Washington DC, US : April 1, 2025, Tuesday 11:01 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

अधिवक्ता स्वागत नेपाल पक्राउ : “कानुन व्यवसायीलाई कार्यकक्षबाट धरपकड गर्नु कानुनको ठाडो उलंघन” - अधिवक्ता रादीका चम्लागाई

  NepalMother.com | १४ चैत्र २०८१, शुक्रबार २१:१४

यथासिघ्र रिहाइको माग !

अधिवक्ता रादीका चम्लागाईले आफ्ना पति अधिबक्ता स्वागत नेपाललाइ प्रहरीले पक्राउ गरेको जानाकारी दिनुभएको छ ।

वहाले भन्नु भएको छ – “बेलुका ९ बजे हाम्रो अफिसको बाहिरको गेटमा ताल्चा लगाएको अवस्थामा एक्कासी ४/५ जना सादा पोशाकका प्रहरी अफिस कक्षमा प्रवेश गरी चाबी मागी मुल गेटको ताल्चा खोली पुन: १०/ १२ जना सादा पोशाकका प्रहरी साथीहरु हाम्रो ल फर्मको कार्यकक्षमा अनधीकृत रुपमा प्रवेश गरी अधिवक्ता स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई पक्राउ गरी लगेका छन् । मैले भिडियो खिच्न खोज्दा पनि मलाई भिडियो समेत खिच्न नदिई । सेतो भ्यानमा हाली टेकुमा लिएर गएका छन् । म पनि पछि पछि गएँ । प्रहरी कार्यालयमा म पुग्दा मलाई अहिले भेटगर्न दिन मिल्दैन भने पछि म फर्किएकी छु । आज दिनभरी प्राज्ञिक कार्यमा व्यस्त भई साँझ ल फर्ममा आई हामी दुवैजना काम गरिरहेको अवस्थामा कानुन व्यवसायीको कार्यकक्षबाट अधिवक्तालाई पक्राउ गर्नु निन्दनीय कार्य हो । कार्यकक्षबाट कानुन व्यवसायीलाई यसरी धरपकड गर्नु कानुनको ठाडो उलंघन हो । मानव अधिकारको गम्भीर उलंघन हो । यसरी कानुन व्यवसायीलाई कार्यकक्षबाट धरपकड गर्नु कानुनको ठाडो उलंघन हो । राजतन्त्रप्रति आस्था राखेको भरमा आस्थाको बन्दी /राज बन्दी बनाइएका अभियन्ता तथा अधिवक्ता स्वागत नेपाललाई यथासिघ्र रिहाइको माग गर्दछु ।”

No photo description available.

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।