Washington DC, US : April 2, 2025, Wednesday 03:00 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|तिनकुने घटनाका केही मन चसक्क हुने तस्विर|तिनकुने घटनाका केही मन चसक्क हुने तस्विर|नागरिकको हत्यामा सरकार पहिलो जिम्मेवार – युबराज गौतम|एलोन मस्कले टेस्ला तोडफोडको लागि डेमोक्र्याटहरूलाई ‘वास्तविक खलनायक’, “आतंकवाद” भनेर आक्रमण गरे|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन

अर्को ईतिहास रच्ने गरी आउने तयारीमा अशोक शर्माको नेपाली चलचित्र “डबल ट्रिपल”

  NepalMother.com | १४ फाल्गुन २०८१, बुधबार ००:५५

नेपाली चलचित्र जगतका जाने मानेका हस्ती, आफैमा अबल दर्जाको लोकप्रिय कलाकार, निर्माता, निर्देशक, दर्जनौँ सुपर हिट चलचित्रका प्रस्तोता अशोक शर्माको चलचित्र “डबल ट्रिपल” आगामी दशैंको फूलपातीको दिन रिलिज हुने भएको छ ।

दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजा राम पौडेल, रामप्रसाद खनाल, विल्सन विक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतका लोकप्रिय कलाकारहरूको बेजोड अभिनय रहने छ ।

किरण शर्मा पौड्याल, कृति शर्मा, अङ्कित शर्माको निर्माण, अशोक शर्माको निर्देशनमा बन्न लागेको यो चलचित्र “डबल ट्रिपल” आगामी दशैंको फूलपातीको दिन स्वदेश विदेशमा एकसाथ रिलिज हुने छ ।

अशोक शर्मा र राजेश सिटौलाको कथा पटकथा, सम्भुजीत बास्कोटाको सङ्गीत रहने उक्त चलचित्रमा मनोज पण्डित स्क्रिप्ट डक्टर, शान बस्न्यात संवाद, आलोक शुक्ला सिनेमाटोग्राफर, नगेन्द्र घिमिरे प्रोडक्सन, राजु किराँती द्वन्द्व, सुनिल छेत्री कोरियो ग्राफर, ट्राइडेन्ट कन्सेप्ट पब्लिसिटिमा रहनुभएको छ ।

कलाकारहरू सहित अफिसियल एनाउन्समेन्ट गर्ने तयारी भइरहेको यो चलचित्र “डबल ट्रिपल” अब केही दिन पछि नै शुभ मुहूर्त गरेर छायाङ्कन गर्न थालिने छ । नेपाली चलचित्र जगतमा आउँदै गरेको यो चलचित्र “डबल ट्रिपल” ले नयाँ इतिहास रच्ने मा कलाकारहरू आशावादी रहेका देखिन्छन् ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष समेत रहेका र यस चलचित्रमा पनि अभिनय गर्न गइरहेका लोक दोहोरी क्षेत्रका हस्ती, अग्रज कलाकार रामप्रसाद खनाल भन्नुहुन्छ – “मेरा मित्र अशोक शर्मा जो नेपाली चलचित्र जगतका एउटा धुर्ब तारा हुनुहुन्छ वहाँ र वहाँको चलचित्रमा अभिनय गर्न म अमेरिकाबाटै आउँदै छु । दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजा राम पौडेल, म, विल्सन विक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतका लोकप्रिय कलाकारहरूको प्रस्तुतिले चलचित्र सफल हुने कुरामा म ढुक्क छु । चलचित्र “डबल ट्रिपल” मा अशोक शर्माजी ले जुन कम्बिनेशन बनाउनुभएको छ यो ऐतिहासिक हुने मैले विश्वास लिएको छु ।”

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।