ती निभाइएको थियो। त्यसपछि खेल नै स्थगित गर्दै दर्शकहरूलाई घर फर्काइएको थियो। सुरक्षाकर्मीहरूले घर, पसल र सवारी साधनहरूको बत्ती निभाउन आह्वान गर्दै माइकिङ गरिरहेका छन्। मानिसहरूमा आतंक फैलिएको छ भने धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको बताइएको छ।

पहलगाम घटनापछि द्वन्द्व चर्कियो

कश्मिरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो। बदलास्वरूप भारतले मंगलबार रातिदेखि पाकिस्तानको भूमिमा हवाई हमला सुरु गरेको हो। बुटवल रुपन्देहीका सुदीप न्यौपानेको पनि सो आक्रमणमा मृत्यु भएको पुष्टि भएको छ।

भारतले पाकिस्तान नियन्त्रित कश्मिरका पाँच र पाकिस्तानकै भूमिमा चार गरी कुल नौ स्थानमा एयर स्ट्राइक गरेको जनाएको छ। तीमध्ये पाकिस्तानको बहावलपुरमा भएको आक्रमणमा जैश ए मोहम्मदका कमाण्डर मसुद अजहरको परिवारका सदस्यहरू मारिएका छन्। पाकिस्तान सरकारले आक्रमणबाट ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको पुष्टि गरेको छ।

भारतले यो कारबाहीलाई ‘अपरेसन सिन्दूर’ को नाम दिएको छ। आक्रमणपछि दुवै देशका सीमामा गोलाबारी तीव्र बनेको छ। स्थानीय बासिन्दाहरू भूमिगत बंकरहरूमा आश्रय लिन बाध्य भएका छन्।


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।