Washington DC, US : April 24, 2025, Thursday 06:59 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र काममा फर्किने वातावरण बनाउन सरकारका नाममा आदेश|सर्बाधिक आलोचित र बदनाम प्रधानमन्त्री ओली अरु माथि यसरी खनिए, कस्तो भयो आजको एमालेको सभा हेर्नुस जस्ताको तस्तै !|प्रत्येक आतंककारी र उनीहरूका समर्थकहरूलाई दण्ड दिने घोषणा|काठमाडौंको माईतीघर मण्डलामा चिकित्सकहरुले प्रदर्शन|चीनसँग वार्ता गरिरहेको र समग्रमा अन्य देशहरूसँगको व्यापार वार्ता राम्रो भइरहेका छन : ट्रम्प|अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युक्रेन र रुसबीच सम्झौता नभए आफ्नो देश “पछाडि हट्ने” चेतावनी दिए|जम्मू कश्मीरमा “आतङ्कवादी हमला”, एक नेपाली नागरिक सहित कम्तीमा २६ जनाको मृत्यु, घटनाको भर्त्सना|ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त, रघुजी पन्त शिक्षा मन्त्री नियुक्त|सत्य र न्यायको खोजी अभियानको अपिल|हुरी !

जम्मू कश्मीरमा “आतङ्कवादी हमला”, एक नेपाली नागरिक सहित कम्तीमा २६ जनाको मृत्यु, घटनाको भर्त्सना

  NepalMother.com | १० बैशाख २०८२, बुधबार ११:५४

भारत प्रशासित जम्मू कश्मीरमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा एक नेपाली नागरिकसहित कम्तीमा २६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

कश्मीरको पहलगामनजिकै भएको उक्त घटनामा परेका नेपाली नागरिक रूपन्देहीका बासिन्दा भएको र उनी आफ्नी आमासहित कश्मीर घुम्न गएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। मृतकमध्ये अर्को एक जना यूएईका नागरिक भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

‘भारतको स्विट्जरल्यान्ड’ भनेर चिनिने कश्मीरस्थित लोकप्रिय पर्यटकीय स्थल पहलगाममा मङ्गलवार त्यहाँ घुम्न गएका पर्यटकहरूलाई निसाना बनाएर आक्रमण गरिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई “आतङ्कवादी हमला” भनेका छन् र त्यसमा जिम्मेवार जोकोहीलाई पनि नछोडिने उद्घोष गरेका छन्।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आक्रमणको निन्दा गर्दै “आतङ्कवादविरुद्धको लडाइँमा” भारतसँगै उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली सङ्घकी प्रमुख उर्जुला फोन देर लेयनसहितका विश्वनेताहरूले उक्त घटनाको भर्त्सना गरेका छन्।

नेपाली राजदूतावासका अनुसार बुटवल घर भएको एउटा परिवार कश्मीर घुम्न भएको थियो। मृतक धरानमा अध्ययरत सुदीप न्यौपाने भएको उनका आफन्तहरूले पुष्टि गरेका छन्।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाका अनुसार आफन्तहरूसँग घुम्न गएका बुटवलका नेपाली युवकको गोली प्रहारबाट मृत्यु भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन्।

“उहाँकी आमालाई पनि भाग्ने क्रममा चोटपटक लागेको रहेछ तर अवस्था सामान्य छ,” थापाले भने। दूतावासका अनुसार उनीसँगै उनकी आमा, बहिनी र ज्वाइँ पनि थिए।

बुटवल-४ का वडाध्यक्ष दधिराम न्यौपालेले मृतक आफ्ना भतिज रहेको बीबीसीसँग बताए। उनका अनुसार सुदीप न्यौपाने र अरू आफन्त शनिवार नेपालबाट हिँडेका थिए।

“सुदीप आफ्नी आमा अनि पोखरा बस्ने बहिनी र ज्वाइँलाई समेत लिएर गएका थिए। बाँकी तीन जना सकुशल छन् भन्ने आएको छ,” उनले टेलिफोनमा भने।

वडाध्यक्ष न्यौपानेका अनुसार सञ्चारमाध्यममा कश्मीर घटनामा मृत्यु भएका व्यक्तिको नाम सार्वजनिक भएपछि मृतक सुदीप आफ्नै भतिज भएको आशङ्कामा उनले सोधखोज सुरु गरेका थिए।

बुधवार बिहान सुदीपका ज्वाइँले सुदीपको मृत्युको पुष्टि गरेको उनले बताए। “बिहान ज्वाइँले भोइस मेसिज पठाएर ‘दाजुलाई बचाउन सकिएन’ भन्नुभयो,” उनले बीबीसीसँग भने।

