Washington DC, US : March 14, 2026, Saturday 07:29 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|NRN को १२औँ महाधिवेशन तथा वार्षिक साधारणसभामा देशको आर्थिक भविष्य, लगानी र प्रवासी नेपालीको भूमिकाबारे व्यापक छलफल|Breaking News : इरानले प्रतिशोधात्मक आक्रमण, होर्मुज हुँदै जाने तेल आपूर्ति अवरुद्ध हुन थालेपछि विश्वव्यापी ऊर्जा संकट उत्पन्न|प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट|Breaking News : इरानमा विरोध प्रदर्शन रोक्न गुप्तचर इकाइले कडा चेतावनी जारी, नयाँ सर्वोच्च नेता “घाइते तर सम्भवत जीवित”|अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान KC-135 इराकमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार छ जनामध्ये चार जना सैनिकको मृत्यु|पानी परे पछि बल्ल अलिकति सुधार भएको छ राजधानीको बायु प्रदुषण|एनआरएनलाई विदेशी जस्तो बनाइयो|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न

सुन्दर नेपालका प्राकृतिक सजावटमा हिमालका हिंंउले भरिएको हांसो - टंक पन्त  

  NepalMother.com | २५ बैशाख २०८२, बिहीबार ११:५५

हिमालपारिको जिल्ला मनाङ पुग्नका लागि कसैले योजना बनाएको छ त्यो साच्चिकै जीवनका लागि ऐतिहासिक हुन सक्छ । किनकि मनाङ पुग्ना साथ जता फर्केपनि हिउंले भरिएका हिमाल देखिन्छन । हिमालका रमणीय दृश्य जति हे¥यो त्यति रमाइलो र आनन्दको अनुभुति हुन्छ । त्यसैले पनि होला हरेक बर्षको चैत्र देखि असोज सम्म ६ महिना मनाङका हरेक होटल र सडकहरुमा पर्यटकहरुको घुइचो लागेको देखिन्छ । प्रत्येक बर्ष ४० हजार बिदेशी र दुइ लाख बढी स्वदशीले मनाङ जिल्ला प्रबेश गरी रमणीय हिमाल र प्रशिद्ध पर्यटकीय स्थलको अबलोकन गर्ने गर्छन । पर्यटकहरु तिलिचो ताल हुंदै मुक्तिनाथ पुगेर पोखरा झर्ने गर्छन । त्यो क्रम बढदो र लोभलाग्दो छ । नेपाल आफैमा अति सुन्दर र लोभ लाग्दो छ । हिमाल र पहाड तराइका रमणीय ऐतिहासिक , मौलिक , सांस्कृतिक र प्रशिद्ध स्लथहरुले भरिएको नेपालका बिभिन्न ठाउंहरुको भ्रमण जति ग¥यो त्यति लोभ लाग्दा क्षण भेटिन्छन ।

मनाङ पनि यस्तो जिल्ला जहां पुगेपछि केही समय फर्किन मन लाग्दैन । फर्किहालेपनि फेरि कहिले जाने होला भन्ने मनमा आइहाल्छ । लम्जुङको सिमाना कटना साथ नासो गाउं पालिका प्रबेश गरिन्छ । पुल कटना साथ म्यार्दी जंगल भेटिन्छ । जुन म्यार्दी जंगल आफैमा ऐतिहासिक छ । बुढाबुढी वा केटाकेटी जो कोही पनि त्यो जंगलमा प्रवेश गर्छन त्यति रमाइलो मान्छन । त्यसैले कसैकसैले खानेकुरा र पानी ओत्ने ओडने ओछयाउने सहित लिएर जाने अनि एक दुइ दिन जंगलमै बिताउने गर्दा रहेछन । अचम्म त के छ भने जंगली जनावर पनि त्यो जंगलमा छन तर ती जंगली जनावरले त्यो ठाउंमा प्रवेश गर्ने मान्छेलाई केही गर्देैैनन । किम्दन्ती यस्तो छ कि पहिले पहिले त त्यो म्यार्दी जंगलमा मान्छेहरु निकै दिन बस्न जाने गर्थे ।

म्यार्दी जंगल भित्र प्रबेश गरेपछि जति धेरै दिन बस्यो त्यति रमाइलो र आनन्द लाग्छ भनिन्छ । लम्जुङको बेशी शहर देखि मनाङको सदरमुकाम चामेसम्म ६५ किलोमिटर मात्रै छ । चामे देखि उपल्लो मनाङ पुग्न जम्मा डेढ घण्टा मात्र लाग्छ भने त्यहांवाट तिलिचो पुग्न अर्को चार घण्टा लाग्छ । तर मनाङको रोनक उपल्लो मनाङ पुगेपछि मात्रै देखिदो रहेछ ।प्रशिद्ध र ऐतिहासिक मिलारेपा गुम्वा स्मारक त साच्चिकै लोभ लाग्दो रहेछ । हिमालको काखमा रहेको त्यो गुम्वाको ऐतिहासिक पृष्ठभुमिले सबैको मन लोभ्याउने मात्र होइन मनाङ पुगेपछि त्यो ठाउं नपुगी फक्र्यो भने भ्रमण अधुरो हुने रहेछ । बिदेशी पर्यटकहरुको पनि त्यो ठाउं प्रायः जाने गर्छन ।

मनाङ प्रवेश गर्ने बित्तिकै ठूलो चटटान कटिङ गरेर खनिएको सडकको दृश्य पनि आफैमा रोचक र ऐतिहासिक छ । नेपाली सेनाले ०५९ साल देखि ०६९ सम्म १० बर्ष लगाएर ठूलो चटटान कटिङ गरेको रहेछ । ढुंगाको कोपबाट अगाडि बढेपछि ताल पुगिन्छ । सडकको तल हे¥यो मस्र्यान्दी नदि कलकल बगिरहेको छ भने म्यार्दी भीरको त्यो बाटो लाग्दा ज्यान सिरिङग हुन्छ । सबै जिल्ला सदरमुकाममा सडक पु¥याउने त्यतिवेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले घोषणा गरेपछि त्यो निकै अफटयारो भीरको ढुंगा कोप्न थालिएको रहेछ । घुमाउरो सडक असाध्य मेहनत गरेर खोलिएको हुनाले त्यस क्षेत्रका बासिन्दाले गिरिजानाग भीरको वाटो पनि भन्दा रहेछन । प्रतिनिधिससभाका सांसद
एवं पूर्व मन्त्री टेकबहादुृर गुरुङ, कर्मा गुरुङ, स्यानो लामा, पशुपति अधिकारी , पत्रकार साथीहरु सन्देश पौडेल , आश गुरुङ, नविन गुरुङ सहित मनाङ प्रवेश गर्ना साथ कही दिन अगाडि सो जिल्लामा पहिलो पटक सार्वजनिक बस यातायातको पनि प्रारंभ भएको थियो । नेपाली सेनाले ट्रयाक खालेको १३ बर्षपछि बल्ल सार्वजनिक यातायातको शुभारम्भ हुंदा मनाङवासी जति खुशी थिए त्यत्तिकै सडक पक्की नभएकोमा चिन्ता पनि ब्यक्त गर्देै थिए । सरकारले सडक पक्की गर्न बजेट छुटयाएको छ तर इआइएले रोकेको कारण पक्की हुन नसकेकोमा मनाङवासी अत्यन्त चिन्तित रहेका छन ।

उनीहरुका अनुसार कहिले इआइएले रोकेको छ भनेको छ कहिले अदालतले रोकेको छ कस्तो हो बिकासको बाधक पक्ष । मनाङवासीका लागि अति नै लोकप्रिय सांसद टेकबहादुर गुरुङले इआइएका अधिकारी मात्र होइन बनमन्त्री , सचिव लगायतलाई पटक पटक भेटेर बाटोको ट्रयाक खालेको १३ बर्ष भैसक्यो कहीं पनि रुख कटान गर्नुपर्ने अबस्था नभएपछि किन अनेक बहाना बनाएर बिकास अबरुद्ध गर्ने हो भनी प्रश्न गर्न जाने गर्न जांदा छिटै भैहाल्छ भन्ने तर नगर्ने प्रबृत्तिको शिकार मनाङ वासी मात्र होइन पर्यटकीय स्थलको अबलोकन गर्न जाने स्वदेशी र बिदेशी पनि भएका छन । बजेट छुटिएर पनि सडक पक्की नहुंदा गणतन्त्र आएपनि ब्यूरोक्रेशी , न्यायालय , राजनीतिक दल र अन्य
जिम्मेवार पक्षको कार्यशैलीमा रत्तिभर परिवर्तन नभएको अनुभुति हुन्छ । मनाङवासीको मात्र कुरा नभएर देशभरिका नागरिकहरुले पनि जिम्मेवार पक्षको कार्यशैलीमा कुनै परिवर्तन नभएको गुनासो सामाजिक संजाल मार्फत गर्ने गरेको देखिन्छ । तर सुन्नुपर्ने र गर्नुपर्नेले नगर्ने र नसुने जस्तो गरेकै कारण जति राजनीतिक परिवर्तन भएपनि बिकास र सुशासनको मामिलामा यस्तै रहेछ भन्ने आम नागरिकहरुमा पर्दैै गएको छ ।मनाङ यात्रामा त्यस्तै गुनासो सुन्नु पर्दा लोकतन्त्रको ब्यबहारिक पक्ष झल्कियो नै ।

