Washington DC, US : January 16, 2026, Friday 11:56 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने आफ्नो महत्वाकांक्षामा साथ नदिने देशहरूमाथि भन्सार कर (ट्यारिफ) लगाउने चेतावनी|इरानका अन्तिम राजाका निर्वासित छोरा अर्थात युबराज रेजा पहलवीले विश्व समुदायलाई इरानमा भइरहेको सरकारविरोधी आन्दोलनलाई सहयोग गरी वर्तमान शासन ढाल्न आह्वान|आमा म त खरानीबाट उठेर आएँ !|Breaking News: देउबा गुटलाई ठुलो झड्का, निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन थापा पक्षलाई मान्यता, असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने|प्रचण्ड माधबका सपना यसरी पुरा होलान ?|नेपाली हामी रहौंला कहाँ नेपालै नरहे !|एलन मस्कले भने जस्तै भयो भने संसार भविष्यमा कस्तो होला ?|Breaking News : देउबा र उनका ६ भाइकै कारण कांग्रेस फुट्यो, बिशेष महाधिबेशनले गगन लाइ बनायो सभापति, देउबाले निकाले गगन र विश्व प्रकाश, अब के हुन्छ ?|अन्तर्राष्ट्रिय अनुमति नलिएका सबै उडानका लागि इरानको हवाई क्षेत्र अस्थायी रूपमा बन्द, मध्यपूर्वमा तनाव|Breaking News : अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्ने द्विदलीय प्रयास अन्तत विफल

ओली सरकार ढल्ने हल्लाका बीच डा. शेखर कोइरालाको अर्थपूर्ण सन्देश विपी कोइरालाले प्रतिपादन गर्नुभएको “राष्ट्रिय मेलमिलाप” को स्मरण, "हामी यतिखेर इतिहाँसको त्यो दोबाटोमा उभिएका छौँ जहाँवाट सामान्य त्रुटी हुँदा र गलत दिशा तर्फ जाँदा हाम्रो देश नेपाल ठुलो जोखिममा पर्छ"

  NepalMother.com | २ बैशाख २०८२, मंगलवार १७:४६

कोइरालाको सन्देशको पूर्ण विवरण जस्ताको तस्तै :

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
नयाँ वर्ष २०८२ तपाई हाम्रो घर आँगनमा उत्साह र उमंगको साथ पदार्पण गर्दैछ । यो समयमा वितेको वर्षको समीक्षा र आगत नयाँ वर्षले हामी सवै नेपालीलाई सुख, शान्ति र समृद्धि तर्फको यात्रामा डोर्‍याउने छ भनी कामना गर्दछौँ ।
नेपालीहरुले मात्र मनाउँने यो नयाँ वर्षलाई एउटा क्यालेण्डर हटाएर अर्को नयाँ क्यालेण्डर झुण्डाउने कार्यमा मात्र हामी सिमीत राख्न सक्दैनाँै । हामी यतिखेर इतिहाँसको त्यो दोबाटोमा उभिएका छौँ जहाँवाट सामान्य त्रुटी हुँदा र गलत दिशा तर्फ जाँदा हाम्रो देश नेपाल ठुलो जोखिममा पर्छ ।
अन्तराष्ट्रिय मंचमा देखिएको “शितयुद्ध–२” ले एकपटक फेरी हामीलाई आजभन्दा झण्डै पाँच दशक अगाडि विपी कोइरालाले प्रतिपादन गर्नुभएको “राष्ट्रिय मेलमिलाप” को स्मरण गराएको छ । नेपाली जनता माझ कांग्रेस लोकतन्त्र र राष्ट्रियताको संरक्षक र संवर्धक हो भनी चिनिन्छ, तसर्थ वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीति र राष्ट्रिय मुद्धाहरुमा कांग्रेसले आफ्‌नो गौरवशाली इतिहाँसलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प छैन ।
नेपाली राष्ट्रियता, धर्म संस्कृति र समृद्धिको लागि एकपटक फेरी नेपाली कांग्रेसमा पूर्नजागरणकाल जगाउनु पर्नेछ । यो तवमात्र सम्भव छ, जब कांग्रेसका साथीहरु जाग्नेछन । कांग्रेसका इमान्दार, निस्वार्थी र स्वाभिमानी साथीहरुको सक्रियता विना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन संभव छैन ।
हामी सवै राजनीतिमा देखिएको विकृति विसंगतिको चर्चा गर्छौं, यसको उपचारको खोजी पार्टी भित्रवाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो । पार्टीको अगुवाईमा “क्याम्पेन फर क्लिन पोलिटिक्स” को अभियान नचलाई बस्ने हो भने विपी कोइरालाले भन्नु भए झै कांग्रेस पार्टी “सुकिला मुकिला र पैसावालाको कव्जामा” जाने खतरा छ । र म त्यो देख्दैछु ।
नयाँ वर्ष २०८२ को नारा पार्टीमा क्लिन पोलिटिक्स भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो छ । कुशासन, भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर चुँडिदै गएको नागरिक र पार्टीको सम्वन्धलाई जोडन पार्टी भित्र शुद्धिकरण अभियान चलाउनुको विकल्प छैन ।
नेपालको संविधानलाई दक्षिणपन्थी भासवाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसको तर्फवाट साथीहरु अगाडि आउनुपर्छ । यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष हो । कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाति हुनेछ । यसतर्फ कांग्रेसका साथीहरुलाई चनाखो र सतर्क रहन पनि म अपिल गर्दछु ।
अन्तमा, एक पटक आफू र आफ्नो दल भन्दा “देश र जनता” माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउँनेछ । नयाँ वर्ष २०८२ हामी सवैको मुहारमा सुख, शान्ति र समृद्धि ल्याउन सफल होस भन्ने कामना गर्दै सबैमा शुभकामना ब्यक्त गर्दछु । जय नेपाल ।
डा शेखर कोइराला
२०८२ बैशाख १ गते