मृतकका बुवा भने बुटवलमै छन्।

सुदीप न्यौपाने स्नातक तहमा पढ्दै गरेको र अविवाहित रहेको बुझिएको छ।

भारतीय सञ्चारमाध्यमले नेपाली नागरिकको मृत्यु भएको विवरण प्रकाशित गरेपछि नेपाली अधिकारीहरूले त्यसबारे खोजी गरेका थिए।

थापाका अनुसार मृतकको परिवार नेपाली अधिकारीहरूको सम्पर्कमा आइसकेको छ।

उक्त क्षेत्रमा घुम्न र मौसमी कामदारका रूपमा पनि नेपालीहरू जाने गरेको नेपाली दूतावासले जनाएको छ।

बुधवार बिहान नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पहलगाममा भएको घटनामा नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूबारे बुझ्ने प्रयास भइरहेको बताएका थिए।

“पीडितमध्ये नेपाली नागरिक पनि रहेको भन्ने विवरणको पुष्टि गर्न र आवश्यक सहायता उपलब्ध गराउन नजिकबाट समन्वय भइरहेको छ,” ओलीले एक्समा लेखेका थिए।

आक्रमणको निन्दा गर्दै प्रधानमन्त्री ओलीले आतङ्कवादविरुद्धको लडाइँमा भारतसँगै उभिने प्रतिबद्धता जनाएका छन्।

“नेपाल आतङ्कवादका कुनै पनि गतिविधिको निन्दा गर्छ र बलियो गरी भारतसँगै उभिन्छ,” ओलीले भनेका छन्।

आजै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन कुराकानी गर्दै पहलगाममा भएको आतङ्कवादी हमलामा भएका जनधनको क्षतिप्रति गहिरो समवेदना प्रकट गरेको उनले सामाजिक सञ्जालमा लेखेका छन्।

यस्ता जघन्य कार्यका विरुद्ध नेपालले भारतसँग अटुट एकता दोहोर्‍याएको उनले उल्लेख गरेका छन्।

साथै नेपाली नागरिकको मृत्युप्रति मोदीले जनाएको संवेदनाका निम्ति पनि उनले आभार व्यक्त गरेका छन्।

घटनापछि साउदी अरबको भ्रमण छोट्याएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा हमलाको कडा शब्दमा निन्दा गरेका छन्।

“आतङ्कवादविरुद्ध हाम्रो अठोट डगमगाउँदैन र यो अझै बलियो हुन्छ,” उनले लेखेका छन्।

गृहमन्त्री अमित शाह मङ्गलवार नै कश्मीरको सबैभन्दा ठूलो सहर श्रीनगरको भ्रमण गरेर  सुरक्षा अवस्थाको बारेमा आपत्कालीन बैठक राखेका थिए।

खासै नाम नसुनिएको एउटा इस्लामिक समूहले उक्त घटनाको जिम्मेवारी लिएको छ। उक्त समूहको सम्बन्ध पाकिस्तानमा आधारित लश्कर-ए-तैबा सङ्गठनसँग भएको अनुमान गरिएको छ।

पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले पहलगाममा भएको घटनामा आफ्नो देश संलग्न नभएको बताएका छन्।

कश्मीरमा भएका घटनालाई भारत सरकारविरुद्ध फैलिएको घरेलु विद्रोहको सङ्ज्ञा दिँदै उनले आक्रमणका लागि पाकिस्तानमाथि दोषारोपण गर्ने काम “सजिलो” भएको टिप्पणी गरे।

बरु उनले पाकिस्तानको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्ने गरेको आरोप लगाए। भारतले विगतमा त्यस्तो आरोपको खण्डन गरेको थियो।

भारत विभाजन भई पाकिस्तान बनेदेखि नै दुवै देशले कश्मीरको भूमि आफ्नो स्वामित्वमा हुनुपर्ने दाबी गर्दै आएका छन्।

कश्मीरमा दशकौँदेखि भारत सरकारविरुद्ध विद्रोह चल्दै आएको छ। दिल्लीले कश्मीरमा सक्रिय विद्रोहीहरूलाई पाकिस्तानले सहयोग दिने आरोप लगाउने गरेको छ। तर पाकिस्तान उक्त आरोप अस्वीकार गर्छ।

आक्रमणमा धेरै जना घाइते भएको विवरणहरू आएका छन्। प्रहरीले गोली लागेका कैयौँ पर्यटकलाई अस्पताल लगिएको बताएको छ।

राज्यका मुख्यमन्त्री उमर अब्दुल्लाहले उक्त घटनालाई “पछिल्ला वर्षहरूमा सर्वसाधारणप्रति लक्षित सबैभन्दा ठूलो आक्रमण” भनेका छन्। यो क्षेत्रका उपराज्यपाल मनोज सिन्हाले घटनास्थलमा सेना र प्रहरी परिचालन भएको बताए।

