Washington DC, US : March 31, 2025, Monday 03:51 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अधिबक्ता एबम प्रबक्ता स्वागत नेपाल रिहा भए पछि के भन्छन ?|अमेरिकाको जस्तै देखिने बाटोको नाम, घरको नम्बर र स्टप साईन !|रवीन्द्र मिश्र, धवलशमशेर सहित ११ जनालाई राज्यविरुद्धको कसुर|डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति असन्तोष व्यक्त गरे|अधिवक्ता स्वागत नेपाल विना सर्त रिहा|बेपत्ता भनिएका दुर्गा प्रसाइको भिडियो सार्बजनिक, के भन्छन सुन्नुस !|गजबको लोकतान्त्रिक गणतन्त्र हाम्रो सुन्दर देशमा कति सुहाएको ?|अक्षम्य अपराध : आन्दोलनकारीको नाममा स्वदेशी सरकारी जडीबुटी कम्पनी निशानामा पर्दा दुई वटा भवन जले, गाडीहरुमा आगो|म त निर्धो पुलिस परें !|हिजो रण मैदान बनेको काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजे हटाइयो, क कसले के के भने हेर्नुस बिबरण !

चलचित्र पूर्णबहादुरको सारङ्गीका निर्देशकले सुरु गरे अर्को चलचित्र “कोशेढुंगा” को निर्देशन

  NepalMother.com | १४ फाल्गुन २०८१, बुधबार २१:२६

ब्लकबस्टर चलचित्र पूर्णबहादुरको सारङ्गीका निर्देशक सरोज पौडेलले चलचित्र “कोशेढुंगा”को  निर्देशन गर्ने भएका छन् । ऐतिहासिक ब्लकबस्टर चलचित्र बनाएका पौडेलले निर्देशन गर्ने यो चलचित्रमा वरिष्ठ रङ्गकर्मी किशोर अनुराग क्रियटिभ डाइरेक्टरका रूपमा रहेका छन् ।कोशढुंगामा कलाकार तथा रङ्गकर्मी दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् । यो चलचित्रलाई किशोर अनुराग र प्रेविल कँडेलले निर्माण गरेका हुन् भने चलचित्र नरदेवी फिल्मस् प्रालिको ब्यानरमा बन्ने भएको छ । चलचित्रको कथा महिला प्रधान हो । प्राय सबै कलाकार रङ्गमञ्च तथा चलचित्रमा लामो अभिनय अध्ययन र अनुभव भएकाहरू भएका कारण पनि चलचित्र उत्कृष्ट बन्ने आकलन गर्न सकिन्छ । चलचित्र आर्यन सिक्देल, नीति शाह , प्रवीण खतिवडा , सुरक्षा पन्त , सरोज खनाल, शेखर चापागाईँ, सिरु विष्ट , सविन कट्टेल, झकेन्द्र बिसी आदिको अभिनय रहने छ भने यो चलचित्रमा डिओपी बाबु श्रेष्ठ रहनेछन् । सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन् साथै यस चलचित्रमा सङ्गीत आशिष् अविरल र रृदम् कडंलेले दिनेछन् । चलचित्रमा शुबलमणि सापकोटा कास्टिंग डिरेक्टरका रूपमा रहनेछन् । चलचित्रको छायाङ्कन आजैबाट सुरु भएको छ । काठमाडौँ लगायत स्याङ्जा जिल्लाको सेरोफेरोमा छायाङ्कन हुने जानकारी आएको छ ।

 

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।