 

मनाङमा धान फल्दैन , मनाङका खोला नदिमा माछा भ्यागुता , सर्प जस्ता किराकिरी पनि हुंदैनन तर यार्चा गुम्वा जस्तो बहुमुल्य किरा मनाङकै हिमालमा पाइन्छ । मनाङको शीरवाट बग्ने मस्र्यान्दी नदिवाट चार पांच वटा ठुला ठुला हाइड्रोपावरले उज्यालो छरेको छ भने पानी फयाक्ट्री, तातोपानीकुण्ड ,लोभलाग्दा झर्नाहरु, मिलारेपा गुम्वा पार्क, एउटै चटटानको पहाड स्वर्गको द्धार जस्ता थुप्रै ऐतिहासिक र प्रशिद्ध स्थलहरुले भरिपुर्ण जिल्ला हो मनाङ ।जता फर्कियो त्यतै हिंउंले भरिएको हिमाल देखिन्छ जसले आंखा पटयार लागुञ्जेल पनि हेरिरहुं जस्तो हुन्छ । यस्तो देशमा जति यात्रा गर्देै गयो त्यति आनन्द हुन्छ । चौरी गाइ, च्यान्ग्रा घोडाले सजिएको जिल्लाको सडक पक्की र स्तरोन्नति मात्रै हुने हो भने त्यहां फल्ने स्याउको वजारले निकै महत्व पनि पाउने थियो । सडक ब्यबस्थित हुनासाथ होटलहरु बढदै जाने थिए त्यसपछि त बिदेशी पर्यटकहरु मात्र होइन स्वदेशी पर्यटकहरुको पनि ओइरो नै लाग्ने थियो तर मनाङको हुम्डे एयरपोर्ट पनि १२ बर्ष देखि बन्द छ ।

त्यसको रन्वेको लम्वाई अन्तराष्ट्रिय बिमानस्थलको भन्दा धेरै लामो छ । कच्ची हुञ्जेल एयरपोर्ट चल्यो तर जब त्यो एयरपोर्ट पक्की भयो त्यसपछि जहाज पनि उडाउन छोडियो । २५ करोड बढी लगानी भएको एयरपोर्ट बन्द हुंदा तिलिचो ताल पुग्न खोज्ने धेरै पैदल गाडीमा पनि हिडन नसक्ने धेरै रोकिएका छन । राजश्व पनि बृद्धि हुने र पर्यटन प्रबद्र्धन हुने कार्यमा सहयोग पुग्ने काम गर्न राज्यको इच्छाशक्तिको अभाब त्यहां पनि देखिएको छ । हुम्डे एयरपोर्टवाट उपल्लो मनाङ , ऐतिहासिक मिलारेपा गुम्वा पुग्न जम्मा ३० मिनेट लाग्छ भने त्यहांवाट तिलिचो ताल पुग्न तीन घण्टा लाग्छ । हिडन सक्ने पर्यटकहरु दुई –दुई वटा लौरो टेकेर हिडेको देखिन्छ । बैशाख जेठको समयमा पनि चिसो हुने हिमाल पारीको जिल्लामा पर्यटकहरुको आकर्षण निकै छ त्यसैले सडकमा उनीहरुको लर्को नै देखिन्छ तर बाटो खराव भएको कारण बाटोमा हिडदा ती पर्यटकहरुले निकै धूलोको सास्ती भोग्नुपरेको छ । चामेसम्म भर्खरै सार्वजनिक यातायात संचालनमा आएपनि स्कर्पियो जस्ता साना सवारी साधन केही बर्ष अगाडि देखि नै चल्दै आएका छन । चामेवाट उपल्लो मनाङ हुंदै तिलिचो पुग्ने बेसक्याम्प सम्म तिनै साना सवारी साधन चल्ने गरेका छन तर उनीहरुले लिने भाडा मनलाग्दी छ । सडक नबन्दा सम्म मनाङका नागरिकहरु १८ दिन सम्म हिडेर बेशी शहर डुम्रे पुग्ने गर्थे ।