घटनापछि उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ र सुरक्षाकर्मीहरूले त्यस क्षेत्रमा आवतजावत गर्ने सवारीसाधनहरूलाई जाँच गरिरहेका छन्।

आक्रमणमा संलग्न भएकाहरूको खोजीका लागि भारतीय सेना र प्रहरीको संयुक्त टोली खटिएका छन्।

मुस्लिम समुदायको बाहुल्य भएको यो क्षेत्रमा सन् १९८९ देखि नै विद्रोह चलिरहेको भए पनि पछिल्ला वर्षहरूमा आक्रमणका घटनाहरूमा कमी आएका थिए।

यो क्षेत्रमा साढे तीन दशकसम्म चलेको द्वन्द्वका क्रममा पनि पर्यटकहरूमाथि यस्तो ठूलो स्तरमा विरलै आक्रमण भएको थियो।

आक्रमण भएको स्थान पहलगामदेखि पाँच किलोमिटर टाढाको बैसरन घाँसे मैदान हो। यो मनोरम स्थान पहाडको टुप्पोमा अवस्थित छ। पर्यटकहरूमाझ लोकप्रिय यो स्थान अहिले वर्षको सबैभन्दा धेरै पर्यटकहरू आउने समय हो।

जम्मू कश्मीरका प्रहरी प्रमुख विधिकुमार विर्दीले गोली प्रहार भएको स्थानमा सवारीसाधनहरू नपुग्ने बताएका छन्।

आक्रमणमा परेको समूहमा रहेका गुजरातका एक पर्यटकले “अचानक गोली प्रहार सुरु भएपछि अवस्था तनावपूर्ण भएको र मानिसहरू भाग्न, रुन र चिच्याउन थालेको” बताए।

भारतीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका भिडिओहरूमा भारतीय सैनिकहरू आक्रमण भएको स्थानतर्फ दौडिँदै गरेको देखिन्छ।

कतिपय अन्य भिडिओहरूमा पीडितहरूले बन्धुकधारीले “गैरमुस्लिमलाई मात्रै निसाना बनाइएको” बताइरहेको सुनिन्छ।

सामाजिक सञ्जालमा फैलिएका र बीबीसीले पुष्टि गर्न बाँकी रहेका भिडिओहरूमा शवहरू घाँसे मैदानमा छरिएका र मानिसहरू रुँदै सहयोगका लागि चिच्याइरहेका देखिन्छ।

सन् १९९० को दशकदेखि भारतीय शासनको विरोधमा पृथक्तावादी सशस्त्र विद्रोह सुरु भएयता यो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधारण समेत गरी दशौँ हजारको ज्यान गइसकेको छ।

ब्रिटेनबाट भारत स्वतन्त्र भएसँगै सन् १९४७ मा भारत र पाकिस्तान विभाजनका क्रममा यो हिमाली क्षेत्र पनि विभाजित भएको थियो। त्यसपछि भारत र पाकिस्तानबीच यो क्षेत्रका लागि दुइटा युद्ध र अन्य कैयौँ द्वन्द्वका घटना पनि भए।

भारतले यो क्षेत्रमा करिब पाँच लाख सैनिकहरू स्थायी रूपमै परिचालन गरेको छ।

भारत सरकारले सन् २०१९ मा कश्मीरको आंशिक स्वायत्तता खारेजी भएसँगै यो क्षेत्रमा सुरक्षा अवस्थामा सुधार र हिंसामा कमी आएको दाबी गर्दै आएको छ। यद्यपि यहाँ बेलाबखत हिंसाका घटना हुँदै आएका छन्।

पछिल्लो पटक सन् २०२४ को जुनमा सर्वसाधारण लक्ष्यित आक्रमण भएको थियो। हिन्दू धर्मावलम्बीहरू चढेको बसमा सशस्त्र समूहले गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो ३३ जना घाइते भएका थिए।

त्यसअघि सन् २०१९ मा भारत प्रशासित कश्मीरमा भएको आत्मघाती आक्रमणमा ४६ जना सैनिक मारिएका थिए। त्यसपछि भारतले पाकिस्तानमा विद्रोहीहरू लुकेको दाबी गर्दै केही क्षेत्रमा आक्रमण गरेको थियो।

भारतले पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय रहेका पहलगामसहितका क्षेत्रको प्रवर्धन गरिरहेको छ।

गत वर्ष मात्रै कश्मीरमा ३५ लाख पर्यटक पुगेका सरकारी तथ्याङ्कहरूले देखाएका छन्। – BBC

May be an image of text

Go to Home Page

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC
का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।