May be a doodle of text

**********

भन्देऊ त कोही देश र जनताले के पायो ??

No photo description available.

हेर्दा हेर्दै एकासी पनि गयो, बयासी आयो
हरेक वर्ष झैँ क्यालेन्डरले अर्को मौका पायो
कहिले बहुदल भन्दै आयो
कहिले प्रजातन्त्र भन्दै आयो
कहिले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता भन्दै आयो
तर जुन जुन तन्त्र आए पनि, जनताले के पायो ??
हरेक नयाँ वर्षमा यही प्रश्न सोध्दा सोध्दै
प्रश्नकर्ता यो मनुवा बुढो हुन लायो !
भन्देऊ त कोही देश र जनताले के पायो ??

 

पालैपालो काँग्रेस पायो , एमाले पायो,
माओवादी पायो, राप्रपा, मधेसवादी पायो
त्यति मात्र हो र ? स्वतन्त्र भन्दै रास्वपा आयो
बार्गेनिङ गर्दै गृह र उपप्रधानमन्त्री नै खायो
जो जो आए पनि, जो जो गए पनि
हरेक नयाँ वर्षमा यही प्रश्न सोध्दा सोध्दै
प्रश्नकर्ता यो मनुवा बुढो हुन लायो !
भन्देऊ त कोही देश र जनताले के पायो ??

 

बाहुन क्षेत्री पायो, जनजाति, दलित के के हो के के पायो !
सबैका सङ्घ सङ्गठन र झन्डा पायो
सूर्य चन्द्र अङ्कित झन्डा हेर्दा हेर्दै बिलायो
तँ तँ र म म गर्न, लड्न, भिड्न पायो
भागबन्डा गर्‍यो मिलेर खायो !
भन्देऊ त नढाँटी नयाँ वर्ष
देश र जनता ले के पायो ??
हरेक नयाँ वर्षमा यही प्रश्न सोध्दा सोध्दै
प्रश्नकर्ता यो मनुवा बुढो हुन लायो !
भन्देऊ त कोही देश र जनता ले के पायो ??

 

बोल्न नजान्नेले पायो, धेरै बोल्न जान्नेले पायो
हत्या र अपराधका मतियारहरू सत्तामा ल्यायो
जहानियाँ शासन चलायो,
जुटेर चलायो, फुटेर चलायो, भुटेर चलायो
राष्ट्र र राष्ट्रियता जलायो, पोलेर खायो
अभिभावक बन्नु पर्ने राज्यले राज्य आतङ्क मच्चायो
भन्देऊ त नढाँटी नयाँ वर्ष
देश र जनताले के पायो ??
हरेक नयाँ वर्षमा यही प्रश्न सोध्दा सोध्दै
प्रश्नकर्ता यो मनुवा बुढो हुन लायो !
भन्देऊ त कोही देश र जनता ले के पायो ??

– रामप्रसाद खनाल, वैशाख १, २0८२, हाल अमेरिका

 

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।