मनाङका सांसद टेकबहादृुर गुरुङ पनि ८ बर्षको उमेरमा १८ दिन हिडेर डुुम्रे पुग्ने गर्नुहुन्थ्यो । उहां जस्तै हिडने थुप्रै नागरिकहरुको अनुभब निकै रोचक रहेको छ । मनाङमा पहिले –पहिले त अदालतमा मुद्धा हुदैनथे भने कारागारमा कैदी पनि हुदंैनथे । अहिले पनि त्यहांको सिडियो कार्यालय , मालपोत नापी जस्ता कार्यालयका कर्मचारीलाइ कसरी दिन बिताउने भन्ने हुन्छ । सरकारी कार्यालयमा सेवाका लागि आउने नागरिकहरुको संख्या निकै न्यून रहेको छ । करीब २० हजार जनसंख्या भएको जिल्लामा बृद्धबृद्धा र केही महिला एवं बालबालिका मात्र देखिन्छन । काम गर्न सक्नेहरु कि त बिदेश गएका छन भने कित काठमार्डाै लगायतका शहरमा छन । चुनावका बेला ती मतदातालाई उम्मेदवारले आफै खर्च गरेर लैजानुपर्ने अबस्था रहेको छ । काम गर्न नपाएर दिन कटाउन गाह्रो हुने कर्मचारीलाई त्यो ठाउंको बिकास , पर्यटन प्रबद्र्धन , सांस्कृतिक बिकासका लागि समय खर्च गराउनेतिर कसैको ध्यान गएको देखिदैन , हुन त काम पनि नहुने बिकट जिल्लामा कर्मचारी सकभर जानपनि खोज्दैनन । जता फर्केपनि हिंउले भरिएको हिमाल देखिने गाउंमा जादा त्यहांको लाली गुरासको फुल र त्यो फूलको माला उनेर मनाङका महिलाहरुले गर्ने स्वागत साच्चिकै अर्को लोभलाग्दो र अनुकरणीय पक्ष छ । त्यहांका महिलाहरुको नेतृत्व बिकास र कमाण्डिङ पनि अर्को लोभलाग्लदो मात्र होइन साच्चै नै अनुकरणीय रहेको छ । बाहुन क्षेत्री पनि नभएको मनाङवासीले बाहिरका नागरिकलाई जग्गा पनि संभव भएसम्म बिक्री पनि गर्देैैनन । तर लामो समय मनाङमै बसेर मनाङी युवतीलाई बिहे गर्ने बाहुन क्षत्रीको संख्या अति नगन्य रहेको छ ।

जे होस मनाङमा केही कुरा पाइदैन तर धेरै कुरा पाइन्छ त्यसैले राष्ट्रप्रमुख देखि कार्यकारी प्रमुख सम्मका ब्यक्ति र उच्च अधिकारी पनि सो जिल्लाका सांसद वा नेतालाई कार्यक्रम मिलाउन लगाएर भएपनि पटक–पटक पुग्नै खोज्छन । पत्रकार साथीहरुले पनि एक हप्ता मनाङ जस्ता जिल्लाको भ्रमण गरे भने एक महिना सम्मलाई फरक फरक मात्र होइन रोचक स्टोरी बनाउने गर्छन । त्यसैले लम्जुङ, तनहुं, गोरखा कास्कीका पत्रकार साथीहरु समय समयमा हिमाल पारिका जिल्लाको यात्रामा जाने गर्छन । वास्तवमा राजनीतिक दलका नेता देखि संबैधानिक तह देखि हरेक निर्णायक ठाउंमा बस्नेहरुलाई समय समयमा हिमालको हिंउसंग मितेरी लगाइदिर्ने हो भने सुसाशन र सेवाभावमा पनि थप ऊर्जा मिल्ने थियो कि ! – tanka.panta@gmail.com
* लेखक टंक पन्त नेपालका जाने मानेका पत्रकार र हाल अन्तरास्ट्रिय पत्रकार महासंघ, अमेरिकाका उपाध्यक्ष पनि हुनुहुन्छ।

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।