Washington DC, US : July 20, 2026, Monday 07:09 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

रामप्रसाद खनालको सन्देशमूलक गीत “केही नगरी बस्यो भने” सुख छँदै छैन आमा मान्छे भएर जिउन यहाँ, झुटको जहर पिलाउँछन् पर्दैन नि पिउन यहाँ !

  NepalMother.com | १९ बैशाख २०८२, शुक्रबार ०७:२१

अमेरिका र नेपालबाट एक साथ रिलिज भयो रामप्रसाद खनालको नयाँ सन्देशमूलक गीत “केही नगरी बस्यो भने”
वाशिङ्गटन डिसी / लोकगीत, दोहोरी गीत क्षेत्रका अग्रज गायक, कलाकार, पत्रकार रामप्रसाद खनालको अर्को नयाँ सन्देशमूलक लोकगीत अमेरिकामा भर्खरै रिलिज भएको छ । खनालको नयाँ गीत ” केही नगरी बस्यो भने ” नेपालमा वैशाख १९ गते शुक्रवार बेलुकी ५ बजे देखि र अमेरिकामा मे २ तारिख बिहान ७:१५ बजे ( न्यूयोर्क समय अनुसार ) रिलिज भएको हो ।

…..सुख छँदै छैन आमा मान्छे भएर जिउन यहाँ
झुटको जहर पिलाउँछन् पर्दैन नि पिउन यहाँ ।……
खनालको आफ्नै शब्द र स्वर रहेको यो नयाँ गीत ” केही नगरी बस्यो भने ” मा थानेश्वर गौतमको सङ्गीत र बीबी अनुरागीको सङ्गीत संयोजन रहेको छ । खनालले लोकगीत, दोहोरी गीत, आधुनिक गीत, सामाजिक गीत, सन्देश मूलक गीत, राष्ट्रिय गीत, भजन कीर्तन देखि तीजका गीत सम्म गाएका मात्र छैनन् उनले तिहारको देउसी, भैलो लगायतका नेपालमा गाइने प्राय: सबै खाले गीत पनि गाएका छन् ।
प्रस्तुत गीतमा उनले अहिलेको समाजको चरित्रलाई विषयवस्तु बनाएका छन् । गीतका हरेक शब्द हरू मन छुने खालका र अहिलेको समाजको प्रवृत्तिलाई ऐना बनेर देखाइरहेका छन् खनालले ।
गीतको म्युजिक भिडियोमा उनले आफू सँगै नायिका रजनी केसी, निर्माता निर्देशक, सुप्रसिद्ध कलाकार निर्मल शर्मालाई पनि मोडेलका रूपमा प्रस्तुत गरेका छन् । सन्देश मूलक गीतमा पनि उनले नृत्य सहित नेपाली पन दिन खोजेका छन् । म्युजिक भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका छन् । गीत रामप्रसाद खनाल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ । खनालका हाल सम्म एक हजार दुई सय भन्दा बढी लोकगीत, दोहोरी गीत, आधुनिक गीत, सामाजिक सन्देश मूलक गीत, राष्ट्रिय गीत, भजन कीर्तन देखि तीजका गीत, देउसी भैलो गीत बजारमा आइसकेका छन् भने पचपन्न भन्दा बढी एल्बमहरू प्रकाशन भइसकेका छन् ।
हाल खनालका गीतहरू Cd Baby, Spotify, Youtube, Amazon Music, Apple Music, Distokid लगायतका कैयौं अन्तर्राष्ट्रिय म्युजिक प्लेट फर्महरूमा पनि उपलब्ध छन् । खनालका गीतहरूमा नेपाली संस्कृति, परम्परा, रीति रिवाज देखि अनुशासन सम्म सबै कुरामा ध्यान दिने गरेकाले उनका गीतहरू पुरानो पिँढी देखि नयाँ पिँढी सम्म लोकप्रिय छन् । उनका गीत वा प्रस्तुतिहरूमा कहीँ कतै पनि छाडा पन वा अमर्यादित कुरा नहुने भएकोले सपरिवार सँगै बसेर हेर्न र सुन्न सकिने खालका हुन्छन् । अमेरिकामा विभिन्न व्यवसायमा संलग्न खनाल एक सफल व्यवसायीका रूपमा पनि परिचित छन् । उनी अमेरिकामा पनि नेपाली कला र संस्कृतिका धरोहर भनेर चिनिन्छन् ।
खनाल कलाकारहरूको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्चका संस्थापक र अध्यक्ष पनि हुन् । चार दशक यता गीत सङ्गीत कलाकारिता र पत्रकारिताको क्षेत्रमा अत्यन्त सक्रिय रामप्रसाद खनाल राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पुरस्कारहरू र सम्मानहरू प्राप्त गरिसकेका स्थापित गायक, स्रष्टा, कलाकार र पत्रकार हुन् । खनाल एउटा यस्तो खुला किताब मानिन्छन् जसले हरेक कुरा पारदर्शी ढङ्ग बाट सबैका सामु राख्छन् । उनको आधिकारिक वेब साइट www.RamPrasadKhanal.com मा जाँदा होस वा उनले प्रयोग गर्ने सामाजिक सञ्जालहरू Facebook, Twitter x , TikTok, Instagram, Truth Social मा जाँदा होस छर्लङ्ग देख्न, थाहा पाउन सकिन्छ ।

   

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor