लोकप्रिय सांगीतिक जोडी देवी घर्ती र राजु ढकालको नयाँ मौलिक गीत ‘झलीको झलल’ सार्वजनिक
लोकप्रिय सांगीतिक जोडी देवी घर्ती र राजु ढकालले आफ्नो नयाँ मौलिक गीत लिएर दर्शकसमक्ष आएका छन्। देवी घर्ती अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘झलीको झलल’ बोलको गीतले दर्शकको मन जित्न सफल भइरहेको छ।
गीतमा नविन रानाको शब्द र देवी तथा राजुकै स्वरको मिठास समेटिएको छ। यस गीतमा संगीत तथा एरेन्जको जिम्मेवारी एचबिएन किस्मतले लिएका छन्।
भिडियोतर्फ, गीतमा देवी र राजु स्वयं फिचर्ड छन्। जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको यो गीत ग्रामीण परिवेशमा आधारित छ, जसले नेपाली मौलिकताको सुन्दर प्रस्तुति दिन्छ।
भिडियोको छायांकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन रामकुमार मगरको रहेको छ। आठ दिनअघि सार्वजनिक भएको यो गीतले मिलियन भ्युजको संघारमा प्रवेश गरेको छ।
दर्शकहरूले गीतको संगीत, शब्द र प्रस्तुतिलाई उच्च प्रशंसा गरेका छन्। कतिपयले गायिका देवी घर्तीको योगदानलाई प्रशंसा गर्दै “नेपाली संगीतमा मौलिकता रहन्छ” भनेका छन् भने, कतिपयले “जति सुने पनि नसकिने” प्रतिक्रिया व्यक्त गरेका छन्।


प्रतिक्रिया