Washington DC, US : March 31, 2025, Monday 04:12 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अधिबक्ता एबम प्रबक्ता स्वागत नेपाल रिहा भए पछि के भन्छन ?|अमेरिकाको जस्तै देखिने बाटोको नाम, घरको नम्बर र स्टप साईन !|रवीन्द्र मिश्र, धवलशमशेर सहित ११ जनालाई राज्यविरुद्धको कसुर|डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति असन्तोष व्यक्त गरे|अधिवक्ता स्वागत नेपाल विना सर्त रिहा|बेपत्ता भनिएका दुर्गा प्रसाइको भिडियो सार्बजनिक, के भन्छन सुन्नुस !|गजबको लोकतान्त्रिक गणतन्त्र हाम्रो सुन्दर देशमा कति सुहाएको ?|अक्षम्य अपराध : आन्दोलनकारीको नाममा स्वदेशी सरकारी जडीबुटी कम्पनी निशानामा पर्दा दुई वटा भवन जले, गाडीहरुमा आगो|म त निर्धो पुलिस परें !|हिजो रण मैदान बनेको काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजे हटाइयो, क कसले के के भने हेर्नुस बिबरण !

‘माग्ने राजा’ महाशिवरात्रिको शुभ अवसर पारेर शुभमुहूर्तसहित छायांकन सुरु मुनाल घिमिरेको निर्माणमा बन्न लागेको यो फिल्मको निर्देशक ऋषि लामिछानेले गर्ने

  NepalMother.com | १४ फाल्गुन २०८१, बुधबार २२:०७

जन जनको लोकप्रिय कलाकार, अर्गानिक अभिनयको खानी केदार घिमिरे ‘माग्ने बुढा’ को अभिनय रहने नयाँ फिल्म ‘माग्ने राजा’ महाशिवरात्रिको शुभ अवसर पारेर शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ ।  आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्मको निर्देशक ऋषि लामिछानेले गर्नेछन् । फिल्ममा घिमिरेसँगै आर्यन सिग्देल, विल्सन विक्रम राई (तक्मे बुढा), वर्षा शिवाकोटी, शिशिर वाङदेल, मिस पबी, शारदा गिरी लगायतका कलाकारको अभिनय रहनेछ।  माग्ने बुढा र तक्मे बुढाको यो सहकार्य ‘राम कहानी’ पछि दशकपछि पर्दामा पुनः देखिन लागेको हो ।

फिल्मको पटकथा सामीप्यराज तिमल्सिनाले तयार गरेका छन्। उनले यसअघि ‘नाइ नभन्नू ल ५’, ‘जानी नजानी’, ‘क्याप्टेन’ लगायतका सफल फिल्ममा कथा/ पटकथा तथा संवाद लेखिसकेका छन्। काभ्रेको बल्थलीबाट फिल्मको छायांकन सुरु गरिएको छ । मुनाल घिमिरेको निर्माणमा बन्न लागेको यो फिल्म हरितालिका तीज २०८२ को अवसर पारेर प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । घिमिरे नेपाली फिल्म उद्योगका अनुभवी निर्माता तथा निर्देशक हुन्।

उनले यसअघि ‘खबरदार’ र ‘इच्छा’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्। यस फिल्ममा समाजका आर्थिक उतार-चढावलाई मनोरञ्जनात्मक र मार्मिक शैलीमा प्रस्तुत गर्ने निर्माण टिमले बताएको छ ।

Magne-Raja-1740581164.jpg

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।